वीरगन्जमा थप २ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ५१ पुग्यो - newsallabc.com

Breaking

Sunday, April 26, 2020

वीरगन्जमा थप २ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ५१ पुग्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आइतबार पर्सामा दुई जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो। उनीहरुको स्वास्थ्‍य अवस्था सामान्‍य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो।

दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ। यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी हुन्। अर्का व्यक्तिलाई सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ, जसमा तीनजना जमाती छन्।
संक्रमितमध्‍ये हालसम्म १२ जना निको भएर घर फर्किएको पनि मन्त्रालयका सह-प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167