Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
५ फागुन, काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा संघ नेपालको विवाद उत्कर्षमा पुगेको छ । माधवकुमार नेपाल पक्षले छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ ।
संस्थापन पक्षले भने वैशाख ९ देखि १२ गतेसम्म हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
संस्थापन पक्षले एकलौटी गरेको र हुकुम प्रमाङ्गीका आधारमा संगठन चलाइएको भन्दै नेपाल पक्षले एउटै मितिमा चितवनमा महाधिवेशन गर्ने घोषणा गरेको हो ।
उपाध्यक्ष दिलकुमारी पन्त, राजु गुरुङ, सचिव हस्त शाही, नरेशकुमार शाही, मञ्जु यादव र क्रान्ति बुर्लाकोटीले संयुक्त पत्रकार सम्मेलन गरेर विधान र नियमावली अनुसार चल्न संस्थापन पक्षलाई एकहप्ते अल्टिमेटम दिएका छन् ।
संविधान अनुसार भौगोलिक इकाई बनाएर सांगठनिक ढाँचा बनाउनु पर्नेमा पुरानै संरचनालाई निरन्तरता दिन खोजिएको र यसमा एमाले नेताहरु नै संलग्न रहेको उनीहरुको आरोप छ ।
उपाध्यक्ष दिलकुमारी पन्तले पत्रकार सम्मेलनमा भनिन्, ‘पार्टीको राजनीतिक लक्ष्य बोकेर आगामी देशको स्थानिय तहको निर्वाचनमा पार्टीलाई प्रमुख दलको हैसियतमा उभ्याउनको लागिपरेका कार्यकर्तालाई गुटगत हिसाबमा बिभाजित गरेर राजनीतिक चरित्रमाथि प्रश्न चिन्ह खडा गरिँदैछ, हामी यसमा सचेत छौं ।’
उनले अघि थपिन्, ‘एक साताभित्र अन्तरजिल्ला कमिटी खारेज गरिएको स्थितिमा पुनः कृयाशिल गराउने काम संघका नेतृत्वबाट भएको छ, यो हामीलाई मान्य छैन । हामी एमालेको बिचारमा र सिद्धान्तमा बाँधिएर देश र जनताको भलाइको निम्ति लागि परेका युवा वर्ग हौं ।’
त्यस्तै युवा संघका सचिव हस्तबहादुर शाहीले प्रेस विज्ञप्ति वाचन गर्दै केही युवा साथीहरू विचार भन्दा पनि दलबलको आधारमा पार्टीको विधानलाई कुल्चेर अन्तरजिल्ला कमिटीलाई स्वतन्त्र संगठन हो भनेर प्रचार गर्नु आफैमा लज्जाको विषय भएको टिप्पणी गरे ।
अर्का सचिव नरेश शाहीले पार्टीको विधान र नियामावली कुल्चेर संघको महाधिवेशनलाई विवादमा पार्न खोजिएको आरोप लगाए ।
उनले भने,’पार्टीको नियमावली विपरितका सांगठनिक संरचनाहरूलाई क्रियाशिल गर्नु भनि एमाले पार्टी संगठन विभाग सचिव ज्ञानबहादुर भुजेलले पत्र लेख्नु अराजनीतिक काम हो । यस्ता कामले संगठनलाई मात्रै होइन, पार्टीलाई पनि फाइदा गर्दैन ।’






No comments:
Post a Comment