“ गोर्खेको कालो भर्ति ” (French Army) भाग ३ -“ ११ यूरोको whisky र कुखुराको पांग्रा ”- - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Monday, February 27, 2017

“ गोर्खेको कालो भर्ति ” (French Army) भाग ३ -“ ११ यूरोको whisky र कुखुराको पांग्रा ”-

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




"यो कथा यथार्त जिबनमा घटित वास्तविक जिबन लाई केलाएर रचेको हो !"




“ गोर्खेको कालो भर्ति (French Army) - भाग ३


११ यूरोको whisky र कुखुराको पांग्रा

whiskey+chiken

कता कता मलाइ डर लागिरहेको छके साइली ले सुनको चुरा बेच्ली त” ?


मैले बुझे अनुसार अनि, मलाई भने अनुसार ६ देखि ९ महिना सम्ममा इटालीको कागज पाइन्छ रे   इटाली सरकारलाई तिर्ने कर तिरे पछी आफै आउछ रे document(soggiorno) भनेर सुनेको थिए के सहि हो त ? मनमा अनेक कुरा खेल्न थाल्यो   थोरै बहुत यो सम्बन्धि जानेका उनै दाइ थिए, आज राति सबै जानकारी लिने सुरमा ११ यूरो को whisky  र कुखुराको पांग्रा लिएर कोठा छिरे   आज त दाइ नि एक्लै, बाँकि सबैजना लाहुरे हुन गइसकेका रहेछन   यूरोपको बाँकी जानकारी आजै लिनपरो  लगभग ७ बजेको हाराहारीमा दाइले सितन तयार गर्नुभयो र हामी रमाइलो गर्न तिर लागेउ  मलाई कुरा सुन्नु थियो, सकेसम्म इटाली को document(soggiorno) कागजको सम्बन्धमा   बस्ने र खाने बन्दोबस्त गरिदिए झनै राम्रो खै के हुने हो, काम को चपेटा मा सबै उल्टो पो हुनेहो कि , कहाँ बाट सुरु गरु , के भनु , दुइ प्याक सकिए पछी कुरा निकाल्नु पर्ला !

whisky को ताल मा दाइ अलि मस्ती को मुडमा थिए , यही मौका छोप्नु परो भनि भन्न मात्र के आटेको थिए, सुरु दाइ बाट भयो  

दाइ :-  भाइ पैसाको बारेमा कुरा भो त ?

गोर्खे :-  कुरा गरेको छु दाइ 

दाइ :-   यूरोपमा नेपालबाट पैसा सजिलो आउदैन नि भाइ, अगाडी नै भन्नु पर्छ, बुझेउ !  पठाउन सजिलो छ झिकाउन अप्ठ्यारो हुन्छ नि !

गोर्खे :-  हुन्छ दाइ भएपछि तपाई लाइ भन्छु   (सबै नसा उत्रेला जस्तो हुने भो अब अरु नै बिषयको कुरा गर्नु पर्ने ठाऊमा कहाँ पैसा को कुरा बिचमा ल्यायो?!)

दाइ :-  भाइ कति मगाउन आटेको ? पैसा मेरो घरमा दिन भन्नु म तिमिलाइ यहाँ दिन्छु , नभए गारो हुन्छ तिमिलाइ 

गोर्खे :- दाइ पैसा त छैन, गरगहना बेच्न भनेको छु, भोलि थाहा हुन्छ ,  भए पछी भन्छु नि 

दाइ :- सुन्दा दु:ख लाग्यो भाइ   सुरु सुरुमा मेरो नि यस्तै हविगत थियो   अहिले अलि राम्रो भाको छ, खुसि छु 

गोर्खे :- अनि, नि दाइ नेपालमा त्, ति धन्दावालाहरुले त्, जाने बित्तिकै आर्मी भइन्छ , तपाइले लगादिनुहुन्छ भनेर सारै राम्रो अनि सजिलो तरिकाले बुझाउछन नि 

दाइ :- लगाइदिनु चै हैन, लगीदिनु हुन्छ चै, भनन यार ! मेरो ससुरा छर  ! लगाउन लाइ ! तेत्रो क्षेमता भएत म आफै हुन्थे होला नि !, कि कसोत्यो आधा बाटो सम्म पुराको ३० हजार दिन्छन भाइ अनि दुइ रात सुताई पनि दिन्छु   जसो तसो मेरो चलेकै छ 

गोर्खे :- दाइ अब नेपाल फर्केर जाउ, भने कसरि जाने? ऋण धेरै छ तिर्नै परोकसरि तिर्ने, नजाऊ भने तपाई लाइ भन्दा अरुलाई चिनेको छैनथोरै समय मा दाइ सब्दको साइनो गासेको छु   यहाँ त् बसेको दिन बाट पैसा को मिटर घुम्न सुरु हुँदो रहेछ दाइ   साइली लाइ भनेको छु , भोलि के हुन्छ खै । केइ नगरी, केइ नखाई, कतै नहिड़ी र कोइ संग नबोलीकन दस दिनमा दस लाख भन्दा माथि सिद्दीयो , इटाली गएर के होला र दाइ ?

