सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता छ: - newsallabc.com

Breaking

Saturday, January 21, 2017

सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता छ:

काठमाडौं– नेकपा एमालेका नेता रघुवीर महासेठले  सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन्। शनिबार रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा  उनले सुन तस्तरीका गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको आरोप लगाएका हुन्। ‘यो सानोे माछाको काम नै होइन, तस्करीमा स्वयम गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको छ, अरुबाट यो काम हुनै सक्दैन्,’ उनले भने।

नेता महासेठले सुन तस्करीबारे छानविन गर्न सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने माग गरे। उनले भने,‘प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि बचाउन सुनकाण्डबारे छानविन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ, अहिले गृहमन्त्रालयमार्फत भइरहेको छानविन नाटकमात्रै हो, यसले केही काम गर्न सक्दैन्।’
फरक प्रसंगमा उनले संविधान संशोधन विधेयक कुनै हालतपनि पनि पारित नहुने ठोकुवा गरे। उनले भने,‘स्वतन्त्र सांसदसहित काँग्रेस, माओवादी केन्द्र, गच्छदारजी र कमल थापाको पार्टी जम्मा हुँदापनि यो प्रस्ताव पास हुन संभव छैन्।’
उनले संविधान संशोधन विधेयकको पक्षमा ३ सय ९८ पुग्ने संभावना नभएको जिकिर गरे। उनले भने,‘अब जसरीपनि पुर्याउनको लागि त कि एमाले पार्टीलाई विभाजन गर्नुपर्यो, यो त संभावना नै छैन, सिपी मैनालीजी, चित्रबहादुरजी र नारायणमान विजुक्छेजीलाई उता लानुपर्यो, त्यो पनि संभव छैन।’ उनले वर्तमान सरकारले नै संशोधन प्रस्ताव पारित हुने संभावना नभएको स्विकार गरिरसकेको समेत आरोप लगाए।
उनले भने, ‘उहाँहरुले संशोधन प्रस्ताव टेबल गर्यौं, हाम्रो जीत भो भन्दैहुनुहुन्छ, प्रधानमन्त्री प्रचण्डजीको अन्र्तआत्मा पनि यो कुरा महशुस भएको छ, अब सोचमा परिवर्तन गर्नुपर्छ।’
उनले अहिले चुनावको विकल्प नरहेको भन्दै दल चुनावको लागि केन्द्रित हुनुपर्नेमा जोड दिए। नेता महासेठले एमाले पार्टीको लोकप्रियता देखेर काँग्रेसको नेतृत्वमा अहिले एमालेविरुद्ध मोर्चाबन्दी बनाउने काम भैरहेको समेत अरोप लगाए।
उनले अघि भने, ‘एक्ला एक्लै दल चुनावमा गए भने एमालेले बहुमत ल्याउँछ भन्ने उनीहरुलाई लागेको छ, त्यसैले बाहिरी शक्तिको इशारामा एमाले भर्सेस काँग्रेस–माओवादी केन्द्रको गठबन्धन बनाउने काम भैरहेको छ।’
उनले अहिलेको सरकार एमालेको जनतामा लोकप्रियता देखेर स्थानीय चुनाव नगरिकन एकैचोटि संसदको चुनाव गर्ने खेलमा लागेकोकाठमाडौं– नेकपा एमालेका नेता रघुवीर महासेठले  सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन्। शनिबार रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा  उनले सुन तस्तरीका गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको आरोप लगाएका हुन्। ‘यो सानोे माछाको काम नै होइन, तस्करीमा स्वयम गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको छ, अरुबाट यो काम हुनै सक्दैन्,’ उनले भने।
नेता महासेठले सुन तस्करीबारे छानविन गर्न सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने माग गरे। उनले भने,‘प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि बचाउन सुनकाण्डबारे छानविन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ, अहिले गृहमन्त्रालयमार्फत भइरहेको छानविन नाटकमात्रै हो, यसले केही काम गर्न सक्दैन्।’
फरक प्रसंगमा उनले संविधान संशोधन विधेयक कुनै हालतपनि पनि पारित नहुने ठोकुवा गरे। उनले भने,‘स्वतन्त्र सांसदसहित काँग्रेस, माओवादी केन्द्र, गच्छदारजी र कमल थापाको पार्टी जम्मा हुँदापनि यो प्रस्ताव पास हुन संभव छैन्।’
उनले संविधान संशोधन विधेयकको पक्षमा ३ सय ९८ पुग्ने संभावना नभएको जिकिर गरे। उनले भने,‘अब जसरीपनि पुर्याउनको लागि त कि एमाले पार्टीलाई विभाजन गर्नुपर्यो, यो त संभावना नै छैन, सिपी मैनालीजी, चित्रबहादुरजी र नारायणमान विजुक्छेजीलाई उता लानुपर्यो, त्यो पनि संभव छैन।’ उनले वर्तमान सरकारले नै संशोधन प्रस्ताव पारित हुने संभावना नभएको स्विकार गरिरसकेको समेत आरोप लगाए।
उनले भने, ‘उहाँहरुले संशोधन प्रस्ताव टेबल गर्यौं, हाम्रो जीत भो भन्दैहुनुहुन्छ, प्रधानमन्त्री प्रचण्डजीको अन्र्तआत्मा पनि यो कुरा महशुस भएको छ, अब सोचमा परिवर्तन गर्नुपर्छ।’
उनले अहिले चुनावको विकल्प नरहेको भन्दै दल चुनावको लागि केन्द्रित हुनुपर्नेमा जोड दिए। नेता महासेठले एमाले पार्टीको लोकप्रियता देखेर काँग्रेसको नेतृत्वमा अहिले एमालेविरुद्ध मोर्चाबन्दी बनाउने काम भैरहेको समेत अरोप लगाए।
उनले अघि भने, ‘एक्ला एक्लै दल चुनावमा गए भने एमालेले बहुमत ल्याउँछ भन्ने उनीहरुलाई लागेको छ, त्यसैले बाहिरी शक्तिको इशारामा एमाले भर्सेस काँग्रेस–माओवादी केन्द्रको गठबन्धन बनाउने काम भैरहेको छ।’
उनले अहिलेको सरकार एमालेको जनतामा लोकप्रियता देखेर स्थानीय चुनाव नगरिकन एकैचोटि संसदको चुनाव गर्ने खेलमा लागेको समेत आरोप लगाए।
त्यस्तै अहिलेका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अबको १० वर्षभित्र एमालेमुक्त नेपाल बनाउने भनेर भाषणा ठोकेको आरोप लगाउँदै भने,‘गृहमन्त्री नेपालको गृहमन्त्री हुनुहुन्छ कि नेपालका लागि बाहिरको राजदुत हुनुहुन्छ?’ निधिले एमालेमुक्त नेपाल बनाउँछु भनेर सपना देखिरहेको समेत उनले टिप्पणी गरे।

