उपत्यकामा फेरी इन्धनको चरम अभाव, जताततै लामो लाइन, कारण यस्तो छ - newsallabc.com

Breaking

Sunday, February 19, 2017

उपत्यकामा फेरी इन्धनको चरम अभाव, जताततै लामो लाइन, कारण यस्तो छ

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडौं,
नेपाल आयल निगमले हालै कार्यान्वयनमा ल्याएको ढुवानी विनियावली २०७३ लाई लिएर ट्यांकर क्षेत्र केन्द्रीय समन्वय समितिले गरेको सांकेतिक आन्दोलनका कारण मुलुकभर इन्धनको चर्काे हाहाकार भएको छ । पेट्रोल पम्पमा इन्धन अभाव हुँदा उपभोक्ताहरु लामो लाइन बसेर इन्धन हाल्न विवश छन् ।

सो समितिले नयाँ ढुवानी नियमावलीलाई लिएर शुक्रबार नेपालको सम्पूर्ण डिपोमा लोड र अनलोडसम्बन्धी काम ठप्प गरी सांकेतिक आन्दोलन (टोकन स्ट्राइक) थालेको छ । यसको प्रभाव शनिबारदेखि नै परिसकेको छ । अधिकाँश पम्पहरु इन्धन अभावमा बन्द भएका छन् भने भएका पम्पमा पनि लामो लाइन देख्न थालिएको छ ।
समितिले नयाँ नियमावली ‘आफूहरु’ को हितमा नभएको भन्दै अनिश्चितकालका लागि इन्धनको आपूर्ति ठप्प पार्ने चेतावनीसमेत दिएको छ । उसले वार्ता र सम्वादको माध्यमबाट निगमले १४ फागुनभित्र मजदुरको रोजगारीसम्बन्धी व्यवस्था नहटाए १५ गतेदेखि भारत र नेपालको डिपोमा हुने इन्धनको सम्पूर्ण लोड र अनलोड प्रक्रिया अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनीसमेत दिएको छ ।
निगमले गत पुसदेखि सो नियमावली कार्यान्वयनमा ल्याएको हो । विनियावलीमा आफूहरुलाई बेरोजगार बनाउने व्यवस्था गरिएको भन्दै समितिले मजदुरको रोजगारीमा प्रत्यक्ष प्रभाव पार्ने खालका प्रावधान विनियावलीबाट तत्काल हटाउनुपर्ने माग अघि सारेको छ ।
निगमले कार्यान्वयनमा ल्याएको विनियावलीमा एक जनाले पाँच वटाभन्दा कम संख्यामा इन्धन ट्यांकर राख्न नपाउने व्यवस्था गरिएको छ । पुरानो विनियावलीमा एक जनाले एक ट्यांकर राख्न पाउने व्यवस्था छ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167