जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते - newsallabc.com

Breaking

Saturday, January 28, 2017

जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


जयपृथ्वी नगरपालिका– ६ कपडे नजिक आज शनिबार भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रिलु गाविस– ८ का ४६ वर्षीय लालसिंह बोहरा रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चैनपुरबाट रुपातोला जान लागेको से १ ज ५६२ नम्बरको जिप सडकबाट झन्डै १५० मिटर तल सेती नदीको किनारमा खसेको थियो ।

सो दुर्घटनामा मेलबिसौना गाविस– ५ का ३३ वर्षीय ललित सिंह, रिलु गाविस– ४ का ११ वर्षीय देव बोहरा र १४ वर्षीया सुशीला बोहरा तथा रिलु गाविस १ का १५ वर्षीया शिल्पा बोहरा घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

जिप चालक देवराज बोहरा प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । रासस

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167