Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ- स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चालाई बोलाएर प्रधानमन्त्री प्रचण्डले निर्वाचन र संशोधनबारे नेताहरुसँग राय मागेका थिए।
यी विषयमा लामो छलफल भए पनि दुवै पक्षको अडानका कारण कुनै सहमति भने जुट्न सकेन।
बैठकमा प्रधानमन्त्री दाहालले मोर्चासँग संविधान संशोधन र निर्वाचनसँगै अघि बढाउन प्रस्ताव गरेका थिए भने मोर्चाका नेताले संविधान संशोधन नभई कुनै पनि निर्वाचनमा जान नसकिने अडान लिएका थिए।
प्रधानमन्त्रीले राजनीतिक गतिरोधको अन्त्यका लागि स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नभएकामा जोड दिँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई सँगसँगै अघि बढाउने सरकारको तयारीमा सहयोग गर्न मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए।
छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्ने हो भने वैशाखको अन्त्य र जेठको सुरुमा निर्वाचन गर्न कठिन हुने प्रधानमन्त्रीको धारणा थियो।
प्रधानमन्त्री प्रचण्डले फागुन १० गतेबाट सञ्चालन हुने संसद्मा संविधान संशोधन प्रस्ताव अघि बढाउने जानकारी दिँदै सरकारले गर्ने स्थानीय तहको मिति घोषणामा समर्थन गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्रीले मुलुकको अवस्थालाई मध्यनजर गरी निर्वाचन र संशोधनलाई अघि बढाई सरकार निर्वाचनको तयारीमा रहेको जानकारी गराएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले सञ्चारकर्मीलाई जानकारी दिए।
बैठकमा मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा स्थानीय तहको निर्वाचनमा जान कठिन हुने बताउँदै संविधान संशोधन प्रस्तावको टुङ्गो नलागेसम्म निर्वाचनमा जान नसकिने धारणा राखेका थिए।
मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन अघि निर्वाचनमा जान नसकिने धारणा प्रधानमन्त्रीसमक्ष राखेको बताए।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइराला, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि तथा मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी थिए। रासस
No comments:
Post a Comment