Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भाग - १ पढ्नुहोस
"यो कथा यथार्त जिबनमा घटित
वास्तविक जिबन लाई केलाएर रचेको हो !"
“जाड को नसा अनि बेजोड माया सम्भब होला त?
हाय.. तिम्रो
जवानी”
सारांसको यो मेरो वास्तविक सत्य सब्दहरुले तपाईहरु कसैलाई पनि कुनै प्रकारको अप्ठ्यारो अनुभूति दिन्छभने , म हृदय देखि माफी माग्न चाहन्छु । तर भाको यही हो बिदेशको भुमिमा छु, मेरो साथमा म अनि यही मेरि साइली का केहि मिठा सम्झनाहरु मात्र छन् जसलाई पाठक बनाई प्रस्तुत गरेको छु ।...
मिलान (Milano Centrale) आउन अझै चार घण्टा बाकी छ । मध्य रात
भाकोले मेरा आखाहरु टाल्लिन लागे ।
अबको भबिस्य के हुनेहो साइली, बाचे भने गाउँ घर फिरनी !
भबिस्यको चिन्ता गरेर नरुनु साइली, मरे भने बिदेस नै सिरानी !!
नत साइलीले मलाई चिनेको, न मैले साइलीलाई । केहि हद सम्म मैले उनीलाई चिन्ने मौका पाए किनकि रक्सिको तालमा नै सहि उनि मलाइ औधी राम्रो लाग्थिन । साइलीलाई कुनै हेक्का थिएन कि “म हान्ने साढे गोरुझै सुरिएर पछी लागेको छु भनेर” । दिउसो १ बजे बाट मेरो काम साइलीलाई छेक्ने थियो । जता बाट आए पनि बाटो कुर्ने म नै हुन्थे । काडा बनि कोइ आयोकि त्यो गयो ।
दस कक्षा मा पढ्ने साइली एस. एल. सी. को तयारीमा थिन । मैले सबै डिटेल निकाले र मेरो दिनको दैनिक क्यालेन्डर बनाए कि कुन समयमा कहाँ निस्कने । कुन गल्लि, कुन घुम्ती, कुन खुड्किला, कुन पानिको पधेरो, कुन घास काट्ने जंगल, कुन दोकान , उसको मिल्ने साथी, केटि साथी अनि केटा पनि । मलाई साइलीको केटा साथी पटक्कै मन नपर्ने किन किन भित्रै बाट जलन भएर आउथ्यो, भनु भने के भन्ने, म को हो र ?, मेरो अधिकार लाग्ने अलिकति पनि ठाउँ भाको भय मैले जानेको थिय !!!
देश विकासमा खट्टीएको म एउटा कुल्ली (बाटो बनाउने), बिहान ७ बजेबाट दिउसो
१ बजेसम्म बलास्टिंगको धुलो अनि ढुंगाको सारमा काम गर्ने १८ बर्षे कलिलो ठिटो सारै नै हेन्सम, सुरिलो, लोभ
लाग्दो, जति चाटे पनि नसिधिन्ने खाल्को मिठो चकलेट झैँ थिए म ! नेपाली ठिटो गोर्खे
!!
म पनि के कम थिए र, साइली भन्दा । उनि
राम्री छिन भने म पनि हेन्सम, छुस्स चिउदोमा दारी, अजय देबगोन झैँ कपाल, मैले तिमिलाई पाउनुमा जति गर्भ गर्थे भने, तिमिले पनि त्यो भन्दा बढी
आफुलाई सुरक्षित महसुस गर्थेउ मलाइ पाउनुमा ,, असली हु असली ,,
बाटोमा घरि घरि मलाइ हेरेको जस्तो लाग्थ्यो । अब हेरेको भरमा कसरि proposed ठोक्नु । मैले अलि आँट गरिन त्यो कुरालाई । अब मैले अर्कै बाटो जानु पर्छ, कि वार कि पार । बजारमा साइली को नाता पर्ने भन्दा बाहेक सबै लाइ आफ्नो साथी बनाए, साला दारु चिज नै येस्तै हो । हैट !
