Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई केन्द्रित गरी ७५ वटै जिल्लामा गाउँ जागरण अभियान सञ्चालन गरेको छ। कांग्रेसले देशका सबै जिल्ला, निर्वाचन क्षेत्र, नगर र गाउँमा पार्टीको संगठनलाई चुस्त दुरुस्त बनाउन मंसिरमै ७५ जना केन्द्रीय सदस्यलाई ७५ जिल्लामा खटाएको थियो।
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई केन्द्रित गरी ७५ वटै जिल्लामा गाउँ जागरण अभियान सञ्चालन गरेको छ। कांग्रेसले देशका सबै जिल्ला, निर्वाचन क्षेत्र, नगर र गाउँमा पार्टीको संगठनलाई चुस्त दुरुस्त बनाउन मंसिरमै ७५ जना केन्द्रीय सदस्यलाई ७५ जिल्लामा खटाएको थियो।
पार्टीको निर्देशन अनुसार केन्द्रीय नेताहरु तोकिएको जिल्लामा गएर पार्टीको अवस्था, स्थानीय निर्वाचनमा मुख्य प्रतिस्पर्धा कुन ठाउँमा कुन दलसँग हुने, त्यसका लागि कांग्रेसले लिनुपर्ने चुनावी रणनीति लगायतका विषयमा जिल्ला नेतृत्वलाई निर्देशन दिनुभएको थियो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनलाई केन्द्रित गरेर जति तयारी हुनुपर्ने हो, त्यति काम पार्टीबाट हुन नसके पनि जिल्लास्तरमा पार्टी सुदृढीकरण भने सबै जिल्लामा जारी रहेको बताउनुभयो। उहाँले केन्द्रीय सदस्यहरु पनि गएका र जिल्ला समितिले गाउँगाउँमा कार्यकर्ता परिचालन गर्ने कार्य गरेको जानकारी दिनुभयो।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘‘हामीले केन्द्रीय समितिको बैठक बसेर ठोस योजना बनाएर जानुपर्छ भनेका छौं, चुनावको तयारीमा पार्टीलाई अझ सशक्त ढङ्गले लैजानुपर्छ भनेर भनिरहेका छौं, बैठक बस्न सकिरहेको छैन।’’ उहाँले अब पार्टीको केन्द्रीय सम्पादन समिति पहिला गठन हुने र त्यसका साथै प्रदेशका संयोजक र सहसंयोजकहरू गठन गरेर चुनावी अभियानलाई तीव्र बनाउनुपर्छ भन्नुभयो।
ओखलढुंगामा खटिनुभएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले ‘‘गाउँ जागरण अभियान अन्तर्गत जिल्ला–जिल्लामा पार्टीले केन्द्रीय प्रतिनिधि खटाएको बताउनुभयाे । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कांग्रेस अहिले चुनावी ढङ्गले हिंडिरहेको र हरेक जिल्लाको निर्वाचन क्षेत्र, नगर, गाउँ र वडासम्मको पार्टीको अवस्थाबारे जानकारी लिन नेताहरु खटाइएको जानकारी दिनुभयो।
केन्द्रीय प्रतिनिधिहरुले जिल्ला, क्षेत्र, नगरदेखि गाउँ समिति, भ्रातृ संगठनलाई पनि चलायमान बनाउन निर्देशन दिनुभएको छ। जिल्लामा खटिएका प्रतिनिधिहरूले जिल्लाको विकास निर्माणको अवस्थाबारे पनि जानकारी लिएका छन् । जिल्लामा खटाइएका प्रतिनिधिहरुलाई पुस मसान्तसम्म प्रतिवेदन दिन भनिएको थियो तर अब माघ मसान्त वा फागुनसम्म पुग्ने त्यो भने निश्चित छैन।
कार्यसम्पादन समिति गठन छिट्टै
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मध्यपश्चिम भ्रमणमा रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौं फर्केको लगत्तै कार्यसम्पादन समिति र विभागका संयोजकहरु तोक्ने जानकारी दिनुभयाे। सभापति देउवा माघ १५ गतेसम्म काठमाडौं फर्कनु हुने छ। केन्द्रीय कार्यसमिति अन्तर्गतको यो कार्यसम्पादन समिति पदाधिकारीसहित २७ सदस्यीय हुने छ। पदाधिकारीबाहेक यसमा २२ जना केन्द्रीय सदस्य रहने छन्।
केन्द्रीय कार्य समितिको बैठक बस्न नसकेको समयमा कार्यसम्पादन समितिको बैठक बस्ने छ र यसले गरेका निर्णयलाई पछि बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न सक्ने छ। पार्टीको सङ्गठनलाई सशक्त ढङ्गले परिचालन गर्न पार्टीका ४२ वटा विभागको गठन गरिने छ। एकै पटक सबै विभाग गठन गरिने वा अहिले केही विभाग मात्रै गठन गर्ने भन्ने टुङ्गो भने लागेको छैन ।
No comments:
Post a Comment