बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरको नेपाल भ्रमण तयारी - newsallabc.com

Breaking

Friday, March 3, 2017

बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरको नेपाल भ्रमण तयारी

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरको स्थगित नेपाल भ्रमण आगामी मे मा गर्न लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । बुधबार राजदूत डा. दुर्गाबहादुर सुवेदीले रक्षामन्त्रीलाई उनकै कार्यकक्षमा भेटी अन्तिम समयमा स्थगित भ्रमण मेतिर गर्न आग्रह गरेका हुन् । ल्यानक्यास्टर ५ दिने भ्रमणका लागि गत फेब्रुअरी ६ मा नेपाल उड्ने तयारी थियो । तर, अन्तिम समयमा संसद्मा ईयूबाट बेलायत बहिर्गमन (ब्रेक्जिट) बहसले व्यस्त हुनुपरेको जनाउँदै ल्यानक्यास्टरले भ्रमण स्थगित गर्नुपरेको जानकारी गराएका थिए ।
यसैबीच, मन्त्री ल्यानक्यास्टरले नेपाली दूतावासले मार्च १४ देखि २० सम्म गर्न लागेको साताव्यापी बेलायत–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्षगाँठ समापन समारोहमा आतिथ्य स्वीकार गरेका छन् । कार्यक्रम समापनका दिन २० मार्चमा मन्त्री दूतावास आउने भएका हुन् । साताभर बेलायत–नेपाल सम्बन्धबारे अन्तक्र्रिया, खाना, संगीत र साहित्यिक महोत्सव, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, भिजिट नेपाल युरोप २०१७ अभियान उद्घाटन, नेपाली हस्तकला प्रदर्शनी व्यापार एवं लगानी अन्तक्र्रिया, १३ भीसीको तस्बिर अनावरण आदि गरेर दौत्य सम्बन्धको दुई सय वर्षगाँठ समापन गर्ने तयारीमा दूतावास छ ।
दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरणले रक्षामन्त्रीसितको भेटमा दूतावासका तर्फबाट भूपू गोर्खाहरूले राख्दै आएका समस्या र प्रमुख मुद्दाबारे पुन: स्मरण गराइएको जानकारी दिए । उनका अनुसार त्यस विषयमा मन्त्रीले सकारात्मक धारणा राखेका छन् । 

२० फाल्गुन

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167