बाटोमा घरि घरि मलाइ हेरेको जस्तो लाग्थ्यो । अब हेरेको भरमा कसरि proposed ठोक्नु । मैले अलि आँट गरिन त्यो कुरालाई । अब मैले अर्कै बाटो जानु पर्छ, कि वार कि पार । बजारमा साइली को नाता पर्ने भन्दा बाहेक सबै लाइ आफ्नो साथी बनाए, साला दारु चिज नै येस्तै हो । हैट !
बिहानको class भाकोले एक बजे स्कुल छुट्टी
हुन्थ्यो उनको । छुट्टी पश्चात बजारको बाटो हुँदै घर पुग्थिन साइली । म साढे एक
बजे बीच बजारमा “प्रधान कोल्ड
स्टोर” अगाडी
पाँच जना साथी सहित कुरी बस्थे । म मेरो स्वार्थले बस्थे
भने साथीहरु दारुको स्वार्थले बस्थे, तर सधै त्यो क्रम बारम्बार भाकोले साथीहरुले
पनि मलाई साथ दिन थालेका थिए । कसै कसै ले त “गोर्खे त अगाडी बढ हामी
छौ, साइली अब तेरै हो, पिर नगर” समेत
भने । मलाई झन् ढुक्क भएझै लाग्थ्यो । साइली घर जाने क्रममा मेरो नजिकै बाट क्रस
भएर जान्थिन अनि एक चोटी कर्के आखाले पनि हेर्थिन । मैले संसार जिते झैँ लाग्थ्यो
! सारै पागलपन हुन्थो अनि खुसियालीमा दारुको बर्सा हुन्थ्यो फुपुको छेडीमा, र अर्को पाली पानी लिन आउदा त छदै छ ।
अब त बाटोमा नै कुर्ने भएर होला पानीको
धाराले तेती माखोमार्ला जस्तो लागेको छैन । मेरो लागि बाटो नै काफी छ । दिनप्रतिदिनको
बाटो कुराइमा साठी दिन (२ महिना), महिना भन्दा बढी भइसको
स्कुल जादा र आउदा बाटो छेक्ने गरेको । “देखे खुसि ले दारु पिउने, नदेखे पिडामा दारु पिउने, तर
जसरि भएपनि दारु पिउने पिउने”
कति दिन यसरी होला त ?, छेस्को उनीमा पनि परिसकेको छ... म मा त झन् पहिला देखि नै । सुइँको पाइसकेको ले होला हेर्ने क्रम अलि बढेको छ ।घरि घरि मार्ली जस्तो गरेर हेर्थी । हैट तेस्मा पनि नसा, साइली ले जसरि हेरेपनि , जसरि खाए पनि , जसरि बोले पनि सबै मा नसा नै नसा ! नसा नै नसा !!!
कति दिन यसरी होला त ?, छेस्को उनीमा पनि परिसकेको छ... म मा त झन् पहिला देखि नै । सुइँको पाइसकेको ले होला हेर्ने क्रम अलि बढेको छ ।घरि घरि मार्ली जस्तो गरेर हेर्थी । हैट तेस्मा पनि नसा, साइली ले जसरि हेरेपनि , जसरि खाए पनि , जसरि बोले पनि सबै मा नसा नै नसा ! नसा नै नसा !!!
६० दिन सम्मको प्रगति केवल हेराइ मात्र भाको छ ।
यस्तै हो भने त ६० वर्षमा बल्ल छोइएला जस्तो भयो , लाखे तेती खेर सम्म होला त् ?
नसा भित्र नसा सरि...!!! हेराइ
मा दम चाई छ है ! जसको फल्स्वोरूप म आइ. कम. पास भईकन पनि फेरी साइली पढेको स्कुलमा
कक्षा ११ मा भर्ना हुने निर्णय गरे साइली संगै । किनकि अब अर्को स्टेप चाल्नु परो,
यतिले पुगेन हेराइ मात्र भयो अब संगै पढ़ेसी केहि होला कि !
