५ फागुन, पत्रपत्रिकाको फ्रन्टपेजः जेठमा स्थानीय चुनाव हुने - newsallabc.com

Breaking

Thursday, February 16, 2017

५ फागुन, पत्रपत्रिकाको फ्रन्टपेजः जेठमा स्थानीय चुनाव हुने

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


५ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रस्ताव गरेको मिति- जेठ १ र २१ गते स्थानीय चुनाव गर्नेबारे प्रमुख तीन दलबीच सहमति भएको र चुनावको मिति औपचारिक रुपमा फागुन ८ गते घोषणा हुने समाचारलाई बिहीबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रपत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, प्रमुख दलका शीर्ष नेताबीच फागुन १४ गते नै स्ववियु निर्वाचन गराउने समझदारी भएको समाचारलाई पनि अधिकांश दैनिक पत्रिकाले फ्रन्टपेजमै छापेका छन् ।
यससँगै नयाँ पत्रिका दैनिकले डडेलधुरमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचारलाई महत्व दिएको छ । त्यस्तै अधिवेशनअघि नै राप्रपा अध्यक्षमा कमल थापा सर्वसम्मत भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।
नेपाल प्रहरीको नेतृत्व प्राविधिकको हातमा पुग्नु सरकारको असफलता भएको भन्दै मुख्य समाचार छापेको अन्नपूर्ण पोस्ट् दैनिकले संविधान संशोधनमा एमाले अध्यक्ष केपी ओली लचक भएको समाचारलाई प्राथमिकता दिएको छ ।
कान्तिपुर दैनिकको फ्रन्टपेजमा अब लेनदेनको कागज वडा कार्यालयले प्रमाणित गर्नुपर्ने समाचार छापिएको छ ।
पिच गरेको एक महिनामै सडक भत्काइएकोलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले दक्षिणपूर्वी एसिया मानव तस्करीका लागि ट्रान्जिट बन्दै गएको समाचारलाई खास महत्व दिएको छ ।
राजधानी दैनिकले नेपाल चीन सैन्य अभ्यासको मोडालिटी तयार पारिँदै गरेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
राजनीतिक निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहालले संकल्प गरेको समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले अनलाइन श्रमस्वीकृतिले राहत नभएको समाचारलाई एंकर बनाएको छ ।

 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167