आईजीपी मुद्दा अझै पनि किचलो - newsallabc.com

Breaking

Sunday, March 19, 2017

आईजीपी मुद्दा अझै पनि किचलो

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


आईजीपी मुद्दामा बहस शुरु, सोमबार पनि 'हेर्दाहेर्दै' अवस्थामा सुनुवाई हुने





प्रहरी महानिरिक्षक नियुक्ती विवादमा आईतवारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाई शुरु भएको छ । प्रधानन्यायाधीश शुसिला कार्कीसहित न्यायाधिशहरु हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको वृहत पूर्ण इजलाशले मुद्दालाई सोमवार पनि ‘हेर्दाहेर्दै’ सुनुवाई गर्न आदेश दिएको हो ।

आईतवार रिट निवेदकद्वय कपिलदेव ढकाल र डीआईजी नवराज ढकालको तर्फबाट कानून व्यवसायीहरुले बहस गरे । आईतवार नै सरकारी वकिलहरु र जयबहादुर चन्दको तर्फबाट बहस गर्ने तयारी भएपनि निवेदकका तर्फबाटको बहस नसकिएकाले सोमवारलाई सरेको छ ।
आईजीपी विवादको सुनुवाईका लागि इजलाश गठनसँगै महान्याायधिवक्ता रमण श्रेष्ठले अघिल्लोपटक आदेश जारी गर्दा संलग्न न्यायाधीशहरुले त्यही मुद्दा हेर्न मिल्ने/नमिल्नेवारे जिज्ञासा राखेका थिए । त्यसक्रममा प्रधानन्यायाधीश कार्कीले सार्वजनिक सरोकारको मुद्दामा त्यसको कुनै अर्थ नरहने भएकाले सुनुवाई गर्ने बताएपछि बहस शुरु भएको हो । त्यसक्रममै जयबहादुर चन्द पक्षका कानून व्यवसायीहरु इजलासबाट बाहिरिएका थिए । 
सरकारले तेस्रो नम्बरमा रहेका डिआइजी चन्दलाई आइजीपी बनाउन निर्णय गरेपछि कपिलदेव ढकाल र पहिलो नम्बरका डीआइजी नवराज ढकाल छुट्टछुट्टै रिट लिएर सर्वोच्च पुगेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यन्वन नगर्न सुरमा अन्तरकालिन र पछि आन्तरिम आदेश जारी गरेको थियो ।  

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167