Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सन् २०१७ मा गरिएको सर्वेक्षणमा विश्वका १० प्रदुषित सहरहरुको सूचीमा काठमाडौं ५औँ नम्बरमा परेको थियो भने अफ्रिकाको घाना पहिलो नम्बरमा थियो ।
वैज्ञानिकहरुका अनुसार वातावरण प्रदुषणको मुख्य कारक पेट्रोलियम पदार्थ नै हो । विश्वमै वातावरणीय प्रद्रुषण कम गर्ने उपायको खोजी भइरहेको वेला इलेक्ट्रिक सवारी साधन एक विकल्पको रुपमा आएको छ ।
यही विकल्पको खोजीमा लागेको चाइनाको “न्यू” कम्पनीले निर्माण गरेको छ “न्यू एन वन एस र एम वन प्रो” इलेक्ट्रिक स्कुटर । चाइनाको न्यू कम्पनीले २०१५ मा विश्वभरनै लन्च गरेको एन वन एस र एम वन प्रो लाई इको इन्फिनिटिले नेपालमा केही महिनाअघि मात्रै भित्र्याएको छ ।
नेपालको बजारमा (युवा पुस्तामा) निकै राम्रो छाप छोड्ने इको इन्फिनिटिको दावी छ । वातावरणीय प्रदुषण कम गर्न सहयोगी हुने आशाका साथ नेपालमा थुप्रै कम्पनीका इलेक्ट्रिक स्कुटर यस अघि नै भित्रिसकेका भए पनि राम्रो बजार लिन सकेको छैन ।
यसको मुख्य कारण सडक सुरक्षालाई लिइएको छ । विगतका इलेक्ट्रिक स्कुटर सुरक्षाका हिसाबले प्रभावकारी नहुनुको मुख्य कारण भनेको यातायात व्यवस्था विभागमा दर्ता नहुनु नै हो । तर “न्यू” ले भने यातायात व्यवस्था विभागमा दर्ता भई नम्बर प्लेट प्राप्त गरेको छ ।
कुनै पनि यातायातका साधनलाई यातायातमा दर्ता गराउनको लागि यातायातले तोकेको मापदण्ड पूरा गर्नुपर्दछ यदी मापदण्ड पुरा गरेको खण्डमा त्यस्ता सवारी साधनले आधिकारीक विक्रिवितरणको अनुमति पाउँदछन् । इको इन्फिनिटिले यातायातको मापदण्ड पुरा गरेर नै “न्यू” एन वन एस ले नम्बर प्लेट पाएको इको इन्फिनिटिकी सिइओ प्रनेना केसीले बताईन् ।
“न्यू” स्कुटर नेपालको रोडमा सहजै गुडाउन सकिन्छ । उकालो, खाल्डाखुल्डी, कच्ची सडकहरुमा सजिलै गुडाउन सकिने भएकाले पनि न्यूले मार्केट लिने इको इन्फिनिटिका मार्केटिङ म्यानेजर माज अशरफको भनाई छ । इको इन्फिनिटिले ग्राहकलाई केही दिनको ट्रायल सुविधा पनि उपल्बध गराएको छ ।
जस अनुसार स्कुटरको जाँच गर्न को लागि केही दिनको ट्रायल लिन सकिने म्यनेजर अशरफले बताए । उनका अनुसार हालसम्म १०० भन्दा बढी स्कुटर बेचिसकेको छ । छोटो समयमा यसको विक्रीले इलेक्ट्रिक स्कुटरको माग बढेको प्रष्ट हुन्छ ।
के छन् विशेषता ?
“न्यू” को एन वान एस अन्य चलन चल्तीका इलेक्ट्रिक स्कुटरभन्दा फरक किन छ त ? मुख्य त यो यातायातमा दर्ता भई नम्बर प्लेट प्राप्त गर्न सफल छ भने अर्कोतर्फ काठमाडौं लगायत नेपालका सडकलाई सुहाउँदो छ ।
युवा लक्षित गरेर निर्माण गरिएकोले यो स्कुटरको डिजाइन स्पोर्टी छ । यो स्कुटर रातो, कालो, निलो, खैरो र सेतो रंगमा उपब्ध कलरमा उपलब्ध छ ।
लिथियम व्याट्री नै यो स्कुटरको मुख्य विशेषतामा पर्छ किनभने नेपालमा भित्रिएका अन्य स्कुटरमा लेरासेड व्याटी« (जुन डिस्पोजएवल होइन) थियो यो भन्दा लिथियम व्याट्री धैरै टिकाउ भएको पाइएको छ ।
लिथियम व्याट्री डिस्पोजएवल भएकाले पनि वातावरणीय हिसावले यो प्रदुषणमुक्त छ । यो व्याट्री प्यानासोनिक र एलजी कम्पनीले निर्माण गरेको छ जसमा १७० सेलहरु छन् । यो १० केजी को हुन्छ । स्कुटरमा सफ्टवयर पनि राखिएको छ जसले व्याट्री र मोटर संचालनमा सहयोग गर्छ ।
यसको मोटर निकै इफेक्टिभ मानिएको छ कारण ब्राण्ड नै हो । जर्मनको बोस कम्पनीले निर्माण गरेको मोटर जडान गरिएकोले स्कुटर टिकाउ भएको कम्मनीको दावी छ । त्यसैगरी यसमा ड्यूल ब्रेक सिस्टम रहेको छ ।
यसमा स्पिड म्यानेजमेन्टको लागि स्विच फिक्स्ड गरिएको छ । १ नम्बरमा स्कुटर चलाउँदा स्पिड लिमिट हुन्छ, २ नम्बरबाट चलाउँदा स्पिड बड्छ भने ३ नम्बर हाइ स्पिड र उकालो बाटोको लागि उपयुक्त हुनेछ ।
