पढ्नुहोस्, ‘विद्युत चोर’ कर्मचारीहरुको ‘बायोडाटा’ : वीरगञ्जदेखि काठमाडौंसम्म आलिसान महल - newsallabc.com

Breaking

Wednesday, January 25, 2017

पढ्नुहोस्, ‘विद्युत चोर’ कर्मचारीहरुको ‘बायोडाटा’ : वीरगञ्जदेखि काठमाडौंसम्म आलिसान महल

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


महादेव प्रधान विद्युत्त प्राधिरकण हेटौंडा वितरण केन्द्रका मिटर रिडर हुन् । तर, सर्लाहीको हरिपुर–९ स्थायी घर भएका प्रधानले वीरगञ्जमा आलिसान महल बनाएका छन् ।


लामो समयदेखि हेटौंडा वितरण केन्द्रमा काम गर्दै आएका प्रधानको हेटौंडामा पनि ठूलो घर छ । विद्युत्त प्राधिरणको केन्द्रीय कार्लायबाट हेटौंडा पुग्ने उच्च तहका कर्मचारीहरु उनकै घरमा बस्थे ।

एमाले निकट कर्मचारी युनियन (ट्रेड युनियन) का सल्लाहकारसमेत रहेका प्रधानको पेशा मिटर रिडर मात्रै भए पनि सरुवा बढुवादेखि अन्य ठूला काम गर्न सक्ने उनको हैसियत थियो ।

बर्षौँदेखि विद्युत्त चुहावट गरेर मुलुकलाई लोडसेडिङको अँध्यारो सुरुङमा धकेल्न भूमिका खेलेका प्रधानलाई गत आइतबार प्रहरीले पक्राउ गरेसँगै उनको असलियत खुलेको छ ।

राज्यलाई अर्बौँ नोक्सान गराएर आफू मात्रै मोटाएका प्रधानविरुद्ध प्रहरीले ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको छ ।

‘अकुत सम्पत्ति कमाएका कर्मचारीहरुको सम्पत्तिबारे पनि अनुसन्धान शुरु गरेका छौं’ महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सर्वेन्द्र खनालले भने, ‘जनातालाई अन्धकारमा राखेर अकुत कमाएको हुनाले सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’

विद्युत्त प्राधिकरण बालाजुको सुपरभाईजर हुन्, सुमन श्रेष्ठ । काठमाडौं महानगरपालिका–२८ स्थायी घर भएका श्रेष्ठ उमेरले ५० पुगेपनी प्राधिकरणमा डन कर्मचारीको छवी बनाएर बसेका थिए ।

विहान सबेरै कार्यालय जाने र राती अवेरसम्म पनि कार्यालयमा बस्ने श्रेष्ठले आफ्नो गाडीमा प्राधिकरणको अस्थायी अफिस खोलेका थिए । मिटरमा उल्लेखित युनिटभन्दा कम युनिटको बिल बनाउने, मिटरको युनिट अंक घटाउने लगायतका प्राविधिक सामग्री उनको गाडीमा हुन्थ्यो ।

२५ बर्ष प्राधिकरणमा जागिर खाएका श्रेष्ठलाई नियन्त्रणमा लिएपछि बयानका क्रममा प्रहरीले सोधेको थियो, ‘कत्ति भयो तपाईले यसरी विद्युत्त चुहावट गराएर लोडसेडिङ बढाएको ?’

प्रहरीका अनुसार उनले निर्धक्क जवाफ दिँदै भने, ‘धेरै भैसक्यो !’

मिटर उल्टो घुमाएर बिल घटाएबापत कुनै ग्राहकले १० हजार, कसैले २५ हजार कमिशन दिने गरेको उनले प्रहरीसँग स्वीकार गरेका छन् ।

विद्युत्त चोरीमा कर्मचारी संघको केन्द्रीय सदस्यदेखि कोषाध्यक्षसम्म

विद्युत्त चुहावट गर्ने कर्मचारीहरुमा नेपाली कांग्रेस निकट कर्मचारी संघका केन्द्रिय सदस्यदेखि कोषाध्यक्षसम्म रहेको पाइएको छ ।

