Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्ववियु निर्वाचनका लागि योङ कम्युनिष्ट लिग (वाईसिएल) का कार्यकर्तालाई विश्वविद्यालय र कलेजमा परिचालन हुन निर्देशन दिएका छन्। उनले आफ्नो तयारी राम्रोसँग गरेर प्रतिकारका लागि कलेजमा परिचालन हुन मंगलबार वाईसिएल कार्यकर्तालाई निर्देशन दिएका हुन्।
‘ब्रुजुवा’हरुबीच अझै एकता भइ नसकेको दाहालेको भनाइ थियो। ‘नेविसंघभित्रै पनि ऐक्यबद्धता भएको छैन। हामीले आफ्नो तयारी राम्रोसँग गर्नुछ। वाईसिएलले युवा विद्यार्थीलाई मद्दत गर्न जानुछ। हाम्रो पहिचानलाई स्थापित गर्नुछ।’ एउटा सम्मेलनमार्फत् चुस्त फौजी युवा शक्तिको टोली निर्माण गरी सो उद्देश्य प्राप्ति गर्न सकिने उनले बताए।
तीनकुनेको ताज पार्टी प्यालेसमा आयोजित वाईसिएल भेलालाई सम्बोधन गर्दै उनले भने, ‘विद्यार्थी युनियनको चुनाब हुँदैछ। युनियनको निर्वाचन भनेको युवा आन्दोलनलाई कता लैजाने भन्ने कुरासँग सम्बन्धित छ। युवामा क्रान्तिकारी धार फेरि एक पटक स्थापित गर्ने कुरा महत्वपूण छ त्यसको निम्ति तपाइँहरुले प्रत्येक क्याम्पस, युनिभर्सिटीहरुमा र सबैतिर आफ्नो मौलिक उपस्थिति जनाउने र त्यहाँ आउन सक्ने दक्षिणपन्थी हमलाको प्रतिकार गर्न परिचालन हुनुहोस्।’
‘ब्रुजुवा’हरुबीच अझै एकता भइ नसकेको दाहालेको भनाइ थियो। ‘नेविसंघभित्रै पनि ऐक्यबद्धता भएको छैन। हामीले आफ्नो तयारी राम्रोसँग गर्नुछ। वाईसिएलले युवा विद्यार्थीलाई मद्दत गर्न जानुछ। हाम्रो पहिचानलाई स्थापित गर्नुछ।’ एउटा सम्मेलनमार्फत् चुस्त फौजी युवा शक्तिको टोली निर्माण गरी सो उद्देश्य प्राप्ति गर्न सकिने उनले बताए।
निद्राबाट ब्युँतेर प्रतिकारमा उत्रन उनले आग्रह गरे। ‘फेरि एक पटक निद्राबाट ब्युँझेर दक्षिणपन्थी हावाको प्रतिकार गर्दिनँ म आग्रह गर्दछु। त्यसको नेतृत्व गर्न पार्टी तयार छ’, उनले भने।
‘तपाइँहरुले चुस्त दुरुस्त मिलिटेन्ट युवा शक्तिको रुपमा सम्मेलनबाट नयाँ टिम निर्माण गर्नुछ। म तपाइँलाई पार्टीको तर्फबाट सबै सहयोग हुने विश्वास दिलाउन चाहन्छु’, प्रधानमन्त्री दाहालले भने।
एउटा फरक प्रसंगमा उनले अहिले विश्वभरि नै दूषित दक्षिणपन्थी हावा चलेको बताए।
‘ठूला राजनीतिक परिवर्तन एउटा वर्गलाई विल्कुल मन परेको छैन। यो उपलब्धिलाई केही गरी उल्ट्याउन सकिन्छ भनेर नै लागेका छन्। दक्षिणपन्थी दूषित हावाद्वारा उल्ट्याउने प्रयास भइरहेको छ। विश्वभरि नै दक्षिणपन्थी त्यो हावा चलेको छ’, उनले भने।
वाईसिएल पूर्व माओवादी लडाकूको संगठन हो।
भिडियोः प्रबीन कोइराला
No comments:
Post a Comment