यो कस्तो जागिर पाउन हाकिम साबले, मागे जवानी ? - newsallabc.com

Breaking

Monday, February 20, 2017

यो कस्तो जागिर पाउन हाकिम साबले, मागे जवानी ?

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


गत वर्ष स्नातक पास गरेकी चिनजानकै एक बहिनीले ६ महिनाअघि एउटा प्राइभेट कम्पनीमा प्रशासन सहायकको काम पाइन् । जागिर नपाएर हैरान भएकी बहिनी काम गर्न थालेको दिनमा निकै खुसी थिइन् । आफन्त र साथीभाइलाई लड्डुसमेत बाँडेकी थिइन् ।
‘म पनि आत्मनिर्भर बन्ने भएँ, अब बाआमासँग पैसा माग्नु पर्दैन’, बहिनीको खुसी खासमा त्यहाँनेर लुकेको थियो ।

त्यसपछिका दिनमा फोनमा बेलाबेला उनीसँग कुरा भइरहे पनि भेट हुने संयोग मिलेको थिएन । अस्ति अफिसबाट र्फकदै थिएँ, उनैले वानेश्वर संसद् भवनको अगाडि बोलाइन् ।
भेट हुनासाथै सोधेँ, ‘काम कस्तो चल्दै छ बहिनी ? प्रशासनको काम कत्तिको सिक्यौ ?’
सधैं उज्यालो देखिने बहिनीको मुहार त्यसदिन फुङ्ग उडेको थियो । सोचेँ, दिनभरिको कामको थकानले गलेकी होली ।
बोझिलो लबजमा बहिनी बोलिन्, ‘दिदी, अब यस्तो जागिर गर्दिनँ । हिजोदेखि बन्द भो काम ।’
जागिर खाएपछि उत्साही देखिएकी बहिनीको त्यो जाँगर कति चाँडै मरेछ भनेर अचम्म लाग्यो ।
‘प्राइभेट अफिसमा कामको चाप अलि बढी नै हुन्छ, कहाँ हरेश खाएकी बहिनी’, उसलाई हौस्याउन खोजेँ ।
तर, बहिनीको कहानी अर्कै रहेछ । उनले आफ्नो बह पोखिन्- ‘काम गर्ने मन नभएको होइन, काम नगरेको पनि होइन । तर, हाकिम कस्तो रै’छ दिदी…’ उनको बोली अड्कियो ।
‘के भयो भन न’, जान्न खोजेँ । बहिनीको अँध्यारो मुहार झन् ओइलायो ।

एक साता अगाडिदेखि हाकिमले उनीप्रति नराम्रो व्यवहार देखाउन थालेका रहेछन् । अफिसमा कार्यरत बहिनीसहितका पाँच जना महिला कर्मचारीलाई सुरुको समयमा उनले खुब फुक्र्याएछन्, ‘हेर, तिमीहरु सबै मेरा बहिनी र छोरीहरु जस्ता छौ । म तिमीहरुको बोस मात्रै होइन, अभिभावक पनि हो । ढुक्कसँग काम गर, ६ महिना पुगेपछि पक्रिया पुर्‍याएर स्थायी वा करारको व्यवस्था मिलाउँछु ।’ अरु चार जना पुराना स्टाफ भए पनि बहिनी भने नयाँ कर्मचारी थिइन् ।
बहिनीको स्वभाव अलि हक्की खालकै थियो । कतिपटक त गाडीमा आफूलाई जिस्काउने केटालाई थप्पड समेत हानेकी थिइन् । छोरी आँटिली छे भन्दै बा-आमा पनि तारिफ गर्छन् । यस्ती हक्की स्वभावकी बहिनी जागिर खाएको ६ महिनामै हाकिमबाट प्रताडित हुन पुगिछन् ।
उनले आफ्नो कहानी सुनाउन थालिन्, ‘काम गरेको ६ महिना पुगेको अस्तिको दिन हाकिमले आफ्नो कोठामा बोलाए । ६ महिनामा स्थायी वा करारको पत्र दिउँला भनेर मौखिम वचन दिएका हाकिमल पक्कै केही शुभ खवरको लागि बोलाए भन्दै म हतारिँदै हाकिमको कोठामा छिरेँ । मलाई त हाकिमले शिरदेखि पाउसम्म एकोहोरो हेरिरहे । कोठाको ढोक लक गरे ।
सरले के कामले बोलाउनुभएको भनेर सानो स्वरमा जिज्ञासा राखेँ । ल बस भन्दै उनले अगाडिको तीन वटा कुर्सी खाली हुँदाहुदै मलाई कुनाको कुर्सीमा बसाए । आफू बसिरहेको कुर्सीबाट जुरुक्क उठेर सँगै कुर्सी टाँसेर बसे ।
असहज महसुस भएर म उठ्न खोजेँ । तर, हाकिमले हातमा समाएर त्यहीको कुर्सीमा राखे । त्यो दिन हाकिमले देखाएको हर्कतले मेरो होसहवाश नै उड्यो । किन टाढा सरेकी भन्दै हाकिम झनै मसँग टाँसिन खोजे । मैले हातले हाकिमको हात पन्छाउन खोजे पनि उनी घरि मेरो कपाल मुसार्थे, घरी गाला सुम्सुम्याउँथे ।
त्यसै क्रममा हाकिमले भने, ‘तिम्ले काम गरेको पनि ६ महिना पुग्यो, अब तिम्लाई म स्थायी गराउँछु । स्थायी भएपछि तिम्रो तलबबाट १० प्रतिशत सञ्चयकोषमा पनि जम्मा हुन थाल्छ । तलब पनि बढाइदिन्छु ।’
यति भन्दै झन् टाँसिन खोजे । म उठेर कोठाबाट निस्किन लाग्दा हाकिमले झन् चेपारो घसे, ‘कहाँ जान लागेकी, अझै कुरा सकिएकै छैन । अरु स्टाफहरु फिल्डमा गैसके । आज अफिसमा तिमी र म मात्र हो, किन डराएकी लाटी ?’

