Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
लन्डन, (एजेन्सी)
बेलायतले युरोपेली संघबाट अलग हुने प्रक्रिया आधिकारिकरूपमा मार्च २९ बाट शुरु गर्ने घोषणा गरेको छ। बेलायती प्रधानमन्त्री टेरिजा मेका प्रवक्ताले आगामी बुधबार यस विषयमा सन्धिको अनुच्छेद ५० अन्तर्गत यसको थालनी हुने बताएका छन्।
प्रधानमन्त्री कार्यालयले युरोपेली संघका २७ सदस्य देशलाई यस विषयमा पत्राचार गर्ने जनाएको छ। त्यसपछि बेलायतसँग छलफलका लागि २ वर्षको समय हुने र त्यसमा ईयूबाट बाहिरिने सर्तका विषयमा वार्ता गर्न सकिने जनाइएको छ।
९ महिना अगाडिको जनमत संग्रहको नतिजाको पालना गर्ने क्रममा यो कदम उठाएको हो। उक्त जनमत संग्रहमा ५१ दशमलव ९ प्रतिशत बेलायतीले बेलायत युरोपेली संघबाट अलग्ग हुनुपर्ने पक्षमा भोट दिएका थिए।
अनुच्छेद ५० अनुसार बेलायत आधिकारिकरूपमा युरोपेली संघलाई आफू अलग हुने विषयमा उल्लेख गरिएको छैन। यस विषयमा सर्त तथा भविष्यका सम्बन्धमा छलफल गर्न पनि अनुमति दिएको छैन। यदि सबै योजनाअनुसार भएमा आधिकारिकरूपमा निर्धारित २ वर्षको छलफलपछि सन् २०१९ मार्चसम्ममा ब्रेक्सिट कार्यान्वयन हुनेछ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको एक विज्ञप्तिमा आधिकारिक सूचनापछि बाँकी २७ सदस्य देशले आफ्नो सर्तमा सहमति दिने र ४८ घण्टामा आफूले पनि प्रतिक्रिया दिने अपेक्षा गरिएको छ।
सरकार सकेसम्म चाँडो वार्ता प्रक्रिया शुरु होस् भन्ने चाहेको तर सदस्य देशले आफ्नो स्थिति तय गर्ने समय पनि पाउनुपर्ने एक जना प्रवक्ताले बताए। प्रधानमन्त्री टेरिजाले गत वर्ष आफूले बे्रक्सिटको अधिसूचना जारी गर्न चाहेको बताएकी थिइन्।
No comments:
Post a Comment