आन्दोलनमा उत्रिने रणनीति तय गर्न मधेसी दल आन्तरिक छलफलमा - newsallabc.com

Breaking

Friday, March 3, 2017

आन्दोलनमा उत्रिने रणनीति तय गर्न मधेसी दल आन्तरिक छलफलमा

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


चुनाव बिथोल्ने रणनीतिमा मोर्चा



सरकारले संशोधन विधेयक थाँती राखेर स्थानीय चुनावमा जानुपर्ने बताएपछि आन्दोलनमा उत्रिने रणनीति तय गर्न मधेसी दल आन्तरिक छलफलमा जुटेका छन्। तमलोपा, सद्भावना र राष्ट्रिय मधेस सद्भावना पार्टीले बिहीबार आन्दोलन तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेका छन्। ती दलको बैठकले यस्तो निर्णय गरेको हो।
तमलोपा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले काठमाडौंमा रहेका केन्द्रीय नेताहरूलाई शुक्रबारदेखि  जिल्ला जान निर्देशन दिए। जिल्ला–जिल्ला पुगेर स्थिति बुझ्न  उनले केन्द्रीय नेताहरूलाई अराएका छन्।  तमलोपा बैठकले संविधान संशोधनबिना गरिने चुनाव बिथोल्न प्रतिकारमा जुट्ने निर्णय गरेको छ।
'पार्टी अध्यक्ष्यज्यूले केन्द्रीय नेताहरूलाई काठमाडौंमा नबसी जिल्ला जान निर्देशन दिनु भएको छ', बैठकपछि तमलोपा सहमहामन्त्री राकेश मिश्रले भने, 'आन्दोलनको तयारी गर्न गाउँगाउँमा जान उहाँले हामीलाई भन्नुभएको छ।'
स्रोतका अनुसार बैठकमा ठाकुरले प्रधानमन्त्रीसँग भएका वार्ताको विस्तृत  जानकारी गराएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल जसरी भए पनि चुनाव गराउने मुडमा देखिएको ठाकुरले बताएका थिए।
ठाकुरले परिमार्जनसहित संशोधन विधेयक पास नभएसम्म चुनाव हुन नसक्ने र सरकारले जबरजस्ती गरे बिथोल्ने  बताएका थिए। 'बैठकले संशोधन विधेयक पास नभए वैशाख ३१ गते गर्ने भनिएको स्थानीय चुनाव गर्न नदिने निर्णय गरेको छ,' मिश्रले भने।
यसैगरी सद्भावना पार्टी केन्द्रीय समितिले शान्तिपूर्ण तथा अहिंसात्मक आन्दोलन गर्ने निर्णय गरेको छ। समितिले आन्दोलनको रुपरेखा तयार गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ। सरकारले संशोधन विधेयक पास नगरीकनै चुनाव गर्न खोजेको निष्कर्ष बैठकले निकालेको छ। 'बैठकले अहिसात्मक तथा शान्तिपूर्ण आन्दोलनको रुपरेखा तयार गर्न मातहतका  समितिलाई निर्देशन दिएको छ,' पार्टी महासचिव मनीष सुमनले भने।
बैठकमा अध्यक्ष राजेन्द्र महतोले  प्रधानमन्त्री द्विविधामा फसेको जानकारी गराउँदै शान्तिपूर्ण आन्दोलनबाटै मधेस मुद्दा सम्बोधन गर्न सरकारलाई बाध्य बनाउने बताएका थिए।
राष्ट्रिय मधेस समाजवादी पार्टी केन्द्रीय समितिको बैठकमा पनि आन्दोलनबारे छलफल भयो।  भण्डाफोर अभियानपछि मोर्चाले सशक्त कार्यक्रम तय गर्नुपर्ने धारणा बैठकमा नेताहरूले राखेका थिए। 'सशक्त आन्दोलनमा जाने निर्णय भएको छ। आन्दोलनबाहेक अब अर्को विकल्प नै छैन,' पार्टी महासचिव केशव झाले भने। 
फोरम नेपाल स्वविय चुनावमा
स्ववियु चुनावमा भाग नलिने मधेसी मोर्चाको निर्णय उल्ट्याउँदै संघीय समाजवादी फोरम नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरम नेपालले  पहाडी जिल्लामा स्ववियु चुनावमा भाग लिएको छ। समाजवादी विद्यार्थी फोरमले मधेसमा स्वविय चुनाव बहिष्कार गरेको छ भने पहाडी जिल्लामा भाग लिएको छ। उदयपुर र धरानका क्याम्पसमा केही सिटमा फोरम नेपालले  विजय हासिल गरेको छ।
समाजवादी विद्यार्थी फोरम नेपालका पूर्वअध्यक्ष्य तथा पार्टी केन्द्रीय सदस्य अशोक यादवले फोरम नेपालले मधेसका क्याम्पसमा स्ववियु चुनाव बहिस्कार गरे पनि  पहाडी जिल्लामा भाग लिएको बताए। 'मधेसमा बहिष्कार गर्ने पार्टीको निर्णय हो। पहाडी जिल्लामा बहिष्कार गर्ने निर्णय पार्टीले गरेको छैन ,' उनले भने।
फोरम नेपालका उपाध्यक्ष्य लालबाबु राउतले भने स्वविय चुनाव बहिष्कार गर्ने निर्णय मोर्चाले नगरेको बताए। 'स्ववियु चुनाव बहिष्कार गर्ने निर्णय मोर्चाले गरेको छैन,' राउतले भने।
सद्भावना पार्टी महासचिव मनीष सुमनले भने स्वविय चुनाव बहिष्कार गर्ने मोर्चाको निर्णय भएको बताए।
संघीय समाजवादी फोरम नेपालले  निर्वाचन आयोगमा स्थानीय चुनाव प्रयोजनका दल दर्ता गराएको छ। मोर्चाका अन्य दल भने दर्ता भएनन्।
२० फागुन 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167