Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
रसुवा – जिल्लाको तल्लो भागमा पर्ने तीन वटा गाविसका कृषकले व्यवसायिक काउली खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन् ।
जिल्लाको धैबुङ, भोर्ले र लहरेपौवाका एक सय १६ परिवार कृषकले ३२ हजार ६०१ किलो काउली विक्रिबाट १२ लाख ८ हजार ७७७ रुपँया आम्दानी गरेका छन् । भुकम्प पछिका दिनमा काउली उत्पादनको कारण जिविकोपार्जनमा सहयोग पुगेको कृषकले वताएका छन् ।
धैवुङ–२ का खुवा प्रसाद न्यौपानेले १८ सय किलो काउली उत्पादनबाट ७२ आम्दानी लिन सफल हुनुभएको छ । न्यौपानेका अनुसार जिल्लामा उत्पादन भएको काउली जिल्लाको धुन्चे, कालिकास्थान, स्याफ्रु, वेत्रावती, टिमुरको साथै नुवाकोटको त्रिसुलीमा समेत विक्रि हुने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र मार्फत किसानलाई दिगो जिविकोपार्जनमा उत्प्रेरित गर्दै नियमित खेतीका लागि सहयोग गरिएको वताइएको छ ।
No comments:
Post a Comment