युवतीमाथि सामूहिक बलात्कार, बलात्कारको भिडियोसमेत खिचियो - newsallabc.com

Breaking

Monday, February 13, 2017

युवतीमाथि सामूहिक बलात्कार, बलात्कारको भिडियोसमेत खिचियो

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

काठमाडौं, १ फागुन

कपिलवस्तु पकडी क्षेत्रमा विवाहका लागि टीकाटालो गर्ने तयारीमा रहेकी एक युवतीलाई सामूहिक बलात्कार गरिएको छ । बलात्कारमा संलग्न व्यक्तिले बलात्कार गर्दै गरेको भिडियो खिची इन्टरनेटमा अपलोडसमेत गरेको पाइएको छ ।
टीकाटालोको एक दिनअघि १७ वर्षीया ती युवतीलाई खेतमा लगी सामूहिक बलात्कार गरिएको हो । सोमबार उनको टीकाटालो हुँदै थियो ।
लुम्बिनी अञ्चलका एसएसपी दिपक थापाले सो घटनामा ६ जना युवाको सहभागिता रहेको भन्दै दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा पकडी क्षेत्रका राहत हुसैन र अब्दुल रसिद छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दाअन्र्तगत अनुसन्धान भइरहेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167