२० दिन पछी एस. एल. सी. को परिणाम आयो । ११
कक्षा मा साइली र म संग संगै पढ्ने भैयो । अगाडी उनि बस्ने अनि म पछाडीको बेन्ची । अब भने पक्का मेरी भै जस्तो लाग्यो । मैले नि मेरो सिफ्ट दिउसो को पारे
“बिहान पढाई,
दिउसो पहाड
फोड़ाई ”
कक्षामा संगै भाकोले होला घरि घरि बोल्ने गरिन्थ्यो । म अलि छिल्लिएको थिए प्याच्च भनि हाल्थे, तर जबाफ सारै खरो आउथ्यो । घरि घरि को हो - को हो जस्तो लाग्ने , मैले चाहि भने आफ्नै हो ठानी सके ! उ भने अझै नबुझे झैँ गर्थी !! खै के हो के हो, अब त अलि अलि सुइँको पाउनु पर्ने हैन र ? जहाँ जस्तो जे भएपनि मैले छोड्ने वाला थिएन, “कति वर्ष लाग्ला लागोस तर नक्कली मेरै पोल्टामा” भने झैँ सोच्न पुगेको थिए म । अब यति बोलेर नहोला जस्तो भयो र म प्रेम पत्र लेखन तिर लागे । अहिले सम्म लेखेको छैन कसरि सुरु गरौ अब अनि स्कुलमा दिने कि घर मा छाड्ने चिठी, दोधार मा परे म । हैन बाघचाल अलि उल्टो भए जस्तो लाग्यो, फरक नीतिले बाघ चाल्नु पर्यो ता कि बाख्रा आफ्नै होस् ।
साम, दाम र दण्डभेद सबै लगाई चिठी पुराउने
हुलाकीको बेबस्था गरे । पहिला दिनको एक पटक अनि कुरा अलि मिल्ला जस्तो भयो भने
साइली को इच्छा अनुरुप हेरौला, पहिला एउटा बाट सुरु गरौ भनि धेरै जाल बुन्न थाले । मन मा अनेक कुरा खेल्न थाल्यो यदि साइलीले
नाइँ भनि भने ?, हुन्न भनि भने ?, कसै गरि पनि मानिन भने के गर्ने ? आ.. जे सुकै भनोस
जे जे भने पनि उसैले भन्ने हो सुनौला नि भन्ने जोस को साथ वुद्धि पनि पुराए कि
पहिला चिठी म नै दिन्छु जे पर्ला पर्ला !!!
भोलि पल्ट दिउसो दुइ बजे तिर चाउ-चाउ लिने बहानाले चिठी दिनु पर्यो भनि साइलीको घर तिर लागे । पसलमा साइली हैन आमा हुनुहुदोरहेछ, म नदेखे झैँ गरि फर्किए अनि सिबे (मेरो हुलाकी)लाइ बोलाए र भने म काम मा गए, साइली आएसी यो चिठी दिनु । हस भनि उ माथि तिर गयो । बेलुका सिबे संग भेट भयो र फुपुको छेडी मा बसी गिलासको तालमा चिठीको कुरा निकाले ! के भो भाइ चिठी दिएउ !!
भोलि पल्ट दिउसो दुइ बजे तिर चाउ-चाउ लिने बहानाले चिठी दिनु पर्यो भनि साइलीको घर तिर लागे । पसलमा साइली हैन आमा हुनुहुदोरहेछ, म नदेखे झैँ गरि फर्किए अनि सिबे (मेरो हुलाकी)लाइ बोलाए र भने म काम मा गए, साइली आएसी यो चिठी दिनु । हस भनि उ माथि तिर गयो । बेलुका सिबे संग भेट भयो र फुपुको छेडी मा बसी गिलासको तालमा चिठीको कुरा निकाले ! के भो भाइ चिठी दिएउ !!
सिबे :- दिए दाई ।
गोर्खे :- ला , अनि के भनि त ?
सिबे :- दाई साइलीलाई त भेटिन आमा लाई दिए ,
...
गोर्खे :- थुइक्क ....को बाहन, गर्नु गरिस
नि अब भागे भैगो नि यहाँ बाट ।
सिबे :- किन गाली गरेको दाई , केइ हुन्न ,
साइलीलाई दिनु भनेको छु , स्कुल बाट रुटिन पठाको भनेर , हे हेहे तेसै दाई पनि...
गोर्खे :- साला जे-जे भने पनि पढिन भने नि
आमा ले ?
