क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ, मृतकको संख्या सात पुग्यो - newsallabc.com

Breaking

Sunday, May 31, 2020

क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ, मृतकको संख्या सात पुग्यो

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको  पुष्टि गरेका हुन्।
तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।
दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो।
शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको थियो।
भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो।
यद्यपी स्वास्थ्य मन्त्रालयले भने आधिकारिक जानकारी दिएको छैन। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167