- आठ अभियोग दीपकराज गिरीलाई - - newsallabc.com

Breaking

Saturday, February 18, 2017

- आठ अभियोग दीपकराज गिरीलाई -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

‘म दीपासँग निकट हुँदा अरूलाई के प्रोब्लम ?’


नेपाली हास्यव्यंग्य क्षेत्रमा चर्चित नाम हो– दीपकराज गिरी । हास्य सिरियल ‘तीतो सत्य’बाट चम्किएका अभिनेता हुन् उनी । विविध कारणले उनी चर्चा र विवादमा आइरहने अभिनेतामा पर्छन् । नेपाली मनोरञ्जन जगत्मा सुनिने कुराहरूका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिए :

१ तपाईं ‘कपिक्याट’ एक्टर हो । जिन्दगीभर अरूकै नक्कल गरेर दर्शक हँसाउनुभयो ।

त्यसरी भन्न सकिन्छ । पहिलो कुरा म यो क्षेत्रमा ‘क्यारिकेचर’बाट आएको हुँ । अर्को कुरा मेरो ‘बेस’ रेडियो हो । बिस्तारै मैले आफूलाई हास्यकलाकारका रूपमा स्थापित गरेर यहाँसम्म आइपुगेको हुँ । मलाई विशुद्ध अभिनेता बनेर घरमा ट्रफी जम्मा गर्नु छैन र निर्मातालाई डुबाउनु छैन । सबैभन्दा ठूलो कुरा चाहिँ म ‘सेलेबल’ छु । कपी गर्ने मान्छेहरू त आएर गइसके, हराइसके ।  मेरा साथीहरू सबैले पेन्सन पकाइसके । तर, म २० वर्षदेखि निरन्तर टिकिरहेको छु । अहिले ‘लाइमलाइट’को ‘क्लाइमेक्स’मा छु । त्यसैले मलाई कपी ग¥यो भन्नु बिनसित्ति सराप्नुजस्तै हो । जसले मलाई त्यस्तो आरोप लगाउँछ, तिनीहरूलाई म के भन्न चाहन्छु भने कुनै पनि क्यारेक्टरको अभिनय गर्नु आफैँमा कपी नै हो । उदाहरणका लागि– मैले माग्नेको भूमिका गर्नुप¥यो त्यो माग्नेको कपी नै हुन्छ । जसले मलाई यो आरोप लगाउनुहुन्छ, उहाँहरूलाई धन्यवाद । भारतमा पनि अमिताभ बच्चनलाई दिलिप कुमारको कपिक्याट भनिन्छ, शाहरूख खानलाई अमिताभको भनिन्छ । र, बिकाउ पनि तिनीहरू नै छन् ।

२ तपाईंले सधैँ आफ्नो सिरियल र फिल्ममार्फत महिलाको मजाक मात्र उडाउनुभयो । तपार्इंको मनमा महिलाप्रति सम्मान नै छैन ।

यो आरोप केही हदसम्म सही होला । किनभने, म कमेडी गर्दाखेरि ‘जेन्डर’ हेर्दिनँ र हेर्नु पनि हुँदैन । पुरुष खलनायक हुन सक्छ भने महिला किन हुन सक्दैन ? महिला पनि त मान्छे हो । ‘जेन्डर बायस्ड’ हुनु नै गलत कुरा हो । फिल्ममा महिला खलनायक हुँदा अपमान हुने, पुरुष खलनायक हुँदा चाहिँ पुरस्कार पाउने भन्ने हुन्छ र ? समाज बिगार्नेमा महिलाको हातै छैन भन्ने हुन्छ र ? बदमास महिला नै नहुने भए जेलमा महिला कैदी नै नहुनुपर्ने हो । भनेपछि यो पनि एउटा विषय हो । मेरो सिरियलमा श्रीमतीले मलाई ‘तिमी’ भनेर सम्बोधन गरेकी छे । मेरो भन्दा अगाडि श्रीमतीले श्रीमान्को खुट्टा मिचेको देखाइन्थ्यो । मैले नै औँला उठाएर लोग्नेसँग झगडा गर्ने क्यारेक्टर बनाएँ । यो अभियोगसँग फिल्म ‘६क्का पन्जा’को क्यारेक्टरको कुरा पनि जोडिन्छ । यो फिल्ममा पथभ्रष्ट महिलाको मात्र कुरा भयो, बाघजस्तो झगडा गर्न आउने लोग्नेलाई तह लगाउने प्रियंकालाई कसैले याद गरेन । समाज परिवर्तन गर्ने, लोग्नेले पिट्दा पुलिस बोलाइदिने क्यारेक्टरलाई कसैले ख्याल गरेन । त्यसकारण नकारात्मक दिमाग हुनेहरूलाई प्रतिउत्तर दिइरहनु उचित छैन अब । आफ्नो काम गर्दै जाने हो, समाजमा जे छ त्यो देखाइदिने हो । जहाँसम्म सम्मानको कुरा छ, फिल्ममा पैसा हालेर पहिलोपल्ट महिलालाई नै निर्देशनको अवसर दिनु अपमान हो र ?

