किन प्रधानमन्त्री दाहालले भोलि सबै पूर्वप्रधानमन्त्रीलाई भेट्ने ? - newsallabc.com

Breaking

Wednesday, March 22, 2017

किन प्रधानमन्त्री दाहालले भोलि सबै पूर्वप्रधानमन्त्रीलाई भेट्ने ?

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




काठमाडौँ, उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्नुहुने भएको छ ।
चीनमा रहँदा प्रधानमन्त्रीले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ताका विषयमा सुझाव लिने उद्देश्यले उहाँहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०–१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल बिहीबार राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सो क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सि चिन फिनसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ ।
सम्मेलनमा सहभागी हुने विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख तथा प्रतिनिधिसँग बहुपक्षीय एवम् द्विपक्षीय बैठकसमेत हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनुपर्ने विविध विषय आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ । बिहीबार बिहान ९ बजे बालुवाटारमा हुने पूर्वप्रधानमन्त्री र विज्ञको बैठकमार्फत सुझाव लिने कार्यक्रम तय भएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयो । रासस 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167