आइतबार पक्राउ परेका बरिष्ठ सहायक दिल बहादुर साउद प्राधिरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा कार्यरत छन् । अछामको भट्टाकाटिया स्थायी घर भएका साउदले काठमाडौँको कोटेश्वरमा भव्य महल बनाएका छन् । उनी कांग्रेस निकट कर्मचारी संघको केन्द्रीय सदस्य हुन् ।
प्राधिकरणको केन्द्रिय कार्यालयमा मिटर रिडरको रुपमा कार्यरत मनिज श्रेष्ठले बानेश्वरमा घर बनाएका छन् । उनी कांगे्रस निकट कर्मचारी संघको केन्द्रिय कोषाध्यक्ष हुन् ।

‘राष्ट्रसेवक कर्मचारीको आवरणमा उनीहरुले करिब १२ बर्षदेखि विद्युत्त चुहावट गरेर कमिशन खाएको देखिन्छ’ एसएसपी खनालले भने, ‘अन्यथा सामान्य मिटर रिडरले कसरी काठमाडौंमा करोडौँको घर, गाडी किन्ने हैसियत बनाउँछ ?’

हेटौंडाबाट पक्राउ परेका महादेव प्रधान एमाले निकट कर्मचारी युनियनको सल्लाहकार रहेको पाइएको छ ।

प्राधिकरणबाट अवकास पाएका टहल बहादुर कार्कीले अवकास पछि पनि विद्युत्त चुहावटको धन्दा रोकेका थिएनन् ।

तिनै टहल बहादुरमाथि निगरानी राखेर अनुसन्धान शुरु गरेको प्रहरीले दुई जना अवकास प्राप्त कर्मचारी सहित दश जना बहालवाला प्राधिरकणका कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ ।

नुवाकोटको चार घरे स्थायी घर भएका ओम ढुंगाना प्राधिकरण केन्द्रिय कार्यालयका मिटर रिडर हुन् । बालाजुस्थित रानीवन बस्दै आएका ढुंगानाले विद्युत्त चुहाट गरेर काठमाडौंमा दुईओटा घर बनाएको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए ।

थप दुई जनाको पहिचान, सर्वेन्द्र भन्छन्, ‘किराहरु छाडिन्न’

आईतबार कर्मचारी र व्यापारीसहित १६ जना विद्युत्त चोरीमा संलग्नहरुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले थप दुई जना कर्मचारीको पहिचान भएको जनाएको छ ।


‘केही मान्छे पहिचान भएका छन्, त्यसमा केही कर्मचारी र केही व्यापारी छन्’ अपराध महाशाखा प्रमुख (एसएसपी) खनालले भने, ‘विद्युत्त चुहावट गर्नेहरु लोडसेडिङ बढाउने किरा हुन, यिनीहरुलाई हामी छाड्दैनौँ ।’

ब्यापारी र कर्मचारीले मिलोमतोमा विजुली चोरेर लोडसेडिङ बढाउने गरेको उल्लेख गर्दै खनालले भने, ‘जो सुकै भएपनि तिनीहरु ठग हुन्, अहिले पक्राउ परेका पनि ठुला माछा हुन्, केही दिनमा अरु केही ठूला माछालाई नियन्त्रणमा लिँदै छौँ ।’

यो पनि पढ्नुहोस्
१२ बर्षदेखि विद्युत चुहावट गरेर लोडसेडिङ गराउने एक दर्जन सरकारी कर्मचारी पक्राउ

बर्षदेखी विद्युत चुहावट गरी लोडसेडिङ गराउँदै आएका नेपाल विद्युत्त प्रधिरणका सुपरभाइजरसहित एक दर्जन कर्मचारी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले हेटौंडा, काठमाडौंको बानेश्वर, बालाजु तथा महाराजगञ्ज लगायतका स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।


पक्राउ पर्नेहरुमा विद्युत्त प्राधिकरण बालाजुको सुपरभाईजर सुमन श्रेष्ठ, पूर्व मेन्टिनेन्स टहल बहादुर कार्की, हेटौंडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधान, बानेश्वर शाखाका इलेक्ट्रिसियन अच्युत खड्का, ग्राहक सेवा निर्देशनालयका मिटर रिडरहरु दिल बहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा,ठाकुर महर्जन, मनिज श्रेष्ठ, लगनखेल शाखाका सुर्य बहादुर थापा तथा भक्तपुरको पूर्व सुपरभाईजर भगवान पाण्डे रहेका छन् ।


