Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा पुग्दा प्रतिनिधिहरुको बाक्लो चहल-पहल देखिन्थ्यो । नेतृत्वको दाबी गर्दै चुनावमा उठेकाहरु भोट माग्न व्यस्त थिए । यही क्रममा हामीले राप्रपाका केही महाधिवेशन प्रतिनिधिहरुसँग कुराकानी गर्यौं । राप्रपाका अधिकांश नेता कार्यकर्ताहरुले अबको चुनावमा पार्टीले तेस्रो स्थान हासिल गर्ने विश्लेषण सुनाए ।
अहिले महाधिवेशनका लागि काठमाडौं आएकी हुँ । ०५५ सालमा मेरा श्रीमानलाई प्रहरीले समातेर लगेर मारेको हो । मेरा माइती माओवादीतिर थिए । त्यही भएर मेरा श्रीमानले पनि सुराकी गरेको भन्ने आरोप लगाएर प्रहरीले मारे । तर, म सँधै राप्रपा नै थिएँ ।
माओवादीको आरोपमा मेरो श्रीमान मारिए पनि माओवादीले हाम्रो बारेमा कहिल्यै चासो दिएन त्यसैले अहिले पनि म यही पार्टीमा छु । राप्रपा र राप्रपा एक भएका छन् यो निकै राम्रो छ । अहिले राप्रपाले हिन्दु धर्म र राजाको एजण्डा ल्याएको छ, त्यो एकदमै राम्रो छ । राजाले नै देश जोगाउन सक्छन् भन्ने लाग्छ ।
धर्मसिंह कुँवर, अछामः राजा जरुरी छैन
दुबै राप्रपा एक भएर एकदम राम्रो भयो । गाउँ गाउँमा पनि एकताको भावना छ । हामी काठमाडौं आउँदा पनि एक भएर आएका हौं । त्यसैले यो एकता पनि टिक्ला जस्तो लाग्छ ।
अब चुनावमा पुरै जित्ला जस्तो त लाग्दैन, तर पनि पार्टी एकता भैसकेपछि सबै मिलेरै गए जित्न सकिन्छ होला । पार्टीले लिएका दुईवटा एजेण्डामध्ये हिन्दु धर्म ठीक छ । तर, राजा जरुरी छैन । राजसंस्था कायम भए पनि राजाको जरुरी छैन ।
दालकुमारी सुनुवार, रामेछापः नयाँ शक्तिको रुपमा आउँछौं
म पूर्वसांसद पनि हुँ । ०४७ सालदेखि राप्रपामा छु । राप्रपा पहिला पनि एउटै थियो । वीचमा फुटेर गल्ती गरे अहिले फेरि एकजुट भएको छ । अध्यक्षमा सर्वसम्मतजस्तै भएको छ, यसले एकताको सन्देश गएको छ ।
त्यसैले पार्टी महाधिवेशन एकताको महाधिवेशन भन्ने यो स्पष्ट उदारहण हो । म किँराती हुँ । तर, मलाई हिन्दु राज्य र राजतन्त्रको एजेण्डा स्वीकार्य छ । हिन्दुधर्म किरात र हिन्दु दुवैले मान्छौं, यसमा कुनै समस्या छैन । राजासहितको हिन्दु राज्यको पार्टीको एजेण्डामा हाम्रो साथ छ ।
अबको चुनावमा यही एजेण्डाको कारण धेरै अगाडि त भन्दिनँ, पार्टी तेस्रो अथवा चौथो स्थानमा पक्का आउँछ । यो पार्टी नयाँ शक्तिको रुपमा आउँछ-आउँछ ।
भुपाल किराती, सोलुखुम्बुः सुनकोशी र दूधकोशी मिलेजस्तो भो
अहिलेको महाधिवेशन वास्तवमै एकताको महाधिवेशन भएको छ । यो सुनकोशी र दूधकोशी एक ठाउँमा मिलेजस्तो हो । हाम्रो एकता त उदाहरण बनेको छ यस्बाट अरुले पनि सिक्न जरुरी छ ।
पार्टी भित्र माथिल्लो नेताका विचमा बरु समस्या होला तर तल्ललो स्तरमा त बरफ जस्तो जमेर बसिसकेको छ ।
पार्टी भित्र माथिल्लो नेताका विचमा बरु समस्या होला तर तल्ललो स्तरमा त बरफ जस्तो जमेर बसिसकेको छ ।
चुनावमा धेरै घमण्ड गर्न त मल्दिैन तेस्रो चाँही हुन्छ जस्तो लाग्छ ।
जगतबहादुर कठायत, डोल्पाः अब हामी कांग्रेसको विकल्प
म डोल्पाको जिज्ला अध्यक्ष पनि हुँ । त्यहाँ मलाई पनि सर्वसहमत बनाइएको हो । एकता ठीकै छ भन्नुपर्छ । एकता भएकै जस्तो लागेको छ । अहिले सबै जिल्लातिर जस्तै केन्द्रमा पनि अध्यक्षका लागि लगभग सर्वसम्मत जस्तै भयो । सबै एक भएर नै त एकताको महाधिवेशन भयो नि ।
अब राप्रपा प्रजातान्त्रिक पार्टीको हिसाबमा भन्नुहुन्छ भने कांग्रेसको विकल्प हो । चुनावमा पनि त्यही अनुसार स्थान बनाउन सक्छ । हामी मात्रै होइन, अधिकांश मान्छे हिन्दु धर्म र राजतन्त्रको एजेण्डा देखेर नै एक भएका हौं । यो एजेण्डा सबैले स्वीकार गरिसकेका छन् ।
कलिमुदिन मोहिन, महोत्तरीः हिन्दु धर्मबारे बोल्न नलगाउनुस्
पार्टीले लिएको हिन्दु धर्म र राजतन्त्रको एजेण्डाबारे भने मलाई बोल्न नलगाउनुस् । यो पार्टीको एजेण्डा हो, यसमा मेरो कुनै प्रतिक्रिया पनि छैन कुनै गुनासो पनि छैन ।
म पहिला पनि राप्रपाबाट पटक-पटक चुनाव लिडिसकेको मान्छे हुँ । यो पार्टीप्रति मेरो पुरानो सम्बन्ध छ । तराईको र मुस्लिम भए पनि राप्रपाप्रति मेरो पे्रम छ । दुई पार्टीको एकतापछि भएको महाधिवेशन पनि प्रेमपूर्वक भैरहेको छ । महाधिवेशन निकै राम्रो भयो यसमा मेरो कुनै गुनासो छैन ।
आगामी चुनावमा यो पार्टी तराईमा पनि अगाडि आउँछ भन्ने मेरो विश्वास छ ।
No comments:
Post a Comment