मेरो दिमागले काम गर्न छाड्यो, मैले उनीसँग आग्रह गरेँ, ‘मेरो हात छोड्नुस् सर । बिन्ती छ मलाई यस्तो व्यवहार नगर्नुस् । हिजो तिमीहरु मेरी छोरी र बहिनी हौ भन्ने अनि आज यस्तो व्यवहार गर्ने ? तपाईका छोरीलाई अरुले यस्तै व्यवहार गर्‍यो भने तपाईंलाई कस्तो लाग्छ ?’ यति भन्दा पनि हाकिम मप्रति दयालु बनेनन् ।
उनले घरमा छोरी र दिदीबहिनीहरु भए पनि तिमी जस्ता छैनन् नि भन्दै निर्लज्जता देखाए । गर्धनमा राखेको हात निकालेनन् । केही सीप नलागेपछि मैले दाँतले उसको हात टोकिदिएर बाहिर निस्किएँ । नरकबाट मुक्ति पाएँ दिदी अब म त्यो अफिसमा फर्केर कहिल्यै जान्नँ ।’
पाँच महिनाको तलब पाएकी उनले पछिल्लो महिना २५ दिन काम गरेकेा तलब नलिईकन रुँदै अफिस छाडिन् ।
‘प्राइभेट अफिसमा कहिल्यै जागिर खान्नँ दिदी म अब लोकसेवा पढेर कानुन अधिकृत बन्छु । सरकारी अफिसमा यस्तो हर्कत गरेको भए त्यो हाकिमको जागिर जान्थ्यो, तर उसकै अफिस पर्‍यो, कसले जागिर खाइदिने ? कानुन अधिकृत भएपछि यस्ता हाकिमलाई ठेगान लगाउने धोको छ मेरो त’, बहिनीले आँटिलो कुरा गरिन् ।
‘हिंसा गर्नेभन्दा हिंसा सहने अपराध हो भन्ने थाहा छ, महिलालाई घुरेर हेर्दा त यौन हिंसाको बात लाग्छ भने त्यो हािकमले ममाथि कस्तो व्यवहार गरेेको छ । त्यसको हिसाबकिताव गर्ने धोको छ’ उनी भन्दै थिइन् ।
उनको अफिसका बाँकी चार जना केटीलाई हाकिमले आफ्नो खेलौना जस्तै बनाएको रहेछ । उपत्यका बाहिर फिल्डमा काम छ भन्दै पालैपालो लिएर जाने रहेछ । यी बहिनीलाई पनि त्यस्तै केटी ठानेछ उसले । तर, बहिनी त आत्मनिर्भरसँगै आत्मसम्मानमा जिउने सोचकी थिइन् । उनी भन्दै थिइन्, ‘बरु भोकै बस्छु, यस्तो जागिर खानु छैन ।’
बहिनीको कुराले भित्रभित्रै पिरोल्यो । आफ्ना छोरी तथा दिदीबहिनीको इज्जत चाहनेले अर्काका छोरीचेलीमाथि किन यति हदसम्मको घृणित व्यवहार गर्छन् होला ? इज्जत तिनका आफन्तको हकमा मात्र लागू हुने हो ?
बहिनीले सरकारी जागिरमा त्यस्ता मान्छे नहोलान् भन्ने सोचे पनि त्यहाँ पनि कहाँ कम छन् र !
उनलाई सम्झाउन खोजेँ, ‘मान्छेको प्रवृत्ति हो बहिनी, सरकारी र प्राइभेट संस्था भन्ने कुरा होइन । बेलाबेलामा कत्रा उच्चपदस्थ सरकारी कर्मचारीका युवती काण्ड बाहिर आउँछन् ।’
हाकिमको खेलौना भएर प्रमोसन र पुरस्कार चाहने केही महिला कर्मचारीका कारण सिङ्गो कार्यक्षेत्र नै बदनाम हुने गरेको छ ।
बाटोमा मकै पोल्ोर र नाङ्लोमा बदाम बेचेर जीविका चलाउने इमानदार महिलाको यहाँ कुनै इज्जत गरिँदैन । तर, आफ्नो इज्जत बेचेर रवाफ देखाउँदै हिँड्ने महिलाहरुको सबैले वाहवाही गर्छन् ।
