Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले माथ दियो । एकदिवसीय क्रिकेटमा केन्यामाथि नेपालको यो पहिलो विजय हो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेले । उनले ९३ बलमा १ छक्का र चौकासहित ६४ रन बनाए । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । आफ्नो दोस्रो म्याचमै महत्वपूर्ण अर्धशतक हानेका दिपेन्द्रले ६६ बलमा ८ चौका र १ छक्कासहित ६२ रन बनाएका थिए ।
सुरुवाती दुई विकेट सस्तैमा खसेपछि नेपाल दवावमा आएको थियो । ओपनर सुनील धमला र तेस्रो नम्बरमा आएका सागर पुन क्रमशः १ र ५ रनमा आउट भए । तर त्यसपछि ज्ञानेन्द्र र दिपेन्द्रले नेपालको इनिङ सम्हाले । दिपेन्द्र आउट हुँदा नेपाललाई जितका लागि केवल ३१ रनको आवश्यकता थियो ।
पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावकरले केवल ११ बलमा २४ रन बनाए । उनले ३० अाेभरकाे पिहलाे बलमा चाैका र दोस्रोमा छक्का हान्दै नेपाललाई जिताएका थिए । अन्तिम ओभरहरुमा नेपालले चौका र छक्काको वषर्ा गरेको थियो । ‘गेम फिनिसर’का रूपमा परिचित शरदले अाज पनि त्यही भूमिका निभाए ।
केन्याका बलहरुमा ओटिनोले दुई विकेट लिए भने ओबुवाले एक विकेट लिए । अन्य बलरहरु विकेटविहिन रहे ।
यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्टटाइम स्पिनर शरद भेषावकरले चार विकेट लिएर केन्याको इनिङ धराशयी बनाए । उनले ७.१ ओभरमा २८ रन दिएका थिए ।
मेहेबुब आलमले सनसनीपूर्ण बलिङ गर्दै सात ओभरमा पाँच मेडन राखेर दुई विकेट लिए । उनको बलिङमा केन्याका ब्याट्सम्यानले केवल ११ रन बटुल्न सफल भएका थिए । यसैगरी स्पिनर बसन्त रेग्मीले पनि दुई विकेट लिन सफल भए भने सागर पुन र सन्दिप लामिछानेको खातामा एक-एक विकेट रह्यो ।
मेहेबुबले सुरुमै दुई विकेट लिएपछि केन्या दवावमा आएको थियो । तर करिम र ओबुयाले चौंथो विकेटका लागि ७९ रनको पार्टनरसिप गर्दै केन्यालाई खेलमा फर्काएका थिए । सन्दिप लामिछानेले सो पार्टनरसिप तोडेपछि केन्याले म्याचमा आफ्नो पकड गुमाउँदै गयो । म्याचमा नेपालका स्पिनरहरु पूर्णरुपमा केन्याका ब्याट्सम्यानहरुमाथि हावी भएका थिए ।
यो जितसँगै नेपालले च्याम्पियनसीपको शिर्ष चार स्थानमा पुग्ने सम्भावनालाई गणितीयरुपमा जिवित राखेको छ । अब नेपालले हङकङ र यूएइसँग खेल्न बाँकी छ । नेपालले घरेलु मैदानमा खेल्ने यो अन्तिम म्याच थियो ।
No comments:
Post a Comment