त्रिविमा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर - newsallabc.com

Breaking

Sunday, March 19, 2017

त्रिविमा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।






त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ ।  त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य हुने भएको छ । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिष्ट्रेशन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ । त्यसमा पहिलो चरणमा त्रिविले उपत्यका बाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो ।  उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनु पर्ने झन्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको  छ । 

परीक्षा नियन्त्रण कार्यालयले विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम भर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो । परीक्षा नियन्त्रण कार्यालयको कार्य तालिका अनुसार यो अनलाइन प्रणाली अहिलेसम्म शुरु भइसक्नु पथ्र्यो तर प्राविधिक काम अझै बाँकी रहेकाले एक महिना थप गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

‘उपत्यका बाहिरका विद्यार्थीलाई बार्षिक परीक्षा, रजिष्ट्रेशन र ट्रान्सक्रिप्ट लगायतका फारम भर्नका लागि काठमाडौँ आउनुपर्ने झन्झटबाट मुक्ति दिन यो अनलाइन प्रणालीको विकास गर्न थालिएको हो । तर प्राविधिक काम समयमै नसिकिएकाले एक महिनाको समय थप गरेका हौँ । अब छिट्टै अनलाइन प्रक्रिया सञ्चालन गछौँ,’  परीक्षा नियन्त्रक केशवराज बास्तोलाले भन्नुभयो । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सञ्चालनमा ल्याउने अनलाइन बेवसाइटमा आधिरित (वेव बेस्ड) सफ्टवेयर त्रिविले आफ्नै जनशक्तिबाट तयार गर्न लागेको हो । ‘हामी अहिले यो प्रणालीको परीक्षण चार विकास क्षेत्रका पाँच वटा आंगिक क्याम्पसबाट गर्दैछौँ । यसका लागि चाहिने इन्टरनेट र भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) नेपाल टेलिकमसँगको सहकार्यझमा जोड्ने प्रक्रिया अगाडि बढेकोछ’ उहाँले भन्नुभयो ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167