राहदानी तथा अन्य कागजादको लागि Consolato Generale Onorario del Nepal, Rome मा बेलैमा सम्पर्क गर्नुहुनको लागि सूचनाजारि भएको छ l
इटाली बासी नेपाली दाजुभाई दिदिबहिनीहरुमा यो जानकारी गराउन चाहन्छौं कि इटालियन सरकारले (Permesso di Soggiorno) work permit डकुमेन्ट बिना बसोबास गरिरहेका नागरिकहरुको लागि रेगुलर बनाइ कागजात उपलब्ध गराउने निर्णय भएकोले प्रारम्भिक चरणमा आवेदन दिनको लागि नेपाली राहदानीको जरुरी पर्ने भएकोले यदी कसैलाई नेपाली पुरानो राहदानी (MRP) नवीकरण गर्नुपर्ने अथवा हराएको कारणले नयाँ राहदानी बनाउनुपर्ने छ भने यथाशीघ्र नेपाली कोन्सुलेटमा सम्पर्क गरि पासपोर्टको आवेदन दिनुपर्ने हुन्छ । नेपाली कोन्सुलेट इटली को सक्रियतामा Nepali Consulate Geneva स्विट्जरल्यान्ड एम्बेस्सीबाट एकमुष्ठ फारम सन्कलन गरी नेपाल पठाउने भएकोले जतिसक्तो चाडो नेपाली अबैतनिक महावाणिज्य दूताबास, रोम कार्यलयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं
साथै नेपाली अबैतनिक महावाणिज्य दूताबास, रोम कार्यलयबाट सुचित पत्र अनुसार हामी नेपालीहरुको यदि कसैको कुनै पनि कागजातहरू बनाउन, जाकारी लिन अथवा भेट्नु भन्दा पहिले निम्न अनुसारको ठेगाना, मेल वा फोन मार्फत समय र मितिको नियुक्ति लिन अनुरोध गरिन्छ भनि समेत उल्लेख गरिएको जानकारी सम्बन्धित समाजहरुको फेसबुक बाट साभार भएको छ।
सम्पर्क ठेगाना :
नाम: Consolato Generale Onorario del Nepal
ठेगाना: L.go C. Grigioni 7/8, 00152 Roma
इमेल: consolato.nepal.rm@gmail.com
- paolo.nugari@gmail.com
- paoloavventure@tin.it
- paolo.nugari@pec.it
फोन न. 0653293402/403/405/469
फ्याक्स न. 0653293416
mission.nepal@bluewin.ch
No comments:
Post a Comment