विवेकशील नेपालीले विदेश बाट नेपाल फर्किने नेपाली जनासक्ति लाइ रोजगारदाता संग जोड्नको लागि (www.Work4Nepal.com, छोट्करिमा: W4N) तयार गरेको छ।
यो प्रबिधीको उदेश्य नेपाल फर्कनु हुने लाखौ दक्ष्, अर्धदक्ष जनशक्तिलाई नेपाल मै आ-आफ्नो पेशा, रोजगार र बिषयगत दक्षता अनुसारको काममा जोड्नु हो।
यसो गर्दा बिदेशमा पाइ आएको पारिश्रमिक, सेवासुबिधा बाराबर कै अवसरहरु उपलब्ध गराउने, रोजगारदातासँग समान्व्यय गर्दै जोड्ने र सरकारी गैर सरकारी अवसरहरुमा रोजगारको प्राथमिकताको लागी पहल गर्नु हो।
२१औ शताब्दी यन्त्र, प्रबिधि, प्रक्रीया, अनुभव र बिषयगत दक्षताले सुसज्जित नेपाल फर्कने पौरखी नेपाली बिना समृद्धीको बाटो आधुरो, असम्भव छ।
तपाइहरुको सल्लाह र सुझाब पनि दिनु होला । हामीले एक्दमै थोरै समयमा यसलाई तयार गरेका हौ र अझै थप विशेषताहरु जोड्दै जाने छौ।
Work4Nepal W4N के हो ?
२१औ शताब्दी यन्त्र, प्रविधि, प्रक्रिया, अनुभव र विषयगत दक्षताले सुसज्जित नेपाल फर्कने पौरखी नेपाली विना समृद्धिको बाटो अधुरो, असम्भव छ। हाल कोभिड १९ को सेरोफेरोमा वैदेशिक रोजगारमा भएका हजारौं नेपाली नेपाल फर्कने क्रममा हुनुहुन्छ र यो संख्या लाखौं पुग्ने अनुमान छ । नेपाल फर्की सकेपछी नेपालमै आ-आफ्नो सीप, विषयगत दक्षता, अनुभवका आधारमा उहांहरुलाई रोजगार, उद्यम्, व्यवसायिक सेवाका अवसरहरु उपलब्ध हुनु जरुरी छ । त्यति मात्र नभई उद्यम गर्न वा पेशा गर्न आवश्यक लगानी, न्यूनतम ब्याज ऋण, बीमा, कर छुट आदि नीतिहरु आवश्यक हुन्छ । तसर्थ W4N नेपाल फर्कनु हुने दक्ष, अर्धदक्ष पौरखी जनशक्तिहरुका लागि नेपालमै रोजगार, पेशा, उद्यमशीलताको सिर्जना गर्ने, अवसरहरुसँग जोड्ने, नीतिगत पहल गर्ने माध्यम हो । यो एउटा सरल प्रविधी हो जसले उपलब्ध पौरखी जनशक्तिको प्रतिनिधित्व गर्छ ।
W4N किन ?
यो प्रविधिको उद्देश्य नेपाल फर्कनु हुने लाखौं दक्ष, अर्धदक्ष जनशक्तिलाई नेपालमै आ-आफ्नो पेशा, रोजगार र विषयगत दक्षता अनुसारको काममा जोड्नु हो। यसो गर्दा विदेशमा पाइ आएको पारिश्रमिक, सेवासुविधा बराबरकै अवसरहरु उपलब्ध गराउने, रोजगारदातासँग समन्वय गर्दै जोड्ने र सरकारी गैर सरकारी अवसरहरुमा रोजगारको प्राथमिकताको लागि पहल गर्नु हो।
W4N कसरी प्रयोग गर्ने ?
सर्वप्रथम वेबसाइट वा अन्ड्रोइड एपमा गएर आफ्नो विवरण नि:शुल्क दर्ता गर्नुहोस् । तपाईंको व्यक्तिगत विवरण, विदेश र स्वदेशमा सम्पर्क गर्ने विवरण र पेशागत अनुभव दाखिला गर्नुहोस् । यो एकदमै सरल छ । नेपालमा रोजगारदाताले तपाईंको व्यवसायिक विवरण हेर्न पाउँछन् र तपाईंलाई सम्पर्क गर्न सक्छन् ।
वैदेशिक रोजगारबाट फर्केका जनशक्ति नै किन ?
चारित्रिक प्रमाणपत्र भएका, ठोस कार्यगत अनुभव भएका र २१औं शताब्दीमा प्रविधिमा आधारित यन्त्रहरुको अनुभव भएका जनशक्ति नेपाललाई आवश्यक छ र यो कौशल विदेशमा अनुभव बटुलेका नेपालीसँग अधिक मात्रामा छ। नेपाल जस्तो सुकै राजनैतिक अस्थिरता वा प्राकृतिक बिपद् बाट गुज्रे पनि नेपालसँग एउटै मात्र बाटो छ, त्यो हो समृद्धिका लागि अगाडि बढ्ने। समृद्धिका लागि भौतिक निर्माण, पेशा, रोजगार, उद्यम आधुनिकीकरण अपरिहार्य हुन्छ । आज विदेशबाट फर्केका नेपालीले नै हाते ट्र्याक्टर्, आधुनिक कृषि, वैज्ञानिक निर्माण प्रविधि र औजार-यन्त्रहरु नेपाल भित्र्याउँदै नेपालका कुना काप्चामा द्रूत गतिले विकास गरिरहेका छन्।
दक्ष नेपाली जनशक्तिले भोलि नेपालमै बसी विदेशमा पाइ आएको पारिश्रमिक सेवा सुविधा पाउने गरी आ-आफ्नो सीप प्रयोग गर्ने हो भने समृद्ध नेपाल १५, २० वर्षमा होइन ५ वर्षमा निर्माण गर्न सकिन्छ। तर त्यसका लागि दक्ष, पौरखी नेपाली जनशक्तिलाई सम्मानजनक अवसर र वातावरण उपलब्ध हुनु पर्छ।
परिवर्तन सम्भव छ, हाम्रै कालमा।
अहिले नगरे कहिले?
हामिले नगरे कसले?
No comments:
Post a Comment