Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ ८ फागुन । मुटु तथा रक्तनली सम्वन्धि रोगको उपचार गर्दै आएका चिकित्सकहरु संगठित भएका छन् । भास्कुलर सोसाईटी अफ नेपालको नाममा चिकित्सकहरु संगठित भएका हुन् ।
नवगठित सोसाईटीको अध्यक्षमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक समेत रहेका प्राडा उत्तमकृष्ण श्रेष्ठ चुनिएका छन् ।
त्यस्तै कार्यसमितिको उपाध्यक्षमा प्राडा किरण श्रेष्ठ र सचिवमा डा सन्दीपराज पाण्डे र सहसचिवमा डा रविनमान कर्माचार्य र कोषाध्यक्षमा डा कजनराज श्रेष्ठ रहेका छन् ।
कार्यसमितिको सदस्यहरुमा डा अनिल भट्टराई, डा रबीकुमार बराल, डा सम्पूर्णमान तुलाधर, डा मोहन देवभण्डारी, डा रबिन्द्रभक्त तिमला रहेका छन् ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा सोसाईटीका अध्यक्ष डा श्रेष्ठले रक्तनली सम्वन्धी अध्ययन अनुसन्धान, उपचारमा सहयोग पुरयाउन संगठित भएको बताए ।
उनले आम सर्वसाधारणलाई रक्तनली सम्वन्धि रोगको जनचेतना जगाउने साथै मोफसलमा रहेका चिकित्सकहरुलाई यस रोगको उपचार पद्धतीका थप अध्ययन अनुसन्धान र उपचारमा सहभागी गराउने मुख्य उदेश्य रहेको बताए ।
संस्थाका सल्लाहकारमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला रहेका छन् ।
No comments:
Post a Comment