नेपाली आख्यान पनि बलियो - प्रिय पुस्तक: लेखक बित्दा एक छाक छोडेँ - - newsallabc.com

Breaking

Saturday, February 25, 2017

नेपाली आख्यान पनि बलियो - प्रिय पुस्तक: लेखक बित्दा एक छाक छोडेँ -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




पढ्नु भनेको आफूलाई अझ राम्रो बनाउने प्रयास हो । मभित्र विवेकको बीउ टुसाएदेखि अक्षरसँगको नाता निरन्तर छ । सामान्यतया विद्यार्थीकालमा पढाइको रफ्तार बढी हुन्छ । मेरो चाहिँ अहिलेसम्म उही रफ्तार चलिरहेको छ । अहिले पनि घरमा शनिबार बसेँ भने एकै दिनमा नेपाली र हिन्दी किताब चार वटासम्म पढिसक्छु । अंग्रेजी किताब पढ्न चाहिँ दुई-तीन दिन लाग्छ । म जे पनि पढ्छु । मलाई बढी मन पर्ने चाहिँ आत्मकथा र संस्मरणहरु हुन् । धच गोतामेका संस्मरणहरु कैयौं पटक पढेको छु । त्यसपछि आख्यानको संसारमा पस्दा आनन्द भेट्छु ।

म जस्तै आउटसाइडर
म आख्यान पढ्दा निकै रमाउँछु । रसियन लेखक फ्योदोर दोस्तोएब्स्की र हिन्दीमा मोहन राकेश मन पर्छन् ।
दोस्तोएब्स्कीको निकै मन परेको उपन्यास ‘क्राइम एन्ड पनिसमेन्ट’ हो । त्यहाँ एउटा पात्रले हत्या गर्छ । पछि उसले आफ्नो अपराध महसुस गर्छ । यो किताब मैले दिल्लीमा नाटक पढ्दा जाँदा १९८५ तिर पढेको हुँ ।
त्यही समयमा पढेको अल्वेयर कामुको दार्शनिक कोटिको उपन्यास ‘आउटसाइडर’ ले पनि निकै छोयो । कता-कता उपन्यासको मुख्य पात्रसँग आफूलाई जोडेर हेर्दा पनि मन परेको हो ।
त्यसमा एउटा मान्छे हुन्छ, समाजसँग सम्बन्ध तोडेर मनमौजी हिँड्छ । एकदम सरोकारविहीन । यतिसम्म कि आमासँग पनि उसको कुनै अट्याचमेन्ट हुँदैन । हत्याको आरोपमा अन्तिममा उसलाई फासीको सजाय हुन्छ ।
यो उपन्यासलाई पछि ०४६ सालतिर मैले नाटक बनाएर  फ्रान्सेली सांस्कृतिक केन्द्रमा मञ्चन पनि गरेँ ।
नेपाली आख्यान पनि बलियो
पछिल्लो समय नेपाली आख्यानहरु राम्रा आइरहेका छन् । कुमार नगरकोटी, नयनराज पाण्डे, बुद्धिसागर जस्ता लेखकहरु आएका छन् ।
धेरैजसो लेखकहरुले समाजसँग जोडेर लेखिरहेका छन् । पहिलेका समयमा कोठामा बसेर कल्पना र अनुमानको भरमा लेख्छन् भन्ने थियो । अहिले चाहिँ लेखकहरु फिल्डमै गएर लेख्न थालेका छन् । अमर न्यौपानेका कृतिहरु त्यसका उदाहरण हुन् ।
यसका साथै नयनराज, बुद्धिसागरले पनि अलि अध्ययन गरेरै लेखेको देखिन्छ । हालै नविन विभासको कथासङ्ग्रह ‘रोल्पा सुइना’ मा पनि समाजको कुरा आएको छ ।
पछिल्लो समय टिनएजरहरुको लागि लेखिने साहित्यको बजार पनि छ । यस्तो साहित्यको सकारात्मक पाटो के छ भने, पाठक बढाउँछ ।
मेरो पठनको उद्देश्य केही गुदी कुरा खोज्नु र मन शान्त पार्नु नै है । रंगकर्मी भएको नाताले म कामको उद्देश्य राखेर पनि पढ्ने गर्छु । नाटक पढाउन मलाई नयाँ स्क्रिप्टहरु चाहिन्छ । त्यसका लागि पनि किताबहरु पढ्छु । त्यसका लागि भर्खरै पुस्तक मेलाबाट कथा र उपन्यासहरु ल्याएर धमाधम पढ्दै छु ।