सिबे :- हे दाई , अंग्रेजी मा छ बुझ्दिनिन , पिर नगर
गोर्खे :- ए, हो त, बल्ल मन हलुका भयो,
अंग्रेजी मा पो लेखेको त, हा हा हा....
(चिठी सरल भासमा लेखेको थियो तर अंग्रेजी मा)
दिनकै सिबेलाई पठाउदा कुनै खबर ल्याउन सकेन
, साला जानै नसक्दो रहेछ, अनि आफै जाने निधो गरे, जे पर्ला पर्ला...
चाउ-चाउ किन्ने बहाना ले पसल मा पुगे । म संग
फेरी दिउसो तेती फुर्सद नहुने बिहान को पढाई ले गर्दा दिउसो काम गर्नु पर्थ्यो । आधा घण्टा बोल्ने आँट गरे । अनि साइली चाउ-चाउ देउन दुइ पोका, भनि के भन्न भेयाएको थिए सुरु भयो ...
साइली :- के रे , तेरो बाउ गर्न लेखेको यो
चिठी , के सोचिस मलाई, यस्तै चिठी पढी हिड्ने, साले काम छैन, अरुलाई दिएर आइज यो
, हिम्मत हुने ले अगाडी बोल्न सक्दैनस ,
मेरो आखा हेरेको हेरै भयो , अलि अलि रिस पनि
छ तर सास रोकिएको छ , नराम्रो गाली खाइयो । बेकार मा लेखेको जस्तो लाग्यो, तिन
महिना सम्म पछी लागेको के यत्तिका लागि हो त? छि । ओहो ! के सोचेको थिए के भयो... हे
राम !!!...
गोर्खे :- अनि के भो त गालि गर्नु पर्छ “no” हो भने नाइँ भने भैगो नि
, बाउ आमा भन्नु पर्छ, लेख्न नि नहुने ।
साइली :- के लेखेको थिस र कसलाई दिस , आमा ले
पढेको भए , दिदि ले पढेको भए म नबाचेनी हुन्थ्यो ।
म अलि कति भए नि सोच्न बाध्य भए , वास्तबमा
ठिक हो मेरो प्रेम प्रस्ताब राख्ने तरिका नै गलत थियो, तर उपाए पनि त थिएन , अरुलाई विश्वास अनि हतार गर्नु ठुलो गल्ति भाको हो मेरो , यदि दिदिहरु ले थाहा पाएको
भए नराम्रो हुनेरहेछ उनीलाई, sorry !!! भने तर साइली जवाफ खै त ,
साइली :- के को जवाफ ?
गोर्खे :- चिठी को ?
साइली :- च्यातेर फलेको देखिनस...
गोर्खे :- अनि भनन त, म अगाडी नै छु, म तिमिलाई माया गर्छु, मन पराउछु , तिमिलाई मन्जुर छ साइली? खुसिले राख्ने छु तिमिलाई ।
साइली :- कदापी हुन्न , मैले च्यातेर फालिसके
, अब मेरो बाटो नछेक ।
गोर्खे :- बाटो त छेकेको छैन , तेसो भा भैगो
, तिमिलाई म मन पर्दैन भने जबर जस्ती गरेर पनि त् हुन्न नि हैन , कि तिम्रो अरु
नै छ , छ भने भन ?
साइली :- मेरो बारेमा सोधी खोजि नगर , हाम्रो
खानदानमा न थियो, न भाको छ , न हुन्छ नै, तिमि गै हाल...
टनक्क जवाफ सुनिसकेपछि म लुरुक्क परेर घर
फर्किए , केइ खान पनि मन भएन , न बोल्न नै मन लागो . तर एउटा सब्द भने दिमाग मा
घुमी रहेको छ , मैले कहिले तेस्को बाटो छेके र ? म आफु लाई नै थाहा छैन , अनि
उसलाई रिस उठेको मैले चिठी पठाकोमा होइन रहेछ , चिठी दिने तरिका गलत थियो र
तेसकारण रिसाएकी रहिछ , डाडा मा पुगे (म बस्ने ठाउँ) र सिबे को सातो खाए, जे गरेनी भै त सको, गलत तरिकाले चिठी दिएको मा रिसाई सिबे साइली त् ...
सिबे :- हो र दाई, तेसो हो भने त राम्रै पो
भयो त...
