Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सफल उपचारपछि अस्पतालबाट घर फर्किएका छन् । अचानक पेट दुखेपछि गत शुक्रबार काठमाडौंको धासासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पारस तीन दिनपछि आइतबार घर फर्केका हुन् ।
पारसलाई रिकरेन्ट एपेन्डिसाइटिस बीथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकोले उनको अत्याधुनिक क्यामेरा प्रबिधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी (गुजुल्टीएका आन्दाहरु मिलाउने) तथा इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी गरीएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए ।
उनलाई एकहप्ता पछि फलोअपका लागि बोलाइएको अस्पतालले जनाएको छ । उनको उपचारमा डा. प्रबिण बिक्रम थापा, डा. धिरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठको टिम संलग्न रहेको थियो । एनेस्थेसियामा डा. मुरारीराज उप्रेति र डा. अर्चन अधिकारीको टिमले साथ दिएको थियो । पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरीएकाले खड्का चाडै खेल मैदानमा फर्कने उनको उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ ।
गत शुक्रबार दिउँसो सहनै नसक्ने गरेर पेट दुखेपछि खड्कालाई परिवारका सदस्यले अस्पताल पुर्याएका थिए ।
No comments:
Post a Comment