आज यो बहिनी हाकिमले भनेको कुरा मानिदिएको भए स्थायी हुने थिइन्, तलब बढ्ने थियो । हाकिमले फिल्डको नाममा कारमा चढाएर विभिन्न ठाउँमा घुमाउन लगेको मूल्य उनले बेचेर अस्मिता बेचेर तिर्नुपथ्र्यो । तर, बहिनीको आत्माले स्विकारेन र यति कुरा बाहिर आयो । सबै युवतीहरु हाकिमसँग मस्ती गर्ने खालका हुँदैनन् भनेर उनी एक उदाहरण बनिन् ।
त्यसो त सबै युवती इज्जतदार पनि हुँदैनन् । कुनै अमूक कार्यालय र कम्पनीमा पैसाको नाममा बिक्ने ती सीमित समूहले बाँकी महिला कर्मचारी पनि खोटा नै हुन्छन् भन्ने छाप पारेका छन् ।
उनीहरुले आफनो इज्जत त बेच्छन् नै, अरुको इज्जतको पनि ख्याल राख्दैनन् । पैसावालको साथ पाएपछि घरपरिवार, आफन्त र छरछिमेकको केही वास्ता हुँदैन । लोग्नेमान्छेलाई पनि बाहिर कोही रुपवती देखेपछि सात फन्को घुमाएर भित्र्याएकी श्रीमतीप्रति बेइमानी गर्दै छु भन्ने कुराको हेक्का रहँदैन ।
केही समयअघिको एउटा घटनाले अझै पनि मन पोलिरहन्छ । एउटा निकै नाम चलेको अडिट र्फमका हाकिमलाई नयाँ नियुक्त भएकी महिला कर्मचारीले गालामा चप्पलको डाम हिर्काएपछि घटना सार्वजनिक भएको थियो ।
१२/१५ जना महिला काम गर्ने उक्त र्फमका हाकिमले महिलामाथि चरम शोषण गर्दै आएका थिए । ती युवतीले थप्पड हानेपछि बल्ल अरु महिला कर्मचारी एकजुट भएर हाकिममाथि खनिएका थिए ।
इज्जत बेचेर खानेहरुलाई त भनेर लाग्ने कुनै शब्द पनि छैन । तर, आफ्नो आचरणमा बसेर श्रमको कमाइ खानेहरुमाथि गिद्दे नजर लगाउनेहरुलाई तह लगाउन अलि कडा स्वभावकै हुनुपर्ने रहेछ भन्ने अनुभव मेरो पनि हो । सुरुदेखि नै कडा स्वभाव देखाउने हो भने हत्तपत्त कसैले नराम्रो आशय राख्ने हिम्मत गर्दैन । तर, सोझो देखिने मान्छेलाई अनेक कोणबाट एक्ल्याउने र स्वार्थ सिद्ध गर्ने प्रवृत्ति देखिन्छ ।
जहाँसुकैको कार्यालय र संघसंस्थाका हाकिम र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुलाई मेरो आग्रह छ, तपाईंको अफिसमा जागिर खान आउने सबै युवती जवानी बेच्न आएका हुँदैनन्, महिनाभरि श्रम गरेर त्यो वापतको वेतन लिन आएका हुन् । त्यो कमाइले उनीहरु आफू र परिवारको गुजारा चलाउँछन् ।
कतिपय तपाईंहरुका स्वार्थ अनुकूल चल्ने खालका पनि होलान् । तर, इज्जतमा बसेर पसिनाको कमाइ खानेमाथि गिद्दे नजर नलगाउनुस् । कम्तीमा कसैमाथि घिनलाग्दो सोच राख्नुअघि आफ्ना छोरीचेलीमाथि कसैले यस्तो सोचे कस्तो लाग्छ भनेर सोच्नुस् । ता कि यी बहिनी जस्तो एक
महिनाको तलब छोडेर इज्जत जोगाउन अरु युवतीहरु बाध्य हुनु नपरोस् ।
हाकिम सा’ब, अलिकति कुर्सीको मर्यादा पनि ख्याल गर्ने कि ? 



यमुना अर्याल (काफ्ले)

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167