Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गायक रामकृष्ण ढकालको आवाजमा समावेश ‘यस्तो को हौ तिमी’ बोलको गीतको म्युजिक भिडियो प्रेम दिवसका अवसरमा सार्वजनिक भएको छ । भिडियोमा मोडल तथा रामकृष्ण पत्नी निलम शाह ढकाल र मोडल मन्चिन शाक्यले अभिनय गरेका छन् । निकेश खड्काले भिडियोको निर्देशन गरेका हुन् । गीतमा मनीष वशिष्ठको शब्द र दावा गुरुङको संगीत छ ।
यमको ‘मन भमरा’
गायक यम बरालको नयाँ गीति एल्बम ‘मन भमरा’ सार्वजनिक भएको छ । मंगलवार राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित एक समारोहबीच उनको एल्बमको उपराष्ट्रपति नन्दबहादुर पुनले विमोचन गरे । एल्बममा रहेका ‘मन भमरा’, ‘भुइँको माया टिप्न खोज्दा’, ‘सप्तरंगी इन्द्रेणी’ र ‘सागरबीचको मोती’बोलका गीतका म्युजिक भिडियो सार्वजनिक गरिएका थिए । एल्बममा कोमल वली र रेखा थापाले पनि स्वर दिएका छन् । विभिन्न १० गीत अटाइएको एल्बममा राजेन्द्र थापा, मुकुन्दराज शर्मा, जेपी ढुंगेल, विमल डाँगी, रोशन पाल्पालीलगायत गीतकारका शब्द छन् भने दीपक शर्मा, शान्तिराम राई, गणेश पराजुली, आलोकश्री, विमल डाँगी र किरण श्रेष्ठले संगीत गरेका छन् । तीन गीतमा बराल आफैँले संगीत भरेका छन् ।
कविराजको ‘युनाइटेड सिर्जना संसार’
गीतकार कविराज वान्तवाको बाल गीतिसंग्रह ‘युनाइटेड सिर्जना संसार–२’ सार्वजनिक भएको । राजधानीमा शनिवार आयोजित कार्यक्रममा कवि तथा गीतकार भुपाल राईले संग्रह सार्वजनिक गरे । गीतकार वान्तवाको एकल शब्द रचना रहेको एल्बममा गायक कन्काइस्ट राईको एकल संगीत छ । एल्बममा ‘मसँग एउटा प्यारो प्यारो देश’, ‘यही हो मेरो जन्मभूमि’, ‘कलम र किताब’ लगायत गीत छन् । गीतमा आकांक्षा राई, मन्दिप राई, लादिप्क्षा राई, सिद्धार्थराज राउत, सालु महर्जन, निर्देश महर्जन, सुदीप पौडेल, सोनुप पराजुली र सीता थापाको स्वर छ ।
गौरव–बसन्तको ‘मीतज्यू’
गीतकार गौरव गुरुङको शब्द र संगीतकार बसन्त मुकारुङको संगीत रहेको एल्बम ‘मीतज्यू’ एल्बम सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं कवि बैरागी काइँलाले एल्बम सार्वजनिक गरेका हुन् । एल्बमभित्र छ वटा गीत समाविष्ट छन् । जसमा ‘कहिले भेडी गोठै’, ‘झुल्केको घामसँगै’, ‘रुम्जाटारे सोल्टी’ लगायत गीत रहेका छन् । सुनीता थेगिम लिम्बू, अशोक मुकारुङ, लासमित राई, रिमा गुरुङ होडा, अञ्जु पन्त, भीषण मुकारुङलगायत गायकगायिकाको स्वर रहेको छ । संगीत संयोजन फणीन्द्र राईले गरेका छन् ।
सुन्दरको ‘सुन्दर सपना’
गीतकार सुन्दर पन्तको ‘सुन्दर सपना’ गीति एल्बम सार्वजनिक भएको छ । एल्बममा चार आधुनिक, तीन लोकपप र एउटा राष्ट्रिय गीत समेटिएको छ । एल्बममा अञ्जु पन्त, सन्तोष लामा, तारावीर पाण्डे, टंक बुढाथोकी, सन्तोष रजौरे, पुष्पा गुरुङ र विजय थापाको स्वर तथा कल्याण सिंह, सन्तोष लामा, सन्तोष रजौरे, टंक बुढाथोकी, तारावीर पाण्डेको संगीत रहेको छ । दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ । सन्तोष लामाको स्वर रहेको ‘नागबेली चाल’ र तारावीर पाण्डेको स्वर रहेको ‘माया गर्नु पराईलाई’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
No comments:
Post a Comment