Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं : व्यवस्थापिका ससद्को चौथो दल राष्ट्रिय प्रजतन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । सोमबार साँझ गरिएको मतगणना अनुसार थापाले २८०४ मत प्रप्त गरे। उनका एक मात्र प्रत्यसी प्रदिपबिक्रम राणाले २५१ मत ल्याएका छन्। विद्युतीय मेसिनमार्फत् भएको मतदनामा कुल ३१३६ मत खसेको थियो। ८१ मत भने बदर भएको राप्रपाका नेता मोहन श्रेष्ठले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।
निर्वाचित भए लगत्तै थापाले सम्बोधन गर्दै राप्रपालाई देशको अग्रणी शक्ति बनाउने घोषणा गरेका छन् । ‘राप्रपालाई देशकै अग्रणी शक्ति बनाउने घोषणा गर्दछु’ थापाले भने, ‘सबैलाई मिलाएर देशमा देखिएको राजनीतिक संकट समाधानका लागि पहल गर्ने विश्वास दिलाउन चाहन्छु ।’
थापाले आफूलाई बहुमूल्य मत दिएर विजयी गराउने सबैलाई धन्यवाद समेत दिएका छन्।
सोमबार दिउँसो निर्वाचनमा सहभागी भएपछि अभिवादन गर्दै राप्रपाका अध्यक्ष कमल थापा ।
राप्रपामा तीन सय ५० उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र अर्का एकजनाले उम्मेदवारी दर्ता गराएका , थापाले आइतबार वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा पार्टी नेता लोकेन्द्रबहादुर चन्द र समर्थकमा अर्का नेता पशुपतिशम्शेर राणा छन् । यसअघि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पार्टीनेता डा. प्रकाशचन्द्र लोहनीले भने उम्मेदवारी दिएनन् ।
थापासँग प्रतिस्पर्धा गर्न प्रदीपविक्रम राणाले उम्मेदवारी दिएका हुन् । राणा काठमाडौं जिल्लाको क्षेत्र नं. ७ का अध्यक्ष हुन् । उनको प्रस्तावकमा जयकुमार खड्का र समर्थकमा राजेन्द्र श्रेष्ठ छन् । दुवै लोहनीनिकट मानिन्छन् । १ सय ६१ केन्द्रीय सदस्यका लागि आइतबार साँंझसम्म ३ सय ५० जनाले उम्मेदवारी दिएको सहायक महामन्त्री राजेश गिरीले बताए । विद्युतीय मेसिनबाट सोमबार मतदान गरिनेछ । राप्रपाको महाधिवेशनस्थल भृकुटीमण्डपवरपर उम्मेदवार र समर्थकको चहलपहल छ ।
महाधिवेशनमा पार्टीका वरिष्ठ नेता कमल थापाको पक्षमा देखिएका छन् । उनीहरू दिनभर थापाको पक्षमा खुलेर मत माग्न व्यस्त थिए । उनको पक्षमा लाग्ने नेतामा लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर राणा, सुनीलबहादुर थापा, राजाराम श्रेष्ठ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, दीपक बोहरा, बुद्धिमान तामाङ, राजेन्द्र लिङदेन, भुवन पाठक, राजेश गिरीलगायत छन् ।
महाधिवेशनले राजासहितको लोकतन्त्रको राजनीतिक प्रस्ताव पारित गरेको छ । अहिलेको गणतन्त्र परिवर्तन गरेर राजसंस्था स्थापनाको कार्यदिशासमेत महाधिवेशनले अगाडि सारेको छ । यसअघि विवादमा परेको पार्टीको चुनाव चिह्नबारे महाधिवेशनमा विवाद भएपछि टुंगो लाग्न सकेन । बन्दसत्रमा चुनाव चिह्न हलो वा गाईमा विवाद भएको थियो ।
विवाद टुंगो लगाउन नवनिर्वाचित केन्द्रीय समितिलाई जिम्मा दिइएको छ । झन्डाका विषयमा भने यसअघि राप्रपाले प्रयोग गरेको झन्डालाई नै पार्टीको झन्डा कायम गरिएको छ । महाधिवेशनले पार्टीको आर्थिक तथा नयाँं विधान पनि पारित गरेको छ ।
डा. लोहनीलाई महत्वपूर्ण जिम्मेवारी
डा. लोहनीलाई महत्वपूर्ण जिम्मेवारी
राप्रपाको अध्यक्ष पदमा उम्मेदवारी नदिएका नेता डा. प्रकाशचन्द्र लोहनीलाई पार्टीको महत्वपूर्ण नीति तथा परामर्श समितिको प्रमुख बनाइने संकेत प्राप्त भएको छ । गत साता पार्टीका वरिष्ठ नेताहरूसँग अध्यक्ष पदका लागि कमल थापालाई निर्विरोध निर्वाचित गर्न सहमति जनाएका डा. लोहनीले त्यसलगत्तै थापाले पार्टी चुनाव चिह्नसम्बन्धी सहमति तोडेको भन्दै उम्मेदवारी दिने घोषणा गरे पनि अन्त्यमा उनले उम्मेदवारी भने दर्ता गरेनन् ।
पार्टीका एक महत्वपूर्ण नेताका अनुसार थापा र डा. लोहनीबीच भएको सहमतिबमोजिम पार्टीको महत्वपूर्ण नीति तथा परामर्श समितिको नेतृत्व डा. लोहनीले पाउने भएका छन् ।
No comments:
Post a Comment