३ समसामयिक विषयवस्तुमाथि तपाईं गहिराइमा नपुगीकन हचुवा भरमा टिप्पणी गर्नुहुन्छ र आलोचनाको पात्र बन्नुहुन्छ ।

त्यो होला । किनभने, टिप्पणी भनेको अनुसन्धान गर्ने अवसर होइन । यो घटनाको कारण के होला ? यसको दोषी को होला ? भन्दै माइक लिएर गएर इन्टरभ्यू लिने मान्छे पनि होइन म । पेट्रोलको भाउ बढ्यो त त्यसमा व्यंग्य हान्ने हो । अब किन बढ्यो ? कसको दोष छ ? भन्दै छुट्याउने मेरो काम होइन । सामाजिक सञ्जालमा अरूले पनि यसरी नै टिप्पणी गर्ने हो । तर, अरूले चाहिँ के चाहन्छन् भने दिपकराज गिरीले चाहिँ अनुसन्धान गरोस् । म अनुसन्धान अधिकृत पनि होइन । कलाकार हुँ । आफूलाई लागेको भावना लेख्छु । फेसबुकमा टिप्पणी गर्दाखेरि म कलाकार भएर गर्दिनँ, एउटा नागरिक भएर लेख्छु । जहाँसम्म सिनेमाको कुरा छ, त्यहाँ त विषयवस्तुको तहसम्म पुगेर नै यहाँसम्म आइपुगेको हुँ । नत्र त सिनेमा फ्लप हुन्थ्यो नि !

४ तपाईं निकै घमण्डी मान्छे हो । अरूको कुरा कम सुन्ने र आफ्नो कुरालाई मात्र सही ठान्नुहुन्छ ।

यो कुरा मलाई धेरै मान्छेहरूले पनि भनेका छन् । एक त मेरो उपस्थितिबाट पनि त्यस्तो लाग्न सक्छ । कसैको आँखै घमण्डी लाग्न सक्छ, कसैको मुख नै घमण्डी लाग्न सक्छ । अहिले मेरो फिल्म ‘६क्का पन्जा’जति अरूको फिल्म हिट भएको भए झन् के–के भन्दै हिँड्थे होलान् । तर, मैले कहिल्यै घमण्डी लाग्ने अभिव्यक्ति दिएको छैन । म मेरो कर्ममा घमण्ड गर्दिनँ । जसले मलाई अपहेलना गर्न खोज्छ, जसले मलाई चाहिने जति सम्मान दिँदैन, जति म ‘डिजर्भ’ गर्छु, तिनीहरूको लागि चाहिँ म घमण्डी छु । अर्को कुरा, म सामाजिक सञ्जालमा हरेक मान्छेसँग अन्तरक्रिया गरिरहेको हुन्छु, ‘रिप्लाई’ गरिरहेको हुन्छु । घमण्डी मान्छेले त्यस्तो गर्दैन । ट्याक्क एउटा स्ट्याटस हाल्छ र अरूले जेसुकै भनून्, बाल दिँदैन, रिप्लाई गर्दैन ।

५ तपाईं आलोचना सुन्न रुचाउनुहुन्न । कसैले तपार्इंको सिर्जनामाथि नकारात्मक टिप्पणी ग¥यो भने तत्काल ‘रिएक्ट’ गर्नुहुन्छ, रिसाउनुहुन्छ ।

थुप्रै लागेका आरोपमध्ये यसमा अलिकति बढी सत्यता होला । कसैले ‘६क्कापन्जा’ झुर फिल्म हो भन्यो भने म सुन्न सक्दिनँ । ‘६क्कापन्जा’मा कमीकमजोरी छन् भन्यो भने सुन्छु फेरि । कसैले मलाई नियतवश आलोचना गर्न खोज्छ भने म प्रतिवादमा उत्रिहाल्छु । कसैले नियतवश ‘६क्कापन्जा’ झुर भन्छ भने म प्रतिवादमा उत्रिन्छु । किनभने, सय दिनसम्म फिल्म हलमा आउने दर्शकलाई डोकोमा बोकेर ल्याइएको हुँदैन । ‘त्यो फिल्मले मलाई छोएन’, ‘सोचेजति रहेनछ’ भन्ने खालको टिप्पणी म स्विकार्छु तर झुर भन्नु त अति भएन र ? त्यसैले म फेरि पनि के भन्न चाहन्छु भने म आलोचना सहन्छु तर गाली सहन्नँ ।

