Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
‘भारतले दम्भ देखाउनुहुन्न’
एमाले अध्यक्ष केपी ओलीले कञ्चनपुरमा नेपालीको हत्या गरेर भारतले ठूलो मुलुक भएको दम्भ देखाएको आरोप लगाएका छन् । पार्टीले सञ्चालन गरिरहेको मेची–महाकाली अभियानअन्तर्गत शनिबार नारायणी किनारमा आयोजित सभालाई सम्बोधन गर्दै स्थानीय तहमा नभई केन्द्रीयस्तरबाट भारतसँग वार्ता गरेर क्षतिपूर्ति भराएर माफी मगाउनुपर्ने उनले बताए ।
‘यो सबै बलियो छु भन्ने भारतको दम्भ र घमण्ड हो,’ उनले भने, ‘बलियो छु भन्दैमा सिमानामा पस्न पाइँदैन, जुन अन्तर्राष्ट्रिय कानुनविपरीत हो ।’ भारतीय थिचोमिचोविरुद्ध खाली हात उभिएकाले गोविन्द गौतम सहिद भएको उनको भनाइ थियो । जातजातका नाममा, भूगोल भूगोलको नाममा विभाजन गरी द्वेष फैलाउने कोसिस भइरहेको उनले बताए ।
‘हाम्रो अभियान जारी रहनेछ,’ उनले भने, ‘हामी हिंसा चाहँदैनौं, तर हामीलाई कसैले शान्तिपूर्ण संवैधानिक अधिकार प्रयोग गर्नबाट रोक्न खोजे त्यसको परिणाम चर्को हुने चेतावनी दिन चाहन्छौं ।’
‘उपद्रवकारी तत्त्व र हिंसावादीहरू नेपालीलाई चाहिएको छैन,’ उनले भने, ‘कसैलाई चाहिएर खोलेका, कसैले पालेका, कसैले चलाएका पार्टी नामका गिरोहहरू एमाले तराई आए मारिदिन्छौं भनिराखेका छन्, मर्नुपरे मरौंला, तर हामी यो देश बनाएर छाड्छौं भनेर हिँडिरहेका छौं,’ उनले भने, ‘एमाले ज्यान जोगाउन खुसुक्क कुनातिर पस्ने पार्टी होइन ।’ एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
वैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने र मंसिर महिनासम्ममा प्रदेशको चुनाव भइसक्नुपर्ने उनले बताए । ‘मधेसी जनताले जहिले पनि नेपाली भूमिको रक्षा गरेका छन्, त्यसैले मधेसी जनतालाई नेपाली होइन भनेर कसैले भारतीय मूलको भन्छ भने हामीलाई दु:ख लाग्छ’, उनले भने, ‘तराईमा बस्ने जनसमुदाय कुनै अर्को मूलका होइनन्, नेपाली मूलका मधेसी हुन्, मधेसी मूलका नेपाली हुन् ।’
एमाले उपाध्यक्ष वामदेव गौतमले जनताको घरदैलोमा बसेको एमालेलाई समाप्त गर्न कसैले पनि नसक्ने बताए । ‘निर्वाचन हुँदैछ स्थानीय तहको निर्वाचनमा एमालेले दिग्विजय हासिल गर्छ,’ उनले भने, ‘एमालेलाई कसैले पनि हराउन सक्दैन, केन्द्रीय चुनावामा पनि बहुमत हासिल गर्नेछौं ।’
‘चुनाव नचाहनेबाट अवरोध’
नवलपरासीको कावासोतीमा शनिबार अपराह्न आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले चुनावसँग डराएका तत्त्वले मेची–महाकाली अभियानलाई बिथोल्न खोजेको बताए । एमालेको निर्वाचन अभियानमा सर्वसाधारणको बाक्लो सहभागिता देखेका अराजनीतिक तत्त्वले आमसभा बिथोल्ने प्रयास गरेको भन्दै त्यसको डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिए । ‘सांसदको भत्ता खाने अनि तराईमा आएर ढुंगामुढा गर्ने झुसेबारुलाले एमालेको लोकप्रियता देख्न सकेनन्,’ उनले भने ।
‘मोर्चाको चरित्र उदांगियो’
हेटौंडा– एमालेका वरिष्ठ नेता एव पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजविराज घटनाले मधेसी मोर्चाको अलोकतान्त्रिक र आपराधिक चरित्र उदांगो भएको बताएका छन् । लोकतन्त्रमा शान्तिपूर्ण ढंगले आफ्ना विचार र अभिव्यक्ति जोसुकैले राख्न पाउने अधिकारलाई मधेसी मोर्चाले खोस्ने प्रयत्न गरेको आरोप लगाए । एमाले वडा कमिटीले निर्माण गर्न लागेको मदन–आश्रित भवनको शनिबार शिलान्यास गर्दै वरिष्ठ नेता खनालले राजविराज घटना अलोकतान्त्रिक र आपराधिक मनोवृत्तिको भएको बताए ।
‘एमालेलाई कसैले रोक्न सक्दैन’
एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई नेपालको कुनै पनि भूभागमा गएर शान्तिपूर्ण ढंगले सभा र सम्मेलन गर्न कसैले रोक्न नसक्ने बताए ।
एमालेलाई रोक्न खोज्नेहरू आफैं कालान्तरमा बढारिने उनको भनाइ छ । यहाँस्थित टिम टेलिभिजन र मकवानपुर सामुदायिक भिजन प्रालिको संयुक्त रूपमा नवनिर्मित भवन उदघाटन एवं केबुल टेलिभिजन सेवाको शनिबार शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री नेपालले मधेसी मोर्चाका नेताहरू लोकतन्त्र विरोधी भएको राजविराजको घटनाले पुष्टि गरेको आरोप लगाए । धरातल कमजोर भएकाहरूले अरूको तर्क सुन्न नसक्ने बताउँदै नेपालले भने, ‘एमाले शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने पार्टी हो ।’ हत्या, हिंसा, आतंक र बलजफ्तीले जनताको मन जित्न नसकिने उनको तर्क छ । उनले वर्तमान गठबन्धन सरकारले राष्ट्रघाती काम गरिरहेको आरोप पनि लगाए ।
No comments:
Post a Comment