होली हंगामाः किन र कसरी खेल्ने ? उल्लासमा रम्यो राजधानी - newsallabc.com

Breaking

Sunday, March 12, 2017

होली हंगामाः किन र कसरी खेल्ने ? उल्लासमा रम्यो राजधानी

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौं । थरीथरी रङको उल्लासमय पर्व होलीको रौनक राजधानीमा आइतबार बिहानैदेखि सुरु भएको छ । बालबालिकादेखि अधबैंसेसम्म टोल-छिमेकका साथै सडक र चौकमा भेला भई आपसमा रङ र अबीर दलेर होली खेलिरहेका छन् ।

आपसी हार्दिकता र भ्रातृत्वको यो पर्वमा रङको माध्यमबाट सर्वसाधारणहरु आत्मीयता साटिरहेका देखिन्छन् । होलीको चीर गाडिएको ठाउँ वसन्तपुर दरबार स्क्वायरमा सामूहिक रुपमा होली मनाउनेहरुको लर्को थामिनसक्नुको छ । पर्यटकीय क्षेत्र ठमेलमा विदेशी पर्यटकहरु पनि होलीमा झुमिरहेका छन् ।

कल्पना गरौं, यदि रंगको अस्तित्व नहुँदो हो त कस्तो हुन्थ्यो होला ?


