गच्छदार र थापा ल्याउन मर्यादाक्रम बाधक : - newsallabc.com

Breaking

Thursday, January 19, 2017

गच्छदार र थापा ल्याउन मर्यादाक्रम बाधक :

मर्यादाक्रमको विवादका कारण साना दलका मन्त्रीहरुलाई मात्र समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न सरकार बाध्य भएको छ ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा ल्याएर मन्त्रीपरिषद् विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तयारी थियो । तर, मर्यादाक्रममा कुरा नमिलेपछि ती दुई दल ब्याक भएको बताइन्छ ।
सरकार गठनकै बेला अध्यक्ष गच्छदार सरकारमा जाने तयारीमा थिए तर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको दबाबका कारण त्यसबेला उनलाई सरकारमा लिइएको थिएन । अहिले भने संशोधन विधेयक पास गराउनुपर्ने भएकाले दुई तिहाई पुर्याउनका लागि ती दलहरुलाई मन्त्रीपरिषद्मा ल्याउने तयारी सरकारको छ ।


सरकारमा जानका लागि अध्यक्ष गच्छदार र अध्यक्ष थापा पनि तयार छन् । तर, उनीहरुको मर्यादाक्रम नमिलेको कारण साना दुई दलका नेताहरुले मात्र आज शपथ लिएका हुन् । समाजवादी पार्टीका प्रेमबहादुर सिंह र अखण्ड नेपालका कुमार खड्का शपथ लिएका छन् ।
सरकारमा ल्याउने विषयमा केही दिन पहिले गच्छदारसँग प्रधानमन्त्री प्रचण्डले कुरा गरेका थिए । तर, प्रधानमन्त्रीसँग बाँकी रहेका कुनै पनि मन्त्रालयहरुमा नजाने अडान गच्छदारले लिएपछि उनलाई सरकारमा ल्याउन नसकेको प्रधानमन्त्री निकट स्रोतले जनाकारी दियो ।
‘गच्छदारलाई सरकारमा ल्याउन अझै प्रयास भइरहेको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गच्छदारले उपप्रधान तथा भौतिक योजना मन्त्रालय वा सञ्चार मन्त्रालय दिए मात्र सरकारमा आउने कुरा प्रधानमन्त्री समक्ष राखेका थिए ।
तर भौतिक योजना मन्त्री रमेश लेखक तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रालय छाड्न नमानेपछि तत्काललाई सरकारमा ल्याउने कुरा टरेको हो ।
उता पहिलो नम्बरको उपप्रधानमन्त्री को हुने कुरामा पनि मर्यादाक्रम नमिलेको बताइन्छ । विमलेन्द्र निधि उपप्रधान तथा गृहमन्त्रीमा रहेका छन् । कमल थापा, र विजयकुमार गच्छदारलाई ल्याउन मर्यादाक्रममा को एक नम्बरको उपप्रधानमन्त्री हुने कुरामा पनि विवाद देखिएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोत भन्छ, ‘विमलेन्द्र निधिले पनि आफू मर्यादाक्रममा एक नम्बरको उपप्रधानमन्त्री नछाड्ने भनेका छन् ।’
यसअघि गच्छदार र थापा पनि उपप्रधानमन्त्री भइसकेकाले विमलेन्द्र निधिको तल नबस्ने उनीहरु भनेपछि सरकारमा ल्याउन नसकिएको हो । तर गच्छदार र थापालाई ल्याउन अझै प्रयास जारी रहेको स्रोतले जनाएको छ । तर, सो फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव भन्छन्, ‘सरकारमा जाने कुनै पनि निर्णय पार्टीमा भएको छैन, जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म सरकारमा जाने बारे सोच्नै सकिँदैन ।’
सो पार्टीका अर्का महासचिव रामजनम चौधरीले भने, ‘यो फेजमा सरकारमा जाने कुरै हुँदैन । दुई तीन महिनाका लागि सरकारमा गएर केही हुँदैन, अर्को सरकार गठन भएपछि मात्र जाने हो ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167