लकडाउन फेरि बढ्यो, अरू के के निर्णय भयो मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले ? - newsallabc.com

Breaking

Sunday, May 31, 2020

लकडाउन फेरि बढ्यो, अरू के के निर्णय भयो मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले ?

सरकारले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसपछि १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए।
मन्त्रिपरिषदले अन्तर्राष्ट्रिय सीमा नाकाहरू असार १६ गतेसम्म बन्द राख्ने निर्णय पनि गरेको छ।
पछिल्लो समय कोरोना संक्रमित संख्या बढ्दै गएको छ। शनिबार एकै दिन १८९ जना संक्रमित थपिएका छन्। त्यस्तै, मृतक संख्या पनि ७ पुगेको छ। यही स्थिति हेरेर मन्त्रिपरिषद बैठक यस्तो निर्णयमा पुगेको हो।
आन्तरिक लकडाउनसँगै विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय पनि बैठकले गरेको छ।
कोरोना जोखिम व्यवस्थापन समितिले दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपाली ल्याउन सकिने निष्कर्ष निकालेको थियो। भारतबाट फर्किनेका लागि पनि विभिन्न नाकाहरू तोकेको थियो।
शनिबार नै मन्त्रिपरिषद बैठकअघि बसेको सुरक्षा परिषद बैठकले कोरोना प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने निर्णय पनि गरेको छ। साथै, विदेशबाट आउने नेपालीहरूको व्यवस्थापनमा पनि सेना परिचालन हुनेछ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167