कोरोनाले निम्त्याएको बैदेशिक त्राश, संकाले नआतिन सबैलाई सुझाव - newsallabc.com

Breaking

Wednesday, June 10, 2020

कोरोनाले निम्त्याएको बैदेशिक त्राश, संकाले नआतिन सबैलाई सुझाव

-जर्मनी- जव कोरोना ईटली लगायत युरोप का अरु देशमा बढ्दै गयो हामी मा पनी डर त्रास बढ्दै गएको थियो । काम मा जाँदा पनी आफ्नै साथिहरु संग डर लाग्न थाल्यो। बस, ट्रेन लगाएत सार्वजनिक यातयातका साधनहरु मा कसैले ख्वाक्क खोक्दा पनी अरु यात्रुका ध्यान खोक्ने ब्यक्ति तर्फ जान्थ्यो। लाग्थ्यो की मानीस संग मानीस डराएर भाग्ने दिन आएछ।


इटालीमा तीव्रगतिमा बढ्दै गएको कोरोना भाईरस जर्मनिमा पनी फैलिन थाल्यो । अब यहा पनी बन्द हुन्छ भन्ने हल्लाहरु आउन थाल्यो कामहरु कम हुन थाल्य। एकाबिहानै छोरीको स्कुल बाट फोन आयो तपाईं छोरी लाई स्कुल नपठाउनुहोस् किनकी उसको साथी लाई संक्रमण को संका गरियको छ ।दुई चार दिन घरमै राख्नुहोस। कताकता डर लागेजस्तो पनी भयो त्यसपछी संकाले होला छोरीले पनी खोकी लाग्यो जस्तो घाटी खसखस गर्यो भनीन्।डाक्टरलाई फोन गर्यौ , आउनुस भन्नुभयो । गयौं डाक्टरले सबै चेक जाँच गरेर खासै केही भएको छैन तर पनी खोकी लाग्यो भने खोकी औषधी सेवन गर्नु भन्नुभयो ,नडराउनु भन्नुभयो। डाक्टरलाई भेटेपछी छोरी ढुक्क भईन त्यतिकै सन्चो भयो । तर जर्मनीमा पनी कोरोना तिब्र गतिमा फैलिएको थियो, त्यसैले स्कुलहरु बन्दहुनथाल्यो । खासगरी हामी बसेको शहर म्यूउनिक मा सम्पुर्ण पसल ,होटल रेष्टुरेन्ट, ठुला ठुला कम्पनीहरुपनी बन्द हुनथाल्यो। 

हामी दुबैका काम पनी बन्द भयो। काम मा जाँदा पनी डरलाग्ने नजाँदा पनी अर्थको हिसाबले कतै धान्नै गारो पर्छ कि भन्ने चिन्ताले सताउन थाल्यो। यसै क्रममा सानोछोरा लाई ज्वरो आयो ,खोकी र रुघा पनीलाग्यो । फेरी कता कता डर लाग्यो , डक्टर को मा गयौ यतिबेला कोरोना तिब्र नै थियो जर्मनीमा तर पनी डाक्टर नर्स पहीले जस्तै सामान्य कपडा मा नै देख्दा अचम्म लाग्यो। जतासुकै पि पिई को कुरा थियो। सामान्य चेक जाँच पछी डक्टरले फ्लू हो ।डराउनु पर्दैन भन्नु भयो तर हामीलाई उही कोरोना को डर, सामान्य खोकी र ज्वरोको औषधी ले सानोछोरा सन्चो भयो ।

फेरी एक्कासी श्रीमानलाई उच्च रक्तचाप भयो। अघिल्लो दिन मात्र डाक्टर ले ई मेल गर्नु भयको थियो ,रुघा खोकी र ज्वरो आयमा सिधा हाम्रो मा नआउनुहोस अर्को फोन नम्बर दिनुभयको थियो ।तर पनी हामी ले फोन गर्यौ ,र उच्च रक्तचाप भयको बताए पछि डाक्टरसंग भेट्ने अनुमति पायौ। सुरुमा एकहप्ता पाँच एम जी को औषधी सेवन गर्नु र अर्को हप्ता मुटुको ईसी ची र चौबिस घन्टा सम्म यउटा मेसिन ले लगातार जाँच्न पर्ने सल्लाह दिनुभयो हामीले पनी त्यसै गर्यौ। एकहप्ता पछी डक्टर को मा गयौ। मुटुको ई सि ची गरेर हेर्दा सामान्य नै छ भनेर रक्तचाप नाप्ने मेसिन चौबिस घन्टाको लागी लगायर घर आयौ तर रक्तचाप चै घटेन, भोलीपल्ट फेरी डक्टरको सल्लाह अनुसार दश एम जी को औषधी सेवन गर्नु भन्नुभयो।


