Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गुगलले आफ्नो इमेल सेवा जिमेलमा नयाँ फिचर सुरुवात गरेको छ । यो अपडेटसँगै प्रयोगकर्ताले जिमेलमा प्राप्त भिडियो फाइलहरुलाई सजिलो तथा सुविधाजनक ढंगले हेर्न पाउने विश्वास गुगलको रहेको छ ।
हाल वेब भर्सनमा मात्र उपलब्ध नयाँ फिचर अन्तर्गत अब भिडियो अट्याचमेन्टलाई सिधै स्ट्रिम गर्न सकिनेछ । अर्थात् जिमेलमा प्राप्त भएको भिडियो हेर्नका लागि सुरुमा त्यसलाई पूरै डाउनलोड गर्नुपर्ने छैन ।
जब जिमेल प्रयोगकर्ताले आफ्नो इनबक्समा आएको इमेलमा भिडियो फाइल देख्नेछन् तब सो भिडियो के विषयको रहेछ भन्नका लागि उनीहरुले सिधै भिडियो स्ट्रिम गर्न सक्नेछन् । स्ट्रिम गरेर हेर्दा भिडियो कामलाग्ने रहेछ भनेमात्र त्यसलाई डाउनलोड गर्न सकिनेछ । काम नलाग्ने वा अनावश्यक भिडियो समेत हेरेर पत्तो पाउनकै लागि डाउनलोड गर्नैपर्ने बाध्यता हटेको छ ।
जिमेलमा प्राप्त भिडियो अट्याचमेन्टमा भिडियोको थम्बनेल तथा डाइरेक्ट स्टि्रम गर्ने अप्सन पनि हुनेछ ।
जिमेलमा थप गरिएकेा यो फिचरमा युट्युुब, गुुगल ड्राइभ तथा अन्य भिडियो स्ट्रिमिंग एपमा जस्तै प्रविधि प्रयोग गरिएको हुन्छ जिमेलमा स्ट्रिम गरिने भिडियोको गुुणस्तर उच्चस्तरको हुने दाबी गुगलले आफ्नो ब्लग पोष्टमा गरेको छ ।
आगामी १५ दिनभित्रमा सबै जिमेल प्रयोगकर्ताका लागि यो नयाँ फिचर उपलब्ध हुने बताइएको छ ।
यो महिनाको सुरुमा गुुगलले जिमेलमा अट्याचमेन्ट फाइलको साइजको अधिकतम सिमा बढाएको थियो । जिमेलमा एउटा अट्याचमेन्टमा बढिमा २५ एमबी सम्मका फाइल अट्याच गरेर पठाउन तथा प्राप्त गर्न सकिन्छ । जिमेलमा त्यो भन्दा ठूलो साइजका फाइलहरु अट्याच गर्नुपरेमा त्यो गुगल ड्राइभमा सेभ भएर प्रापकसँग शेयर हुन्छन् ।
तर गुुगलले जिमेलमा प्राप्त गर्न सकिने फाइलको साइज दोब्बरले बढाएर ५० एमबी पूराएको छ । यसको अर्थ अब अन्य इमेल प्रयोगकर्ताले पठाएका ५० एमबी सम्मका फाइलहरु जिमेल प्रयोगकर्ताले जिमेलमै सोझै प्राप्त गर्न सक्दछन् । तर जिमेल प्रयोगकर्ताले फाइल अट्याच गरी पठाउने साइज भने २५ एमबी नै कायम छ । र २५ एमबी भन्दा ठूला फाइल जिमेलमा अट्याच गरेर पठाउनुपरेमा गुगल ड्राइभको प्रयोग गर्नुपर्दछ ।
जिमेलमा एउटै इमेलमा प्राप्त गर्न सकिने फाइलको साइज बढाएजस्तै पठाउन सकिने फाइलको साइज पनि बढाएमा जिमेल प्रयोगकर्ता खुसी हुनेथिए । तर यसले गुगलको अर्को सर्भिस गुुगल ड्राइभका प्रयोगकर्ता भने घटाउने छ ।
No comments:
Post a Comment