महासेठले अघि थपे,‘भारत त एमालेमुक्त छैन, अनि नेपाल कसरी एमालेमुक्त हुन्छ? भारतको प्रत्येक राज्यमा एमालेको जनवर्गीय संगठन छ।’’ उनले सर्वोच्च अदालतको आदेशविरुद्ध संशोधन विधेयक संसदमा टेबुल गराउने दुस्साहस यो सरकारले गरेको समेत आरोप लगाए।
उनले भने,‘अहिलेको संशोधन विधेयकले कसैको पनि समस्याको समाधान गर्न सक्दैन, स्वयम मधेशी मोर्चाका साथीहरुले यसको विरोध गरिसक्नुभएको छ, अहिले ५ नम्बर प्रदेश छुट्याउने गरी आएको प्रस्ताव त्यो जनता लड्याउनको लागि मात्रै हो, यसले निकास दिँदैन्।’ समेत आरोप लगाए।
त्यस्तै अहिलेका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अबको १० वर्षभित्र एमालेमुक्त नेपाल बनाउने भनेर भाषणा ठोकेको आरोप लगाउँदै भने,‘गृहमन्त्री नेपालको गृहमन्त्री हुनुहुन्छ कि नेपालका लागि बाहिरको राजदुत हुनुहुन्छ?’ निधिले एमालेमुक्त नेपाल बनाउँछु भनेर सपना देखिरहेको समेत उनले टिप्पणी गरे।

महासेठले अघि थपे,‘भारत त एमालेमुक्त छैन, अनि नेपाल कसरी एमालेमुक्त हुन्छ? भारतको प्रत्येक राज्यमा एमालेको जनवर्गीय संगठन छ।’’ उनले सर्वोच्च अदालतको आदेशविरुद्ध संशोधन विधेयक संसदमा टेबुल गराउने दुस्साहस यो सरकारले गरेको समेत आरोप लगाए।
उनले भने,‘अहिलेको संशोधन विधेयकले कसैको पनि समस्याको समाधान गर्न सक्दैन, स्वयम मधेशी मोर्चाका साथीहरुले यसको विरोध गरिसक्नुभएको छ, अहिले ५ नम्बर प्रदेश छुट्याउने गरी आएको प्रस्ताव त्यो जनता लड्याउनको लागि मात्रै हो, यसले निकास दिँदैन्।’

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167