" नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक - सिंहबहादुर श्रेष्ठ - " - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Monday, February 13, 2017

" नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक - सिंहबहादुर श्रेष्ठ - "

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

काठमाडौं, १ फागुन । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ३ फागुनदेखि लागू हुने गरी श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
singha-sir
श्रेष्ठ २९ चैत २०७४ सम्म सशस्त्र प्रहरी बलको महानीरिक्षक पदमा रहनेछन् । उनले प्रहरी अधिकृत विशेष तालिम, भीआईपी, अपराध अनुसन्धान, कमान्ड, निगरानी तथा परिवेक्षण, विशेष शस्त्र तथा युद्धकला तालिम लिएका छन् । त्यसैगरी, नेतृत्व तथा व्यवस्थापन, जीपीएस, रोल अफ इन्टेलिजेन्स, ल अफ आम्र्ड कन्फ्लिक्ट कोर्स, सेक्युरिटी सेक्टर रिफम्र्स एन्ड फेडरलिजम, टेरोरिजम इन्टेलिजेन्स एनालाइसिस (अमेरिका), गभर्नेन्स एन्ड म्यानेजमेन्ट अफ डिफेन्स कोर्स (श्रीलंका), एपीसीएसएस एन्ड सीएसआरटी ट्रेनिङ (अमेरिका), आईएचएल (इटाली), सिनियर क्राइसिस म्यानेजमेन्ट सेमिनार (अमेरिका) र डिफेन्स एन्ड इस्ट्राटेजिक स्टडी कोर्स (चीन) लगायत विभिन्न व्यावसायिक तालिम प्राप्त गरेका छन् ।
२ असोज २०७१ मा उनी सशस्त्र प्रहरी बलको एआईजीमा बढुवा भएका थिए । नेपाल प्रहरीबाट २०५८ सालमा सशस्त्र प्रहरी बलमा सेवा स्थानान्तरण गरेका श्रेष्ठ २०१९ सालमा काठमाडांैमा जन्मेका हुन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167