दाइ :- भाइ दु:ख सबै को हुन्छ, कसैले भन्छन कसैले भन्दैनन   कोहि हासेको छ भन्दैमा, उसलाई पिडा छैन भनेर नसम्झिनु  कोहि बोल्दैन भन्दैमा ! उ लाटो छ भनेर नसम्झिनु  !  हाम्रो देस बाट यूरोप आउने सजिलो बाटो यहिनै हो   अब पछी हट्ने र बिगतक कुरा लाइ सम्झेर उदासिनु हुन्न भाइ   आगाडी जे छ तेसैलाई स्विकार्नु पर्छ. इटाली जाने निर्णय गरेको छौ राम्रो हो भाइ , पैसा को बेबस्था भएपछी जानु   टिकेट को बेबस्था म गरिदिउला र इटालीमा मेरो साथीलाइ फोन पनि गरिदिउला  उसले तिमीलाई इटाली document(soggiorno) को बारेमा सबै राम्ररी बुझाइदिन्छ   के थाहा भोलि के हुन्छ ? !  
अरे भाइ तिमि त, भाबुक पो भएउ त !  जिउदो छौ तेही ठुलो कुरा हो, नौजवान , हट्टाकट्टा अनि पौरखी छौ भबिस्य उज्जल छ  


गोर्खे :- दाइ ठुलो हिम्मत दिनुभो , thank you ,, अब यहाँ सम्म आए "ID" document(soggiorno)  नलिकन फर्कन्न दाइ, हैट !!

दाइ :-  हा हा हा , भाइ "ID" हैन visa हो ! पछी थाहा पाउछौ ,  पहिला इटाली त् पुग !

गोर्खे :-  होर दाइ !!

दाइ :- भाइ यहा त यूरोपको Card नपाउनेले busको महिनेवारी  सवारी Card  समेतलाई Europe को  "ID" कार्ड भनेर स्वास्नी लाइ देखाउने गर्छनतिमि चाइ तेसो नगर्नु है .. हा हा  



Italy

मानब सभ्यताको विकास अनि बिकासको सुरुवात भएको सहर रोमcapital of Italy since 1870   रोमको सभ्यता हामी सबैले पढेकै हो   home of the Catholic Church इसाई धर्मको देस भनेर चिनिने Vatican city पनि यही पर्दछ।

vatican+city


ART AND CULTURE

rome+foto

Colosseo

colossio

पानि माथिको सहर भेनिस "City of Water," "City of Masks," "City of Bridges," "The Floating City," and "City of Canals."
venis


प्रेमको आभास दिलाउने सहर Verona जहाँ romeo and Juliet को प्रेमको गाथा गाइन्छ 

r+n+j

फेसन सिटि मिलान "MILANO CITY",
milano

ढल्केको टावर पिसा
pisa

तेसै गरि Galileo Galilei (1564–1642), Leonardo da VinciCristoforo Colombo जस्ता धेरै बैज्ञानिक हरु भएको देस सारै नै एतिहसिक र रमणीय छ   तिमि सारै प्यारो रहेछौ, साचो रहेछौ सफलता नै सफलता मिल्ने छ तिमि लाइ , सुभ रहनेछ तिम्रो यात्रा अब सुत  

थोरै भए पनि दयालु रहेछन दाइ  टिकेट अनि बस्ने बेबस्था गरिदिय, मन भरिएर आयो   तिम्रो पनि जय होस् !!

अब भोलि साइलीले पैसाको बन्दोबस्त गरिभने इटाली जान्छु , सब को जय भाको ठाउँमा मेरो कसो नहोला  !

मलाई कसले पैसा दियो , कसले खायो, ऋण, दुख, पिर यी सबैका पल्ला कम भएको महसुस गरेको छु   बितेका दिनहरुको याद कम हुँदै गएको छ   म जहाँ छु त्यो नै वर्तमान हो आगामी दिन अनि समय नै मेरो भबिस्य हो  
हरेक साँझ, पल साइली ले बोलेको आवाज मात्र गुनगुनाएको महसुस गर्न थालेको छु   डर , पिडा बिस्तारै हराउदै गएको आभास भाको छ मलाई   अठोट गरेको छु यदि मलाई गारो सरो अनि मेरो ब्यबहारमा थोरै पनि अप्ठ्यारो भएमा र मेरो कारणले मेरो परिवारलाइ अझ धेरै ब्यबहारिक दल दल मा जानुपर्ने अवस्था आएमा मलाई यो विदेश चाहिएन, यहाँको id अनि यूरो मेरो लागि अर्थहीन रहनेछन, म सजिलै आफ्नो घर फर्कने छु  

कता कता मलाइ डर लागिरहेको छ"के साइलीले सुनको चुरा बेच्ली त"? !!!  हे भगवान भोलिको सुरुवात सारै राम्रो होस् है, शुभरात्री ....

sleeping

गोर्खे को बाकी यात्रा आउने साता ......


तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167