संसार श्यामश्वेत हुन्थे होलान् । उसैगरी हाम्रा खुसीहरु खुम्चने थिए होलान्, उमंगहरु साँघुरिने थिए होलान् । जीवन निस्सार लाग्दो हो ।
रंगबिरंगी फूलहरु देख्दा हाम्रो मन फुरुंग हुन्छ । सप्तरंगी इन्द्रधनुष देख्दा खुसीले उद्वेलित हुन्छ । रंग छ, त्यसैले हामी सप्तरंगी जीवन व्यतीत गरिरहेका छौं  ।
सूर्यको किरण नै रंगको स्रोत भएको वैज्ञानिक तथ्य छ । सूर्यको ज्योतिमा बिभिन्न सात रंग प्रकट हुन्छ, बैजनी, नीलो, हरियो, आकासे, पहेंलो, रातो र सुन्तले ।  ऋषिमुनिहरुले पनि सूर्यको किरणमा सात रंग हुन्छ भन्ने तथ्य बुझेका थिए । सूर्यको सप्तरंगी किरणको शक्तिलाई आत्मसात गरेर उनीहरुले सूर्य चिकित्सा पद्दतिको विकास गरेको पाइन्छ ।
होलीको आगमन
यतिबेला बसन्त ऋतुको आगमन हुँदैछ । यो मनमोहक ऋतुसँगै रुख-बुट्यानमा नयाँ पालुवा पलाउन थाल्छ । कोपिलाहरु फर्कन थाल्छ । बसन्ती हावामा फूलहरु बयेली खेल्न थाल्छ । चारैतिर हरियाली छाउँछ ।
र, यही समय हामी होली पर्व मनाउँछौं । रंगै रंगको पर्व, होली । होलीको सांकेतिक अर्थ हो, जीवन पनि होलीको रंगजस्तै रंगीन हुनुपर्छ ।
होली किन मनाउने ?
सामाजिक दृष्टिले, यो एकता र भाइचाराको पर्व हो । सांस्कृतिक कोणबाट हेरौं वा वैज्ञानिक,  उत्तिकै अर्थपूर्ण छ, होली । निराशा र उदासीनता त्यागेर जीवनलाई उल्लासमय बनाउने माध्यम पनि हो यो ।
‘असत्यमाथि सत्यको जीत हुन्छ’ भन्ने पौराणिक सन्देश बोकेको छ होलीले । विष्णुभक्त प्रह्लादलाई आफ्नै पिता हिरण्यकश्यपले मार्ने योजना बनाउँछन् । यसका लागि आगोमा नजल्ने होलिकालाई प्रयोग गरिन्छ । अतः प्रह्लादलाई काखमा रखोर होलिका अग्निकुण्डमा होमिन्छन् । तर, अग्नीले होलिकालाई भष्म गर्छ प्रह्लाद जीवित रहन्छ ।
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका बिजय गरेसँगै होलीको परम्परा सुरु भएको मानिन्छ । खासगरी नेवार समुदायले बसन्तपुर दरबार अगाडि रंगबिरंगी कपडा झुन्ड्याएर बनाइएको तीन छत्रे चीर गाडेपछि विधिवत् होली प्रारम्भ भएको मानिन्छ । फागुन शुक्ल अष्टमीमा गाडिने तीर पूणिर्माको रात ढालेर टुँडीखेलमा पोलिएपछि होली समाप्त हुन्छ ।
भक्तपुरमा जगतप्रकाश मल्लको समयमा वनेको दत्तात्रय मन्दिरसंगै रहेको भैरब मन्दिरमा लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । यसलाई भीमसेनको लिंग र कपडाबाट बनेको प्वाललाई द्रौपतीको योनीका रुपमा चित्रण गरिन्छ ।
कसरी खेल्ने होली ?
एकअर्कामा अबीर दलेर होली खेलिन्छ । यसका लागि गुणस्तरीय अबीर प्रयोग गर्नुपर्छ । सकेसम्म प्राकृतिक रंगहरु बनाएर होली खेल्नु बढी अर्थपूर्ण हुन्छ । घरेलु बिधीबाट रंगहरु तयार गर्न सकिन्छ ।
होली आपसी सद्भावको पर्व हो । त्यसैले कसैलाई जबरजस्ती पानी छ्यापेर, लोला हानेर होली मनाउनु आफैमा मूर्खतापूर्ण हो ।
होली मैत्रीपूर्ण हुनुपर्छ । आफन्त, साथीभाइलाई निमन्त्रणा गरेर होली खेल्न सकिन्छ । यसका लागि पूर्व तयारी गर्नैपर्छ । खासगरी खुला स्थानमा होली खेल्नु उपयुक्त हुन्छ । खेल्ने स्थानमा चोटपटक लाग्ने कुनै बस्तु छ/छैन हेर्नुपर्छ ।
  • गुणस्तरीय एवं सुख्खा अबीरले होली खेल्ने । यसले स्वास्थ्यमा हानी गर्दैन र शरीरमा लागेको रंग हटाउन पनि सजिलो हुन्छ ।
  • गुणस्तरीहन रंग, मेटालिक रंग प्रयोग नगरौं ।
  • कसैले रंग दल्न खोजे आँखा बन्द गर्नुपर्छ । यदि आँखामा रंग पर्‍यो भने तुरुन्तै सफा पानीले पाखाल्नुपर्छ ।
होली खेल्नुअघि के गर्ने ?
  • होली खेल्नका लागि अलि पुरानो तर पुरै शरीर ढाक्ने परिहन उपयुक्त हुन्छ ।
  • कपडाले नछोपिएको भाग, हात, खुट्टा, अनुहार आदिमा कुनै लोसन लगाउनुपर्छ । क्रिमको लेयरले छालालाई रंगको सोझो असर पर्न दिदैन । साथै घामको किरणबाट पनि जोगाउँछ ।
  • केसमा तेल लगाउनुपर्छ । महिलाहरुले केस बाँध्नु राम्रो हो ।
  • हातमा रंग खेलाइने भएकाले नङ जोगाउनका लागि नेलपोलिस लगाउन सकिन्छ ।
होलीको रंग कसरी हटाउने ?
  • सुख्खा अबिरले खेलिएको छ भने त्यसलाई कपडाले पुछ्नुपर्छ, पानीले भिजाउनुहुँदैन ।
  • केशमा लागेको रंग हटाउनका लागि काइयोले कोरेर स्याम्पु प्रयोग गरी नुहाउनुपर्छ ।
  • रंग बिस्तारै हटाउनुपर्छ, छालामा रगड्नु हुँदैन ।
  • अनुहारमा लागेको रंग हटाउन तातोपानीको बाफ लिन सकिन्छ । यसले अनुहारको रोमछिद्र खुल्छ र रंग सजिलै हट्छ ।
घरेलु विधि के छ ?
  • बेसनमा कागती र दूध मिसाएर पेष्ट बनाउनुपर्छ । त्यसलाई छालामा दलेर केही क्षण राख्ने र त्यसपछि बिस्तारै सफा पानीले धुनुपर्छ ।
  • मुलाको रस निकालेर त्यसमा दूध, बेसन र मैदाको मिश्रण बनाउने । यस्तो मिश्रणले सफा गर्दा छालामा चमक आउँछ ।
  • काँक्राको रसमा थोरै गुलाबजल राखेर सफा गर्न सकिन्छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167