अनलाइन र सामाजिक सञ्जालबाट हुने ‘फेक’ समाचारको विषय कानुनी दायरामा ल्याउन माग संसदमा उठ्यो - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Monday, January 30, 2017

अनलाइन र सामाजिक सञ्जालबाट हुने ‘फेक’ समाचारको विषय कानुनी दायरामा ल्याउन माग संसदमा उठ्यो

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


काठमाडौं— अनलाइन र सामाजिक सञ्जालबाट हुने ‘फेक’ समाचारको विषय पेचिलो बन्दै गएको बेला यो विषयबारे सोमबार संसदमा बहस भएको छ।
about+fake+news

 
‘आजभोलि सञ्चार माध्यममा ब्रेकिङ न्युजको नाउँमा तथ्यहीन, सत्यदेखि टाढा, हतारको समाचार पस्केर भ्रम सिर्जना गर्ने प्रवृत्तिले ठाउँ पाउन थालेको छ। यसबाट टिआरपी बढ्ला तर के के यसरी देश बन्ला?’, उनले भनिन्।
संसदको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद मधु शाही ठकुरीले ब्रेकिङ समाचारको नाउँमा भइरहेको फेक समाचार सम्प्रेषणको प्रवृत्ति रोक्न कानुन बनाउनु पर्ने बताइन्।
विद्युतीय मिडियालाई जिम्मेवार बनाउनुपर्ने औंल्याउँदै उनले त्यसका लागि सञ्चार जगत् र राज्यले मिलेर काम गर्नुपर्ने उल्लेख गरिन्।
‘आजभोलि सञ्चार माध्यममा ब्रेकिङ न्युजको नाउँमा तथ्यहीन, सत्यदेखि टाढा, हतारको समाचार पस्केर भ्रम सिर्जना गर्ने प्रवृत्तिले ठाउँ पाउन थालेको छ। यसबाट टिआरपी बढ्ला तर के के यसरी देश बन्ला?’, उनले भनिन्।
सञ्चार जगतमा देखिएको विकृति रोक्नुपर्ने उनको माग थियो। ‘जबसम्म यो गलत तत्वलाई हावी हुन नदिन कानुनको घेरा बनाइँदैन र दण्ड सजायको भागिरदार बनाइँदैन तबसम्म सञ्चार क्षेत्र आफैँले बनाएको फेक ब्रेकिङ न्युजको कुहिरोमा धुमिल हुन पुग्नेछ।’
सञ्चार जगतले चौथो अंगको मान्यता पाएको भन्दै उनले सञ्चार क्षेत्र आफैँले आफ्नो भूमिकाको गाम्भीर्यतालाई बेवास्ता गरेको उनले बताइन्।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167