६ तपाईं आफ्नो गल्ती कहिल्यै स्विकार्न चाहनुहुन्न । उदाहरणका लागि– तपाईंको मापसे कारबाही प्रकरणलाई लिन सकिन्छ । त्यतिबेला लामो समयसम्म तपाईं लाइसेन्स लिन प्रहरी कार्यालय पुग्नुभएन ।

एक त गल्ती नस्विकारेको भए मैले मापसे कक्षा लिने नै थिइनँ । तर, त्यो बेलामा ‘टेक्निकल’ गडबडी के भएको थियो भने मलाई खासमा एउटा सजाय दिइसकिएको थियो । एउटा डीआईजीले ‘तपाईंलाई एक घण्टाको कक्षा दिएर छोड्यो भने त अन्याय हुन्छ । तपाईंलाई त काम लाउनुप¥यो नि’ भन्दै विना पैसा विज्ञापन बनाउन लाउनुभयो । एक घण्टाको कक्षा लिनुको सट्टा मैले चार–पाँच लाख खर्च गर्नुपर्ने विज्ञापनलाई विना पैसा बनाइदिएँ । त्यति नै बेला डीआईजी परिवर्तन भएर अर्को आइपुगे । ‘विज्ञापन बनाइदिएर कहाँ हुन्छ ?’ भन्दै मलाई दोहोरो सजाय दिन खाजे । त्यही कुरामा विवाद उत्पन्न भएको थियो । नत्र भने त म कानुनको एकदमै सम्मान गर्छु । ट्राफिकले लाइसेन्स माग्नासाथ विना प्रश्न लाइसेन्स दिने मान्छे हुँ म । गल्ती नगरीकन गल्ती स्विकार्दिनँ तर गल्ती गरेको छु भने स्विकार्छु । त्यो दिन कारबाहीमा परेदेखि मैले आजसम्म मापसे गरेर गाडी कुदाएको छैन । यो त गल्ती स्विकारेको भएन र ?

७ तपाईं अभिनेत्री दीपाश्री निरौलासँग आवश्यकताभन्दा बढी निकट हुनुहुन्छ ।

म दीपाजीसँग निकट हुँदा अरूलाई के प्रोब्लम ? यसले कसलाई ‘प्रोब्लम’ छ ? मेरो निकटताले कोही मान्छे प्रताडित हुँदा, समस्यामा हुँदा त्यो बेग्लै कुरा । अब दीपाजी र मेरो सहकार्यले यति ठूलो कीर्तिमान हुँदा अरूलाई आपत्ति हुन्छ भने त मलाई केही भन्नु छैन । नत्र भने त हाम्रो सम्बन्ध सार्वजनिक स्थानमा अंकमाल गरेर, मान्छेले हेर्नै नहुने गरी देखिएको त छैन ।  हाम्रो सम्बन्ध हदभन्दा बढी छ भनेर कसैले भन्छ भने त्यो त अनुमान मात्रै हो । हाम्रो सम्बन्ध शिष्ट छ, अनुशासित छ । त्यसैले यो आरोप होइन, सराप हो ।

८ फिल्म अवार्डप्रति तपाईंको आसक्ति डरलाग्दो छ । आफूले पाउँदा ठीक, नपाउँदा त्यही अवार्ड बेठीक भइदिन्छ ।

यो ५० प्रतिशतजति सही आरोप हो । पछिल्ला धेरै दिनदेखि म अवार्डबारे बोल्दै आइरहेको छु । आफूले नपाएकोमा आक्रोश पनि हो । कुनै ठाउँमा आफूलाई पुरस्कारलायक छु भन्ने लाग्छ भने र त्यहाँ त्यस्तो भएन भने म चुप लागेर बस्न सक्दिनँ । यो मेरो समस्या हो । हाम्रो हरेक फिल्मको मेरुदण्ड संवाद हो । र, हामीभन्दा संवादको हिसाबले कमजोर फिल्मलाई हाम्रै अगाडि अवार्ड लिएर हिँडेको  हेर्न सक्दिनँ । त्यस्तो अवस्थामा मैले आवाज उठाएको हुँ । अब यसलाई पनि म सुधार गर्छु । यो आठौँ आरोप स्वीकार गर्दै मैले के निर्णय गरेँ भने अबआइन्दा अवार्डबारे टिप्पणी गर्दिनँ । भारतमा अक्षय कुमारको जस्तो ‘म अब अवार्डको लायक छैन’ भन्छु । हामी पब्लिकलाई राम्रो र सुपरहिट सिनेमा दिन्छौँ । त्यसलाई हेर्न दर्शक आइदिन्छन् । दर्शकप्रति हामी नतमस्तक छौँ । त्यसैले हाम्रो फिल्म र मलाई अब अवार्ड चाहिँदैन ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167