‘अन्डरपास’ बनाउन प्रयोग गरिएको क्रेन पल्टियो (फोटो/भिडियो) - newsallabc.com

Breaking

Wednesday, January 25, 2017

‘अन्डरपास’ बनाउन प्रयोग गरिएको क्रेन पल्टियो (फोटो/भिडियो)

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.

चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले कलंकी चोकमा अण्डरपास बनाउन प्रयोग गरेको एउटा क्रेन पल्टिएको छ। उक्त क्रेन दुर्घटनामा परी चालक घाइते भएका छन्। दुर्घटना हुने समयमा क्रेनबाट हाम्फालेर ज्यान जोगाएका चालकको खुट्टामा चोट लागेको छ। दुर्घटनामा स्थानीयकाे दुर्इ अाेटा पसलमा क्षति पुगेकाे छ।

बुधबार बिहान ८ः१५ बजे जेनेरेटर सार्ने क्रममा उक्त क्रेन कलंकी चोकदेखि दक्षिण खसीबजार जानेतर्फको सडकको पश्चिमतर्फको गहिरो भागमा पल्टिएको स्थानीय प्रत्यक्षदर्शी कीर्तिपुर नगरपालिका १ का जुजुकाजी महर्जनले बताए।
‘म यहीं पेन्टको काम गराउँदै थिएँ,’ क्रेन पल्टिएको स्थानदेखि दक्षिणपट्टीको आफ्नो घर देखाउँदै उनले भने, ‘क्रेनले जेनेरेटर सार्दै थियो, रमाइलो लागेर म हेर्दै थिएँ, एउटा जेनरेटर सारिसकेर अर्को सार्न लाग्दा अचानक क्रेन पल्टिएर घरमा खस्यो। चालकले भने क्रेनबाट हाम फालेर ज्यान जोगाए।’
क्रेनको इन्जिन सडकमै पल्टिएको छ भने क्रेनको विमले सडकदेखि पश्चिमतर्फको तल्लो भागमा रहेका दुई जस्तापाताको छानो भएका दुई भुईंतले पसललाई किचेको छ। किचिएका पसल मध्ये एउटा किराना पसल र अर्को फलामको वेल्डिङ गर्ने पसल रहेको महर्जनले जानकारी दिए।
‘वेल्डिङ पसलमा ४ जना काम गर्थे, किराना पसल एक महिलाले सञ्चालन गर्थिन्,’ प्रत्येक्षदर्शी महर्जनले भने, ‘संयोग नै मान्नु पर्छ दुर्घटनाका बेला दुबै पसलमा कोही पनि बसेका रहेनछन्, किराना पसल चलाउने महिला नजिकै अर्को ठाउँमा रहिछन्, उक्त घटनाले महिला अहिले पनि रोइरहेकी छन्।’
क्रेनलाई अड्याउन प्रयोग हुने गरेको चार खुट्टा मध्ये एउटा खुट्टाको पाता भाँच्चिए पनि सन्तुलन गुम्दा क्रेन पल्टिएको हुन सक्ने घटनास्थलमा रहेका प्रहरीको अनुमान छ।
अन्डरपासका लागि प्रयोग भएको जेनेरेटरलगायत ठूला सामान एक ठाउँबाट अर्को ठाउँमा सार्न प्रयोग गरिँदै आएको क्रेन पल्टिएको चक्रपथ विकास आयोजनाका प्रमुख ज्ञानेन्द्र झाले बताए।
‘क्रेनले क्षति पुर्याएको घर मर्मत गरिदिएर स्थानीयको क्षतिपूर्ति गरिदिने चिनियाँ कम्पनीले प्रतिबद्धता जनाएको छ,’ झाले भने, ‘नेपालमै रहेका दुई ओटा क्रेनको सहायताले पल्टिएको क्रेन उठाउने प्रयास भइरहेको छ, बेलुकासम्ममा क्रेन उठाइसक्ने जानकारी मलाई आएको छ।’

चीन सरकारको सहयोगमा कलंकी–सातदोबाटो कोटेश्वर साढे १० किलोमिटर चक्रपथ विस्तारका लागि चक्रपथ विकास आयोजना चलिरहेको छ। उक्त आयोजनाअन्तर्गत सांघाइ कन्स्ट्रक्सनले खसिबजारदेखि बाफलसम्म ८ सय मिटर लम्बाइको अन्डरपास रोड निर्माण गर्दैछ। उक्त अन्डरपास नेपालकै पहिलो अन्डरपास हुने छ।
चीन सरकारको ५१२ मिलियन युआन (करिब ५ अर्ब रुपैयाँ) को अनुदान सहयोगमा उक्त चक्रपथ विकास आयोजना शुरु भएको हो। आयोजना सन् २०१८ जुलाईसम्ममा पूरा हुने लक्ष्य लिइएको छ।
भिडियाे 
<>

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167