विद्युत्त चुहावट गरेर लोडसेडिङ बढाउने कार्यमा भूमिका खेल्ने चार जना उद्योगीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा मञ्जुश्री खानेपानी उद्योगका सञ्चालक कुमार लामा, मिठाई पसल सञ्चालक तपन घोष, कपास ब्यापारी परवेज आलम तथा रामेश्वर मिठाई पसलका सञ्चालक रमेश चुँडाल रहेका छन् ।

प्राधिकरणका बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरुले लामो समयदेखि काठमाडौंं उपत्यका तथा बाहिरका जिल्लाहरुका दर्जनौं उद्योग, कलकारखाना, गार्मेन्ट, होटल, लज तथा ब्यक्तिगत घरहरुमा समेत गैरकानुनी रुपमा मिटर बक्सको अंक घटाएर विद्युत्त चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।
‘कर्मचारी तथा ब्यापारीहरुले विद्युत्तको खपत बढाउनुका साथै प्रत्यक्ष रुपमा लोडसेडीङमा समेत प्रभाव पारेर ठगी गरेको देखिएको छ’ महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सर्वेन्द्र खनालले भने, ‘उनिहरु विरुद्ध ठगी मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेका छौं ।’
मिटर उल्टो घुमाउँदै सिल लगाउँदै
कर्मचारीहरुले कलकारखाना तथा ब्यक्ति विशेषको घरहरुमा गएर उठेको रकम भन्दा कम अंकको बिल बनाएर ग्राहकसँगको मिलेमतोमा प्राधिकरणलाई ठग्दै आएका थिए ।
सुपरभाईजर, बहालवाला तथा पुर्व कर्मचारीले मिटर बक्सको सिल काटेर मिटरमा उठेको अंकलाई बिल बराबरको अंक उल्टोबाट घुमाएर मिलाउने गरेका थिए ।
अंक मिलाए पश्चात सिल वायर, सिल गोटीको प्रयोग गरी मिटरमा आफैंले सिल लगाउँदै आएको प्रहरीले जनाएको छ ।
साथै कर्मचारीहरुले मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरणहरु सिल वायर, सिल गोटी, हुक, कटिङ पिलास, नोजल पिलास, पेन्चिस, चक्कु, मार्तोल, टेप तथा टर्च लाईट टेक्निसीयन स्वयमले गैरकानुनी रुपमा साथमै राखेर विद्युत्त चोरी गर्दै आएका थिए ।
१२ बर्षदेखी हरेक दिन २० देखी २५ स्थानमा विधुत्त चुहवाट गरेर लोडसेडिङ बढाउने कार्यमा संलग्न कर्मचारीहरुले थोरै विलीङ गर्ने कार्यमा संलग्न थिए ।
‘विद्युत्त चुहावट गरेर एउटा काराखानाबाट मासिक पचास हजार सम्म कमिशन लिने गरेको पाईएको छ’ एसएसपी खनालले भने, ‘सिंगल फेजमा ५० हजार महसुल उठेको छ भने त्यसलाई घटाएर पाँच सयको मात्र बिलीङ गराउने तथा तेस्रो फेजमा १२ लाख उठ्नेमा ५० हजारको बिलीङ गराएर कमिशन खाने गरेको देखिन्छ ।’
कर्मचारीले गाडीको डिक्कीमा सामान राखेर अस्थायी विद्युत्त प्राधिकरण नै खडा गरेर राज्यलाई नै ठग्दै आएको प्रहरीले जनाएको छ ।
प्राधिकरणबाट हुने गरेको २६ प्रतिशत विद्युत्त चुहावट मध्ये १४ देखि १६ प्रतिशत चोरीबाट हुने गरेको छ । विद्युत्त चोरीबाट बार्षिक ८ अरब नोक्सान हुने गरेको प्राधिकरणको बार्षिक रिपोर्टमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167