युपीसँग जाेडिएका नेपाल–भारत सीमा नाका ४८ घन्टा बन्द हुने - newsallabc.com

Breaking

Saturday, January 21, 2017

युपीसँग जाेडिएका नेपाल–भारत सीमा नाका ४८ घन्टा बन्द हुने

बर्दिया– भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ।
भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए।
चुनावलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रदान गर्न भारतको बहराइच नानपारामा शनिबार बसेको नेपाल र भारतका सुरक्षाकर्मीको बैठकबाट अत्यावश्यक साधन एम्बुलेन्सबाहेक सीमा क्षेत्र बन्द गर्ने निर्णय भएको उपरीक्षक बोहोराले जानकारी दिए। रासस

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167