Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
भाग - २ पढ्नुहोस"यो कथा यथार्त जिबनमा घटित वास्तविक जिबन लाई केलाएर रचेको हो !"

हाम्रो देश नेपालको अवस्था अनि बेरोजगारको चापलाई केन्द्रित गरि ठुलो
मात्रामा गैर जिम्मेवारी पूर्ण कामहरु गर्दै आएका छन् केही संस्था र broker हरुले अहिले बजारमा नयाँ मसला बनाएको छ "FFL : French Foreign Legion" Army ।
१० औ लाखको अफर गरि
उक्त Army मा भर्ति गरि दिने बाचा समेत गर्न भ्याएका हुन्छन यीनिहरुले । लाग्छकी
यिनिहरुकै मातहतमा खोलिएको हो यो संस्था । घरि घरि हास्न मन लाग्छ येस्ताको पछी
लाग्ने हामी कस्तो ?
वास्बिकता
अर्कै छ, सत्यता अरुनै छ, यी संस्था र broker हरुलाइ पनि थाहा छैन के हो र कहाँ
पर्छ भनेर !
शक्तिशाली देश France मा आएपछि उक्त आर्मीको लागि गरिनु पर्ने कामको थालनी धन्दावालाहरुले
नेपालमै पुरा गराई मासिक तलव थाप्ने गरि जानेहो यूरोप भनि पुराण को थालनी गरेका
हुन्छन । के सत्यता यही हो त ? थोरै मात्रामा पनि थाहा छ के हो यो ?, यति सजिलै
होला त ?, १००० रुपिया को टिकेट काटी पोखरा गै गल्लावाला मार्फत ब्रिटिस गोर्खामा भर्ति भएजस्तै हो त French Army ?
१० औ लाख भन्दा माथि किन र के को लागि ?

"लाग्छ ठुलो भारि बोक्दा बोक्दै थाकेर गलेको जस्तो, लाग्छ ऋणको थुपारीमा पुरै जाकिएको जस्तो, लाग्छ साहुले भोलिनै घर खेत लानेभो जस्तो .. पाच दिन अगाडिको गोर्खे, छैटौ दिनमा यो के भयो ?, के हो वास्तविकता ?"
दान दक्षिणा बुझाई, चिल्लो प्लेनको
यात्रा, हजारौ फिट माथिको उडान,५ दिने अफिसियल Schengen Visa बोकेको
गोर्खे, छैटौ दिनमा अबको बाटो..!!!भनि सोच्दा सोच्दै सडकको पेटी, रेलको प्लेटफर्म र गिर्जाघर को आगनमा
भेटिन्छ । लाग्छ ठुलो भारि बोक्दा बोक्दै थाकेर गलेको
जस्तो, लाग्छ ऋणको थुपारीमा पुरै जाकिएको जस्तो, लाग्छ साहुले भोलिनै घर खेत
लानेभो जस्तो .. पाच दिन अगाडिको गोर्खे, छैटौ दिनमा यो के भयो ?, के हो
वास्तविकता ?

साथीहरु हुनत अरु बिषय भन्दा सानो हो यो कुरा तर
महत्व ठुलो राख्दछ यसले । बिषय विदेश आउने होइन , Army मा भिड्ने पनि होइन , कुरा
सामाजिक छल, आर्थिक कलंक, ब्यबहारिक् त्रुटी, अशिक्षित आभास र ठगि जस्ता क्रियाकलाप
बोकेर बस्नु हो । एकान्तमा यी बस्तुहरुले पोलिरहेको हुन्छ । औसत, नाप र तौलको
आधारमा हेर्ने हो भने Europe मा बस्ने भन्दा धेरै गुना पैसा खाडीमा जानेले जोगाउछन । कसैले भनेको सुनेको थिए " कमाउनु ठुलो कुरा होइन कति
जोगिन्छ त्यो महत्वपुर्ण हो ।"

तेस्पछी जे हुन्छ , जस्तो हुन्छ तपाईमा निर्भर
हुन्छ । Army Camp को गेटमा पुगे पछी Camera को अगाडी उभिएर Hello,sir I am here को शब्द मा अग्लो रातो गोरो अपरिचित व्यक्तिले
Why you are here भनि सोद्दा आफ्नो उदेश्य बताई समान उसलाई बुझाई ३ घन्टाको पर्खाई
पछी आफु जस्तै धेरै मानिसहरुको भिडमा उभिन पुगीन्छ । एउटा सिपाही भर्नाको लागि जे
जति शारीरिक परिक्षा हुनुपर्ने हो, त्यो सबै भइकन IQ (Intelligence quotient) टेस्ट परिक्षा दिनु पर्ने
हुन्छ जुन नेपालमा नेपाली सेनाको cadet selection को लागि दिनु पर्ने हुन्छ ।

भर्ति भएत राम्रै लाहुरे हुन पाइयो
, नभए ..के...?
५ दिने Schengen Visa सकिएको भोलि पल्ट (illegal) “कालो” ,
सुन्दै “कालो” ,
हेर्दानै “कालो” ,
हिड्दा “कालो” ,
बोल्दा “कालो”, खादा “कालो” लाग्छ
छितिज पारीको “कालो” !

No comments:
Post a Comment