गोली चल्यो तीन घाइते : इटहरीमा प्रहरी र आपराधिक समुहबीच ! - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Monday, January 30, 2017

गोली चल्यो तीन घाइते : इटहरीमा प्रहरी र आपराधिक समुहबीच !

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



सुनसरीको इटहरी १४ खनारमा प्रहरीको गोली लागी तीन जना घाइते भएका छन् । लुटपाट, डकैटी र लागुऔषध कारोबारमा संम्लग्न रहेको आरोपमा पक्राउ गर्न खोज्दा भागेपछी प्रहरीले उनीहरुमाथि गोली प्रहार गरेको हो ।
counter-2

क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरको अपराध अनुसन्धान व्यूरो (रिट) का प्रहरी निरीक्षक हेमराज ओलीको कमाण्डमा रहेको सादा पोसाकका प्रहरी टोलीलाई पेस्तोल देखाई भाग्ने क्रममा उनिहरुमाथि गोली प्रहार भएको बताइएको छ ।

जसमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको टोली समेत 
परिचालन गरिएको थियो । घाइते तीनै जनालाई उपचारका लागी बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । घाइते हुनेमा मोरङ्गको टङ्की सिनुवारीका श्रवण सरदार, इटहरी १३ खनारका करिश्मा चौधरी र मोरङ् नोचाका सतन पासवान छन् । घाइते श्रवणको बायाँ तिघ्रामा गोली लागेको छ । शुभलाल सरदारको दुवै खुट्टामा र सतन सरदारको पनि दुवै खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।


एक महिनादेखी मोरङको रंगेली, रानी र सुनसरीको दुहबीमा भएको श्रृंखलाबद्ध डकैटीको घटनामा उनीहरुको संलग्नता रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले दाबी गरे ।
घटनास्थलमा प्रहरीले तीन थान अटोमेटिक पेस्तोल एक थान कटुबा पेस्तोल बरामद गरेको छ । पेस्तोलमा लाग्ने करिब २५ राउण्ड गोली बरामद गरिएको छ । साथै केही थान लागुऔषध समेत फेला परेको छ ।
उनिहरु को २२ प ६३६३ नम्बरको बाईकमा सबार थिए । उक्त बाईक चोरीको हुन सक्ने प्रहरीले बताएको छ । बाईकसगै नक्कली नम्बर प्लेट समेत फेला परेको छ ।
In-counter-3

धरान तर्फ लागूऔषध लिएर जाँदै गरेको सुचनाको आधारमा प्रहरीको बिशेष टोली खनारमा बसेको थियो । तर, नहरको बाटो गरेर उनीहरु भागेपछि गोली चलाएको प्रहरीको भनाई छ । प्रहरीले एघार राउण्ड गोली चलाएको स्थानीयले बताएका छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167