Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
धोनीलाई बलिङ गर्दै:
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो खेल खेल्ने भएका छन् । दिल्ली डेयरडेभिल्सले उनलाई चेन्नई सुपर किंग्ससँग अहिले हुन लागेको खेलमा पनि खेलाउन लागेको हो ।
सन्दीपले यसअघि शनिबार दिल्लीकै फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बेङलोरविरूद्ध ‘डेब्यु’ गरेका थिए । उनले सो क्रममा ४ ओभरमा २५ रनमात्र खर्चेर भारतको प्रतिनिधित्व गरिसकेका पार्थिव पटेलको विकेट लिएपछि विश्व व्यापी चर्चा बटुलेका थिए । सन्दीपले विराट कोहली र एबी डी भिलियर्सजस्ता विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध कसिलो बलिङ गरे पनि दिल्लीले सो खेल हारेको थियो ।
आईपीएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुने । दुई दिन अघिमात्र वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलका लागि सन्दीपलाई विश्व ११ को टोलीमा राखिएको थियो । मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा सो खेल हुँदैछ ।
No comments:
Post a Comment