गोर्खे :- कसरि ?
सिबे :- जे होस् चिठी पढी , बुझी कि तपाईले माया गर्नु हुन्छ भन्ने, अब नि दाई नयाँ तरिकाले बाटो कुर्ने हो नि त !
गोर्खे :- भैगो अर्काको ठाउँ , हामी कुल्ली ,
काम गर्नको लागि आको छौ , भोलि दया बाया मात्र भयो भने जे पनि हुन सक्छ ! सुत अब...
जाड को नसा मा लगाएको पिरती , कसैलाई नसोधी काल्पनिक सम्झौता गर्नु ठिक होइन रहेछ । अब तेती सजिलो लागेको छैन साइली को पिरतीको कोसेली, तर म त चुर्लुम्म डुबेको छु नि , कसरि निस्कने , न त साइलीलाई कसैले हेरेको देख्न नै सक्छु, न त साइली कसैको भाको नै । बिजोक त मेरो हुनेभो नि । अनेक तरंग को कुराले भित्र भित्रै डर उत्पन्न हुनलागो । यतिकै सकिने भो त साइली संग जोडिएका भावनाका तरंगहरु, दोधार मा परियो ।
आज पछाडीको ब्रेंची मा बसे तेती पढ्ने मन नै
छैन , किनपो होस्त !साइलीको रातो सल हेरिरहे , आज हरियो कुर्ता अनि रातो सल मा
आकी थि , अलि टमक्क परेको कुर्तामा अरु दिनको भन्दा धेरै फरक देखिएकी छ , सबैको
गिद्दे आखाँ तेतै भाको जस्तो महसुस भयो , मन मा फेरी खैला बैला हुन थालो । म उठेर
उ भन्दा पछाडी सधै बस्ने ब्रेंची मा गएर बसे।उनीले पुलुक्क हेरी, हे राम .. मेरो तापमान
एक्कासी हुलुक्क बढेर आयो , लाग्यो कि मलाई केइ भन्न चाहन्छिन , म पनि त सुरिलो,
सुकिलो, कलकलाउदो छु नि , आखिर कता-कता अलि कति भएनी केइ त भाकै छ साइली लाइ , नभय
किन यति राम्री भएर आकी त, सायद म पहिलो व्यक्ति हुन सक्छु उनको जिबनमा प्रेम को
प्रस्ताब राख्ने । उनले पनि त सोचिन होला कोहि त रहेछ, मलाई नियाल्ने , मन भरिएर आयो ।
मेरा आखा ले एक्कासी उनको अगाडी को भागलाई हेरिरयो , टमक्क परेको कुर्ता बाट सबै बाहिर नै पुक्लुक्क निस्केको जस्तो , सबै
सौन्दर्य ढाकियता पनि प्रकृतिका ति अंगले मलाई नै नियालेको भान भएको छ , “भगवान
ले एकदम ढोका थुनेर फ्री समय मा बनाएर भर्खर मेरो लागि नै पठाको ले ग्वाम्म अंगालो हालु जस्तो” .. हैट
के हो यो ? राम्रो लक्षण त हैन है गोर्खे, गिद्दे आखाँ लाई भित्र हाल , आखाँ फिटिक-फिटिक भाको छ , सुनेको थिए यो उमेर नै येस्तै हो । उमेर लाई दोसी ठहराई म आफु
पन्छिएको नाटकीय भान भयो , यसैमा जगेडा कलम छ गोर्खे? भनि एक्कासी साइली ले म संग कलम मागी र मैले लेख्ने गरेको
कलम नै दिए , जगेडा कहाँ थियो र , मन मनै गुनगुनाय साइली तिम्रो लागि
यो ज्यान नै जगेडा हो नि, मागेर हेर ठाउं खाली गरिदिन्छु । खै के ले घोचे
जस्तो भाको छ ..
अबको भबिस्य के हुनेहो साइली, बाचे भने गाउँ घर फिरनी !
भबिस्यको चिन्ता गरेर नरुनु साइली, मरे भने बिदेस नै सिरानी !!!
ट्रेन
को यो यात्रा अलि लामो भाको ले साइली संगको पिरती गाथा अर्को साता क्रमसः
No comments:
Post a Comment