बिराट नर्सिङ होम: गेटबाटै फर्कायो बिरामी कोशी अस्पतालमा भर्ना - newsallabc.com

Breaking

Sunday, April 26, 2020

बिराट नर्सिङ होम: गेटबाटै फर्कायो बिरामी कोशी अस्पतालमा भर्ना

विराटनगर । पेट दुखेर अस्पताल आएकी उदयपुरकी एक बिरामीलाई विराटनगरस्थित बिराट नर्सिङ होमले उपचार नगरी गेटबाटै फर्काइदिएको छ ।
पेटको समस्या भएर ल्याइएकी उदयपुर बेलका ४ रामपुरकी ५२ बषर्ीय रत्नमाया तिम्सिनालाई आकस्मिक कक्षमा कार्यरत चिकित्सले भर्ना नलिई गेटबाटै फर्काइदिएका हुन् ।

बिराट नर्सिङ होमले बिरामी लिन नमानेपछि उनलाई कोशी अस्पताल भर्ना गरिएको छ ।
सुरुमा नर्सिङ होम लगिएकोमा कोशी अस्पतालबाट पहिला कोरोनाको भए/नभएको रिर्पोट लिएर आएपछि मात्रै भर्ना गरिने चिकित्सकले बताएको बिरामीका छोरा उमेशले जानाकरी दिए । ‘उदयपुरबाट बिरामी ल्याएको भनेपछि पहिला गेटमा करिब १ घण्टा रोकियो उमेशले भने, ‘त्यसपछि आकस्मिक कक्षका चिकित्सकले कोरोना टेष्टको पहिला रिर्पोट ल्याउनू भन्दै गेटबाटै फर्काइदिए । ‘
छोरा उमेशका अनुसार आमालाई आइतबार बिहानै बिराटनगर ल्याइएको थियो । बेलका नगरपालिकाको एम्बुलेन्समा राखेर बिराट नसिङ्ग होममा पुर्‍याएलगतै गेटका सुरक्षाकर्मीले उदयपुरबाट ल्याएको भन्ने बितिकै अस्पतालमा प्रबेश गर्नबाट बिरामीलाई रोकेका थिए । ‘सामान्य पेट घोच्ने र पोल्ने समस्याबाट पीडित भएपछि आमालाई त्यहीँको क्लिनिकमा औषधी उपचार गरेका थियौ,’ उमेश भन्छन् ‘आमालाई ठीक नभएपछि नर्सिङ्ग होम पुर्‍याइयो ।’
नर्सिङ होमले बिरामी भर्ना लिन नमानेपछि कोशी अस्पताल लैजान कुनै सवारी साधनले मानेनन्, प्रहरीको सहायतमा अटो रिजर्भ गरेर आमालाई कोशीमा भर्ना गराएको उमेशले बताए
‘हामी गरिब मान्छे, ठूला मान्छे नहुँदा उपचार पाउन बञ्चित हुनुपर्दोरहेछ,’ उमेशले गुनासो गर्दै भने, ‘अस्पतालमा उपचार पाउन पनि सोर्सफोर्स लगाउनुपर्ने भयो।’
बिराट नर्सिङ होमले आमालाई भर्ना गर्न नमानेपछि उनका आफन्तले प्रदेश सांसद हिमाल कार्कीलाई फोन गरी घटनाको जानकारी गराएका थिए । सांसद कार्कीले तत्काल प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरेलाई घटनाबारे जानकारी गराएका थिए ।
बिराट नर्सिङ होमका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्कीले आफ्नो अस्पतालमा कुनै पनि बिरामीलाई कुनै पनि बाहाना नफर्काइएको दाबी गरे । उनले कोरोनाको संक्रमण नै भएका बिरामीलाई पनि आफूहरु अस्पतालमा भर्ना गर्न तयार रहेको जिकिर गरे ।
सामाजिक बिकास मन्त्री जीवन घिमिरेले बिराट नर्सिङ होमले बिरामी भर्ना नलिएको जानकारी आफुसँग पनि आएको बताए । मन्त्री घिमिरेले घटनाको सत्यतथ्य बुझेर यदि बिरामी नलिएको प्रामाणित भएको खण्डमा अस्पताललाई कार्वाहीको दायरामा ल्याइने बताए ।
यसअघि पनि धनकुटाकी एक महिलाको बिराटनगरको निजी अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको थियो ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167