२ फागुन पत्रपत्रिकाको फ्रन्टपेजः आईजीपी बढुवा विवादमा - newsallabc.com

Breaking

Monday, February 13, 2017

२ फागुन पत्रपत्रिकाको फ्रन्टपेजः आईजीपी बढुवा विवादमा

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


२ फागुन, काठमाडौं । डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने सरकारको निर्णय विवादित भएको समाचारलाई सोमबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् । सोमबार नै सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आईजीपी नियुक्ति विवाद बढेको हो ।
यससँगै, तरलता अभावको समस्या समाधान गर्न राष्ट्र बैंकको भूमिका कमजोर भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले अमेरिकामा सयौं आप्रवासी पक्राउ परेको समाचारलाई पनि फ्रन्टपेजमा समेटेको छ ।

नागरिक दैनिकले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अचानक भारत पुगेको समाचार र कालिकोटको सुनाथली एयरपोर्टमा जहाज उत्रिएपछि खुसी भएका स्थानीयको स्टोरीलाई प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकले विप्लव माओवादीको महाधिवेशन सुरु भएको समाचारलाई महत्व दिएको छ । त्यस्तै दुर्गम जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुग्न नसकेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

निर्वाचन गर्ने मामलामा सरकार अझै अलमलमा भएको समाचारसँगै राजधानी दैनिकले काठमाडौंमा १० वर्षसम्म सडक खन्ने र पुर्नेमात्रै काम भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नेपाल समाचारपत्र दैनिकको फ्रन्टपेजमा अझै स्ववियु निर्वाचन हुनेमा शंका भएको समाचार छापिएको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167