Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
पोखरा – लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय—पोखराले पाँच सय २५ थान लागु औषध सहित सोमबार चार जनालाई पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी सुनवल नगरपालिका ४, रमवापुर घर भएका २३ बर्षिय रमेश के.सी , पोखरा उपमहानगरपालिका ९, नयाँबजार बस्ने २८ बर्षिया चिना गुरुङ र २४ बर्षका निश्चल श्रेष्ठ , कास्की जिल्ला लेखनाथ नगरपालिका १३ गगनगौडा बस्ने बर्ष २२ का एलेन पुन प्रहरीले जानकारी दिएको छ । उनिहरुको साथबाट नर्फिन एक सय ७५ थान , डाईजापाम एक सय ७५ थान र फेनारगन एक सय ७५ थान बरामत गरेको प्रहरीले जानकारी दिएको छ ।
अवैध रुपमा लागूऔषध खरिद गरी पोखराका विभिन्न क्षेत्रमा विक्री वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पोखरा ६ लेकसाईडबाट पक्राउ गरेको हो । उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
No comments:
Post a Comment