श्रीमानलाई अलिकम के भयको थियो ,ठुलो छोरालाई ज्वरोआयो तर रुघा खोकी चाही थिएन, बैनीहरू स्वास्थ्य कर्मी भयेको हुनाले उनिहरुको सल्लाह अनुसार, ज्वरो मात्र हो सिटामोल दिदा हुन्छ भनेर सिटामोल दियौ दुईदिन कम, कम भयो शुक्रबार बेलुका बाट ज्वरो घट्दै घटेन, अब पिर पर्यो लौ कोरोना भित्रियछ, तर उ बाहीर कहिल्यै गयन कसरी यस्तो भयोहोला? हामीले छोराछोरीलाई घर बाहीर पठाएको छैन, बरु हामी बुढा बुढी निस्किरहेका छौ जस्तो लाग्यो 

दुइहप्ता अगाडि एकदिन बजार निसकियको थियो त्यै बेला आयछ के हो ,या हामी संग आयो र उसलाई सर्यौ भन्ने भयो ,सनिबार आईतबार परेकोले हाम्रो डाक्टरलाई फोन मार्फत भयपनि भेट्न पाएनौ । त्यसैले उनिहरुले दिएको कोरोना बिशेष नम्बरमा फोन गर्यौ, लगभग एकघण्टा पछि फोन उठ्यो ,बाबु संग लक्ष्यण को बारेमा सोधेँ उसलाई ज्वरो मात्र भयर होला अर्को नम्बर दियो, धेरै पटक गर्दापनि फोन उठेन , ज्वरो मात्र हो डराउनु पर्दैन भन्छ छोरो, नेपालबाट,अस्ट्रेलियाबाट भाई बैनीहरू अस्पताल लैजा भन्छन । यसै गरी उच्च ज्वरोमा नै सनिबार आईतबार बितायौ, सोमबार नौ बज्ने बितिकै हाम्रो डाक्टरलाई फोन गर्यौ, र ज्वरो मात्र भय एक बजेआउनु भन्नुभयो ।

एक बजे त्यहा हामी आमा छोरा पुग्दा , पहिलेको भन्दा केही फरक थियो, यसपाली ढोका बन्द थियो घन्टी बजायौ ढोका मै राखियको सेनीटाईजर लगायौ , ढोका खुल्यो, डाक्टर को कोठा मा सिधै गयौ यसपाली डाक्टर ले आँखा मा चस्मा र एप्रोन लगाउनु भयको थियो र हातमा पन्जा पनी उहाँले स्वास्स , प्रस्वास , टनसिल ज्वरो सबै जाँच गर्नुभयो , र भन्नुभयो मेरो बिचारमा कोरोना हैन मैले भने ज्वरो पनी एउटा लक्ष्यण हो नी हैन र ? मिल्छ भने जाँच्दिनूस भनेपछी उहाँले स्वाब लिनुभयो र तिन दिन लाग्छ भन्नुभयो। तर कान मा साना साना बिबीरा आयका थिए  एलर्जी ले हो भनेर सिटामोल र एलर्जी को औषधी सेवन गर्नु भन्नुभयो । 


त्यो एलर्जी को औषधी ले उसलाई रातभरी छाती दुख्यो ,आमा हु छटपटायकी छौ एम्बुलेन्स बोलाएर इमरजेन्सी जाउ भन्यो उ मान्दैन ,भन्छ जान हुदैन यतिबेला झन रोग सर्छ , हो केरे जस्तो पनी लाग्छ, उ बिरामी भयको खवर ले घर, सासु ,ससुरा ठुली नन्द र माईत बाबा आमा भाई बुहारी, बैनीहरु ज्वाई हरु र बेल्जियम बाट दिदि र अष्ट्रेलिया बाट बैनी को फोन लगातार आईरहेको थियो, राती को दुई बजे बैनीहरू संगिता र सुनिता ले फोन गरे त्यती बेला बाबुलाई छाति दुख्यो भनेर भनेपछी ग्यस्टिक होला भने ,ग्यस्टिक को औषधी खाय पछी उसलाई कम भयो उ ठिक भयो र तिन दिन पछी कोरोना नेगेटिभ भनेर ई- मेल आयो 

तसर्थ यस कोरोना समयको अवस्थामा सबैलाई आत्मा मनोबल उच्च  राखी, डक्टरको सुजाव सल्लाह अनुरुप स्वस्थ चेक जाच गरि कोरोना वायरस बाट बाचौ 

यो तिन महिना मा हाम्रा आफन्त ईष्टमित्र साथिभाई , धेरैले हामीलाई सम्झनु भयो हजुरहरु को माया र भगवान का आशिर्वाद ले हामी अहिले सम्म स्वास्थ्य छौ र हजुर हरुपनि स्वास्थ्य रहनु होला र घरमा बस्दा आफुलाई खुसी राख्नु होला, सबैलाई धन्यवाद  

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167