Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । तत्कालिन श्री ३ महाराज मोहन शमसेर जंगबहादुर राणाका नाति पशुपति शम्सेर जबराले जन्मिनासाथ जर्नेलको दर्जा पाएका थिए । रोलवाला राणामा ‘क’ श्रेणीका पशुपति समशेर जन्मिँदै श्री ३ महाराजका दावेदार थिए । त्यसैले उनलाई राणा शासन ढलेपछि पनि नेपाली राजनीतिमा ‘नाति जर्नेल’को नामबाट सम्बोधन गरिन्थ्यो ।
जिजुबाजेको घर अगाडि प्रहरीको कुटाइ खाए पशुपति शम्सेर जबराले
पञ्चायतमार्फत राजनीतिमा प्रवेश गरेका राणाले आफ्नो राजनीतिक जीवनमा राज्य पक्षको दमन कहिल्यै सामना गर्नु परेन । उनले राजनीतिक जीवनमा कहिल्यै आन्दोलन वा सडक संघर्ष गरेनन् । तर, ७७ वर्षको उमेर सोमबार सत्तारुढ दलको शीर्षस्त नेतृत्वको हैसियतमै उनले प्रहरीको लाठी खाए । जुन उनकै शव्दमा ‘राज्य पक्षबाट’ खाएको पहिलो लाठी हो ।
जिजुबाजेकै घर अगाडि लाठी खाए
संयोग पनि कस्तो भने उनकै जिजुबुबा बहादुर शम्सेर जबराको निजी निवास हाल निर्वाचन आयोग रहेको भवनको बाहिर प्रहरीले प्रहार गरेका लाठीको चोटबाट रगत बग्यो । वीर शम्सेर जबराले निर्माण गराएको चार बुर्जा दरबार बिभिन्न कालखण्डमा जुद्ध शम्सेर जबराको हातमा आएपछि जुद्धले आफ्ना छोरा बहादुर शमसेरको अंशमा दिएका थिए ।
बहादुर शम्सेरले नै यो भवनलाई जार बुर्जा दरबारबाट बहादुर भवन नामाकरण गरेका थिए । यहि भवनको अगाडि ‘नाति जर्नेल’को राजनीतिक जीवनमा राज्य पक्षबाट भएको पहिलो दमन थियो, त्यो पनि सत्तारुढ नेताकै हैसियतमा ।
बिजयबासबाट पशुपतिको प्रतिक्रिया
खुट्टामा चोट लागेपछि महारागञ्जस्थित बिजय बासमा आराम गरिरहेका राणाले अनलाइनखबरसँग भने, ‘राज्य पक्षबाट व्यक्तिगत रुपमा भोग्नु परेको यो पहिलो दमन हो, मेरो राजनीतिक जीवनमा २०४८ को चुनावमा कांग्रेस एमालेहरुबाट त ठूलो आक्रमण खेपेको हो । तर, प्रहरीले लाठी हानेको चाहिँ पहिलो नै हो ।’
पञ्चायत व्यवस्था ढल्ने बित्तिकै २०४८ सालको चुनावमा सिन्धुपाल्चोकबाट चुनाव लड्दा पञ्चायत विरुद्धको आन्दोलन जितेका दलहरुले उनीमाथि ठाउँठाउँमा हमला प्रयास गरे पनि प्रहरीले जोगाएको थियो । त्यसअघि र पछि उनले कहिल्यै पनि आन्दोलन गरेनन् । एक प्रकारले भन्ने हो भने जुन व्यवस्था वा शासनसत्ता आए पनि उनी या त सत्तापक्ष भए या त सम्झौतापरस्त राजनीति गरे ।
तत्कालीन राजाले लोकतन्त्रहरण गरेर शाही शासनको नेतृत्व गर्दा पनि उनले अरु दलले जसरी राजा विरुद्ध आन्दोलन गरेनन् ।
राजाले उनको पार्टी नै फुटाएर कमल थापालाई आफ्नो सत्तामा लिदा पनि राजाको कदमप्रति तटस्थता अपनाए । गणतन्त्र स्वीकार गरे तर, आफैं गणतन्त्रको आन्दोलनमा कहिल्यै लागेनन् ।
२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा लगातार सिन्धुपाल्चोक ३ बाट पराजित भएपछि शक्ति र उमेर दुवै कोणबाट कमजोर बन्दै गएका राणाले सोमबारको घटनालाई अप्रत्याशित भने । सायद यस्तो घटना हुन्छ भन्ने बुझेका भए बयोबृद्ध नेता राणा बहादुर भवनमा लाठी खान जाने थिएनन् होला ।
आफूले लाठी खाएर घाइते हुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीबाट आफूले सहानुभूति समेत नपाएको गुनासो पनि राणासँग रहेछ । उनले भने, ‘कुनै कारणबिना आक्रमण भयो र उहाँहरुले फोन गरेर मेरो अवस्थाबारे सोधीखोजी पनि गर्नु भएन ।’
कान्तिपथ झडपका क्रममा प्रहरीको लाठी लागेर उनको खुट्टामा चोट लागेको छ । उनलाई हानेको लाठी छेक्ने क्रममा राप्रपाका एक कार्यकर्ताको अनुहारमै चोट पनि लागेको छ ।
हियरिङ हराएका राणाले ‘हँ ?’ भनेपछि…
पछिल्लो समय शारिरिक रुपमा पनि कमजोर बन्दै गएका राणा कान पनि कम सुन्ने भइसकेका छन् । उनले लाठी खाएर रगत बगेपछि एक प्रहरी अधिकृत ‘सरी सर, थाहा भएन’ भन्दै उनी छेउ पुग्दा राणाले ‘हँ ?’ भनेपछि मात्र उनको हियरिङ मेसिन हराएको थाहा भयो ।
कान कम सुन्न थालेपछि राणाले हियरिङ मेसिन प्रयोग गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ ।
No comments:
Post a Comment