गोविन्द गोठालेदेखि शङ्कर लामिछानेसम्म

मलाई गोविन्दबहादुर मल्ल ‘गोठाले’का नाटकहरु मन पर्छन् । उनले सांस्कृतिक र राजनीतिक चेतसहित नाटक लेखेका छन् । उनका सिर्जनामा नेवारी संस्कृति छताछुल्ल पाइन्छ ।
यस्तै, सात सालको क्रान्तिपछि नेपालको अवस्थालाई उनले नाटकमा ल्याएका छन । खासगरी ‘भोको घर’ संग्रहमा भएका एकाङ्की नाटकहरुमा त्यो पाइन्छ ।
मेरा अर्का मन पर्ने लेखक शंकर लामिछाने हुन् । उनी आफ्नो समयभन्दा निकै अग्रगामी मान्छे थिए । उनी कति अध्ययनशील रैछन् भनेर उनले निबन्धहरुमा उल्लेख गरेका रेफरेन्सबाट थाहा हुन्छ ।
अहिले लामिछानेकै कोटिको लेखक नगरकोटी लाग्छ । त्यसैगरी पढ्ने र लेख्ने गर्छन् उनी । लामिछानेलाई मैले भेट्न नपाउनु दुर्भाग्य लाग्छ ।
पछिल्लो समयमा मलाई उपेन्द्र सुब्बाका कविताहरु मन पर्छन् । श्रवण मुकारुङका कविता पनि गहकिलो लाग्छ ।
यथार्थले दिक्क पार्दा बच्चाहरुको किताबमा पस्छु
बढी उमेरसमूहका लागि लेखिएका गम्भीर साहित्य त पढिन्छ नै, म त बच्चाहरुको किताबमा झन् रमाउँछु ।
मेरो पठन यात्राको सुरुवात नै परीकथाहरुबाट सुरु भएको हो । बच्चा बेलामा ‘लाल हीरा’, ‘मधुमालतीको कथा’ पढियो । त्यही भएर अहिले पनि त्यस्ता कथाहरुमा मोह छ ।
पछिल्लो समयमा ‘ह्यारी पोर्टर’, ‘पर्सी ज्याक्सन’, ‘एरागन’ लगायत फिक्सन मन पर्‍यो । तिनमा सरलता र फेन्टासी हुन्छ । जीवनमा अलिकति फेन्टासी, हरर र एड्भेन्चर पनि चाहिन्छ रे ।
यस्ता किताबले भागदौडको यो दुनियाँबाट एकैछिन भए पनि बाहिर निस्किनलाई सहयोग गर्छ । कहिलेकाहीँ यथार्थबाट बाहिर निस्किनुपर्दो रै’छ । सधैं यथार्थले टेन्सन दिँदो रै’छ ।
म विरक्त भएको बेला ह्यारी पोर्टर दोहोर्‍याउँछु । अस्ति भर्खरै बाह्रौं चोटि पढेँ । मान्छेलाई बाँच्न अलिकति फेन्टासी चाहिन्छ । त्यस्तो फेन्टासी म बच्चाहरुको किताबबाट पाउँछु ।
लेखकको नाममा एक छाक छोडियो
बालसाहित्यपछि एउटा उमेरमा जासुसी उपन्यास पनि खुबै पढियो । हिन्दी जासुसी उपन्यासबाट पढाइको रफ्तार तीव्र भयो ।
मैले पाकिस्तानी लेखक इब्ने सफी ‘बीए’ का उपन्यास धेरै पढेँ । उनका किताब अनगिन्ती थिए । उनी उर्दुमा लेख्थे । हरेक महिना हिन्दीमा अनुवाद भएर उनको एउटा उपन्यास छापिन्थ्यो ।
उनको मृत्यु भएपछि एउटा पाठकको रुपमा म निकै दुःखी भएँ । आफन्त नै गुमाए जत्तिकै पीडा भयो । शोकमा परेर त्यतिबेला मैले एक छाक खाना छोडेको थिएँ ।
(कुराकानीमा आधारित) 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167