यो स्कुटरमा फाइबर प्लास्टिकको बडी छ जुन अन्य स्कुटरको भन्दा अलि मोटो र बलियो पनि छ । “न्यू” को एन वन एस को सवैभन्दा फरक विशेषता भनेको “एप” हो स्कुटरमा “एप”को प्रयोग भएको यो पहिलो पटक हो । जसले स्कुटरको सम्पूर्ण जानकारी गराउँछ ।
स्कुटरको स्पिडदेखि व्याटी«को अवस्था, माइलेज, जिपिएस ट्रयाकिङ जसले स्कुटर कहाँ र कुन अवस्थामा छ यसको जानकारी “एप” ले गराउँछ । स्कुटर अन अफ देखि सम्पूर्ण जानकारी “एप” मा नोटिफिकेशन आउँछ ।
“एप”बाटै व्याट्री कति छ र कति किलो मिटर स्कुटर चल्छ भन्ने जानकारी पनि पउन सकिन्छ । स्कुटरले उकालोमा भने माइलेज थोरै कम दिन्छ । त्यसैगरी ट्यूवलेस टायर भएकाले पन्चरको समस्या झेल्नु परेन ।
डिजाइन: न्यू कम्पनीले एन वन एस स्कुटरको बडी बनाउन दुई वर्ष लगाएको थियो । कारण अन्य स्कुटरभन्दा फरक, हलुका र आकारमा केही नयाँपन दिनु थियो । सोही बमोजिम कम्पनी सफल देखिन्छ ।
यो स्कुटरको बडीमा प्रयोग गरिएको स्टिल मोटरसाइकलमा प्रयोग हुने खालको भएकाले पनि बलियो छ । साथै बडीमा प्रयोग भएको प्लाष्टिक फाइवर मोटो छ र टिकाउ पनि । हलुको भएकाले पार्कीङ गर्दा वा निकाल्दा सहज हुनेछ । हेडलाइट र ह्यान्डिलमा कम्पनीको लोगो आकर्षक ढंगले डिजाइन गरि राखिएको छ ।
स्कुटरको अगाडि एल सी डी डिस्प्ले सिस्टम छ जहाँ व्याट्रीको अवस्था र पावर मोड छ । आरामदायी सिटका साथै सजिलै हेलमेट र अन्य सामान पनि अटाउने डिक्की छ । डिक्कीबाट पनि व्याट्री चार्ज गर्न मिल्ने पोर्ट राखिएको छ । जसले गर्दा घरीघरी व्याट्री निकाली राख्नुपर्दैन ।
डिक्की खोल्नको लागी स्टार्ट बटनको तल अर्को स्विच राखिएको छ जहाबाट डिक्की खोल्न सकिन्छ । यसमा अटो लक सिस्टम छ । व्याट्रीलाई फूटवोर्डमा राखिएको हुन्छ जुन सुरक्षित रहन सक्छ ।
लाइट: यसमा स्मार्ट एल इ डी लाईटको प्रयोग गरिएको छ । जसले गर्दा विपरीत दिशाबाट आउने सवारी साधनलाई असर गर्दैन । साथै साइड लाइट अन गरे पछि अटो अफ हुन्छ ।
माइलेज: “न्यू” को एन वन एस मा तीन प्रकारको पावर सिस्टम रहेको छ । एक पटक फुल व्याट्री चार्ज गरे पछि ८० किमी दिन्छ । यसमा २४ सय वाटको व्याट्री हुन्छ जुन चार्ज गर्न ५ देखि ६ घण्टाको समय लिन्छ । साथै एम वन प्रो” ले भने १०० किलो मिटरको माइलेज दिन्छ ।
व्याट्री: “न्यू” को एन वन एस मा लिथियम व्याट्रीको प्रयोग गरिएको छ । यो व्याट्री प्यानासोनिक र एलजी कम्पनीले निर्माण गरेको छ जसमा १७० सेलहरु छन् । लिथियम व्याट्री डिस्पोजएवल भएकाले पनि उपयोगी मानिएको हो । स्कुटरको फूटवोर्डमा राखिएको व्याट्री १० केजीको हुन्छ ।
चार्ज गर्नको लागि कम्पनीले काठमाडौंको विभिन्न ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराएको छ ।
साथै यो घरमै सजिलै चार्ज गर्न पनि सकिन्छ । एक पटक चार्ज गर्दा ४ देखि ५ यूनिट विद्युत खपत हुने भएकाले अन्य स्कूटरभन्दा यो निकै सस्तो पर्न आउँछ । अर्को फाइदा के छ भने स्कुटर जब ओरालोमा जान्छ व्याट्री अटो चार्ज हुन्छ ।
३ राईडिङ मोड: यसमा तीन किसिमको राईडिङ पावर रहेको छ । ह्रयाण्डीलमै सहज तरीकाबाट मोड चेन्ज गर्न सहज हुने गरी डिजाइन गरिएको छ । मोड १ मा स्पिड लिमिट हुन्छ । मोड ३ लाई स्पोर्ट मोड पनि भनिन्छ जसले हाई स्पिडमा प्रयोग हुन्छ सार्थ उकालोमा यो मोडको प्रयोग गर्न सकिन्छ ।
मूल्य: “न्यू” को एन वन एस को डिस्काउन्ट मूल्य २ लाख ३५ हजार रहेको छ भने एम वन प्रो सिङ्गल सिटर जसको २ लाख १५ हजार रहेको छ । २ वर्षको वारेन्टी भएको यो स्कूटरले २ वर्षको अवधिमा केही खरावी भएमा कम्पनीले तुरुन्तै सेवा दिनेछ ।
No comments:
Post a Comment